Dictionary

All Word

14951 किच्च्याइनु क.क्रि. किच्याउने काम गरिनु; गिज्याउनु।
14952 किच्च्याउनु प्रे. क्रि. किच्चिन लाउनु।
14953 किच्च्याहट ना. किच्चिने काम; किच्च्याइ।
14954 किजात ना. किरिया हाल्दा प्रयोग गरिने शब्द; कुजात।
14955 किञ्चित् वि. १. थोरै, अल्पशः अलिकति, इषत्, केही; मनाक्। क्रि.वि.
14956 किञ्चित् वि. २. अलिकति पनि; थोरै पनि; केही पनि।
14957 किञ्जल्क ना. १. कमलको केसर (उदा.- मैले न्वाउनलाइ शैलतटमा छन् दुधका पोखरी। टल्कन्छन् जलमा जहाँ किरणका किञ्जल्क रेखा परी। - माधव घिमिरे। )।
14958 किञ्जल्क ना. २. नागकेसर। वि.
14959 किञ्जल्क ना. ३. केसरको रङजस्तो पहेँलो।
14960 किट्नु १ स. क्रि. रिस, आवेग वा तीव्र असन्तोषका भावनाले तलमाथिका दाँत रगड्नु; दाँत रगडेर किर्र किर्र आवाज निकाल्नु। (उदा.- रिसको झोकमा हरिले दाँत किट्यो)।
14961 किट्नु २ स. क्रि. १. कुनै कामकुराका बारेमा यही नै हो भनेर टुङ्गो लाउनु; यस्तै हो भनेर तोक्नु।
14962 किट्नु २ स. क्रि. २. निधो गर्नु; तोक्नु।
14963 किट्नु २ स. क्रि. ३. मर्यादा निश्चित गर्नु।
14964 किट ना. धातु खार्दा निस्किएको कस वा कसर; किट्ट।
14965 किटाइ ना. १. झोकले तलमाथिका दाँत रगड्ने काम वा प्रक्रिया।
14966 किटाइ ना. २. कुनै कामकुराका बारेमा तोक्ने वा निधो गर्ने क्रियाप्रक्रिया।
14967 किटाइनु क.क्रि. १. झोकले दाह्रा किट्न लाइनु।
14968 किटाइनु क.क्रि. २. कुनै कामकुरो तोक्न लाइनु।
14969 किटाउनु प्रे. क्रि. १. झोकले दाह्रा किट्न लाउनु।
14970 किटाउनु प्रे. क्रि. २. निधो गराउनु; तोक्न लाउनु।
14971 किटान ना. कुनै कामकुराका बारेमा यही नै हो किट्ने वा तोक्ने काम; निश्चय; निधो।
14972 किटानी ना. निश्चयसाथ भनिएको कुरो; तोकिएको कुरो।
14973 किटुवा वि. १. निश्चय वा निधो गरिएको; तोकिएको ( काम वा कुरो)।
14974 किटुवा वि. २. किटान गर्ने; तोक्ने (व्यक्ति)।
14975 किट्ट १ ना. १. थेग्रिएर रहेको पदार्थ; थिग्रेनी।
14976 किट्ट १ ना. २. फलाम आदिको मयल; कीट।
14977 किट्ट १ ना. ३. मल; विष्ठा।
14978 किट्ट २ क्रि.वि. किट् आवाज आउने गरी। (उदा.- उसले दाँत किट्ट किट्यो।)
14979 किट्टी ना. चार जना बसेर प्रायः नौ नौ पत्ती तासमा प्रत्येकमा तीन तीन पत्ती मिलाएर एक अर्कोलाई जित्दै बाजीमाथ गर्ने एक प्रकारको तासको खेल।
14980 किट्नी ना. मूत्राशय।
14981 किताप ना. हे. किताब।
14982 कितापी वि. किताबी
14983 किताब ना. मुद्रित गरिएको वा लेखिएको र सुरक्षित तुल्याउन एकापट्टि धागो वा तारले बाँधी प्रायः बाक्लो र बलियो गातासमेत लगाइएको पत्रैपत्र कागतको समूह वा ठेली; पुस्तक; पोस्तक; पोथी; किताप; ग्रन्थ।
14984 किताबखाना ना. १. किताबहरू राख्ने ठाउँ; पुस्तक भण्डार।
14985 किताबखाना ना. २. जङ्गी, निजामती आदि कर्मचारीहरूको नियुक्ति, बढुवा, सरुवा, खोसुवा आदिसम्बन्धी रेकर्ड राख्ने अड्डा।
14986 किताब दर्ता ना. कर्मचारी पदको बहाली भएपछि किताबखानामा रेकर्ड गरिने काम।
14987 किताबी वि. १. किताबसम्बन्धी।
14988 किताबी वि. २. कर्मचारीहरूको रेकर्ड भरिएको किताबको काम गर्ने।
14989 किताबी वि. ३. व्यवहार इतर ( किताबी ज्ञान)।
14990 किताबी किरो ना. पुस्तक मात्र अध्ययन गर्ने व्यक्ति।
14991 किताबी सवाल ना. स्रेस्ता अड्डालाई भएको सवाल। (सो खारेज भई पछि 'मुलुकी सवाल' बनेको हो।)
14992 कित्ता ना. १. श्रेणी; तह; कक्षा; दर्जा; ओहदा।
14993 कित्ता ना. २. टुक्रा; खण्ड।
14994 कित्ता ना. ३. थान; गोटा।
14995 कित्ता ना. ४. किसिम; जात; वर्ग; जाति।
14996 कित्ताकाट ना. कुनै कित्ताको जग्गामध्येबाट बेचबिखन गर्दा वा भाग छुट्याउँदा नापी अड्डाले लिखत तथा नापनक्साअनुसार पहिलेको कित्ता फोरी छुट्टाछुट्टै कित्ता कायम गरिदिने काम; कित्ताफोड।
14997 कित्ताफोड ना. कित्ताकाट।
14998 कित्ली ना. पानी उमाल्ने वा पकाउने, बिर्को र समौटोसमेत भएको भाँडो; चियादानी।
14999 किथ्रो ना. १. किलकिले।
15000 किथ्रो ना. २. कीटपतङ्गादि वर्गको एक जाति (फट्याङ्ग्रो इ.)।