Dictionary

All Word

18851 खुई १ ना. १. खला आदिमा सुकाइएको बिस्कुन थुप्य्राउने, कोदालाका आकारको लामो बिँड भएको काठको साधन; फ्याउरी।
18852 खुई १ ना. २. ज्यादै थकाइ लागेका बखत मुखबाट निकालिने उराठिलो सुस्केरा।
18853 खुई २ ना. खिया; खई।
18854 खुकुन्डी ना. १. काखी।
18855 खुकुन्डी ना. २. काखीबाट आउने पसिनाको गन्ध।
18856 खुकुन्डो ना. १. तलमाथि डोरी र बिचमा काठ हाली बनाइएको, गाईबस्तु बाँध्ने दाम्लो।
18857 खुकुन्डो ना. २. गाईबस्तु नभागून् भनी गलामा झुन्ड्याइने किलो; घाँडो।
18858 खुकुरी ना. केही घुमेको र बिचमा थोरै नुहेको सिरुपाते, तरबारे, भुँडे आदि भेद हुने एक प्रसिद्ध नेपाली हतियार।
18859 खुकुलो वि. १. नकसिएको; सजिलैसँग फुस्कने; होलो; फस्को।
18860 खुकुलो वि. २. फितलो स्वभाव भएको; पेटमा कुरा नअड्याउने।
18861 खुङ्खार वि. डरलाग्दो; भयानक; नृशंस; खुँखार।
18862 खुच्चिङ वि. बो. गर्न नहुने वा नगर्नुपर्ने काम गर्दा दुःख पाउनेलाई इख्याएर भनिने शब्द; खाइस् त ! ( उदा.- खुच्चिङ, भनेको नमानेर कुदेको होइन ? लडियो नि!)।
18863 खुजुरा ना. फुटकर पैसा; चानचुन पैसा; खुद्रा; रेजगी।
18864 खुट्नु स.क्रि. १. सियोधागोले बलियो र मसिनो पारी लुगा आदि सिउनु।
18865 खुट्नु स.क्रि. २. सिन्को घोचेर भाँची दुना टपरी आदि बनाउनु।
18866 खुट १ ना. भराइको खेप (एक खुट तोरी, पाँच खुट नुन इ.)।
18867 खुट २ ना. १. हराएको कुनै कुराको पत्तो; अत्तोपत्तो; ठेगाना; दिशा। (उदा.- भाइ कहाँ पुगेका रहेछन्, केही खुट लाग्यो कि ? )।
18868 खुट २ ना. २. निधो; निश्चय। (उदा.- यस कामको छिटै खुट गरिहाल्नुप-यो )।
18869 खुट २ ना. ३. खुट्को, गडेको पिर।
18870 खुटखबर ना. पक्का खबर; निश्चित समाचार।
18871 खुटाइ ना. खुट्ने भाव, क्रिया वा प्रक्रिया।
18872 खुटाइनु क.क्रि. खुट्न लाइनु।
18873 खुटाउनु प्रे. क्रि. खुट्न लाउनु।
18874 खुटिनु क.क्रि. बलियो र मसिनो पारी सिइनु; खुट्ने काम गरिनु।
18875 खुटी ना. १. लुगाहरू झुन्ड्याउनाका निम्ति भित्तामा ठोकिने सानो चेप्टो फल्याक।
18876 खुटी ना. २. सानो किलो; किलो।
18877 खुटीवाल वि. गोठ कुर्ने; गोठमा बसेर गाईबस्तुको रेखदेख गर्ने।
18878 खुटुवा वि. खुटेर बलियोसँग सिइएको।
18879 खुट्किलो ना. फल्याक आदि हालेर वा खण्ड- खण्ड पारी माटो ताछेर बनाइएको सिँढी; भऱ्याङको तह; खुड्किलो।
18880 खुट्को ना. १. कसैका मनमा गडेको कुरो; भित्रै अडेर रहेको कुरो; खुड्को।
18881 खुट्को ना. २. मर्ने वा छुट्टिने बेलामा कसैले आफन्तसँग गरेको मनमा गड्ने कुरो; धोको।
18882 खुट्को ना. ३. एक चोटि खुटेर सिइएको डोब; सुर्को।
18883 खुट्टिनु अ.क्रि. कुनै कुरा 'यही हो' भनेर ठम्मिनु; किटिनु वा तोकिनु; निश्चय हुनु; ठहरिनु।
18884 खुट्टी ना. १. सानो र दुब्लो खुट्टो।
18885 खुट्टी ना. २. काटेका खसी, बोका आदिको खुट्टो।
18886 खुट्टेँसो ना. गाईबस्तुका खुट्टामा बाँधिने सानो दाम्लो।
18887 खुट्टे वि. १. गोडा सुन्निएको; ठुलो गोडा भएको; हात्तीपाइले।
18888 खुट्टे वि. २. खुट्टा भएको (खाट, पिर्का आदि)।
18889 खुट्टे किलो ना. १. चढ्नका निम्ति रुखमा काटेको डोब।
18890 खुट्टे किलो ना. २. भिर-पहरामा उक्लँदा टेक्न र समाउन गाडिएको किलो।
18891 खुट्टे डोरी ना. विशेष गरेर दुहुने बेला गाईबस्तुको खुट्टा अल्झाउने डोरी।
18892 खुट्टो ना. हिँड्ने काम गर्ने शरीरको तल्लो अवयव; गोडा; पाउ; चरण।
18893 खुट्टयाँसो ना. हे. खुट्टेँसो।
18894 खुट्ट्याइ ना. खुट्टिने काम, क्रिया वा प्रक्रिया।
18895 खुट्ट्याइनु क.क्रि. निधो गरिनु; ठहऱ्याइनु।
18896 खुट्ट्याउनु स.क्रि. १. 'यही हो' भनेर ठम्याउनु; किट्नु; तोक्नु, निधो गर्नु।
18897 खुट्ट्याउनु स.क्रि. २. पत्ता लाउनु। प्रे. क्रि.
18898 खुट्ट्याउनु स.क्रि. ३. खुट्टिने पार्नु।
18899 खुट्ने वि. खुट्ने काम गर्ने; सिउने।
18900 खुट्ने टाँका ना. सामान्य सिलाइपछि बलियो बनाउनका लागि गरिने सिलाइ वा टाँका; लुगा सिउने एक किसिमको टाँका।