Dictionary

All Word

19001 खुम्य्राउनु स.क्रि. खुम्रिन लाउनु; खुम्रिने पार्नु।
19002 खुम्ले वि. कुम्लो बोकेजस्तो।
19003 खुम्ले किरो ना. हे. खुम्रेकिरो।
19004 खुम्ले बुढो ना. साह्रै बुढो भई कुप्रो परेर पिठ्यूँमा कुम्लो बोकेजस्तो देखिने व्यक्ति; कुप्रे बुढो। स्त्री. खुम्ले बुढी।
19005 खुर ना. गाईबस्तु आदि पशुको खुट्टामा रहेको, प्रायः गोल र दुई भागमा फाटेको कडा टेक्ने भाग; टाप।
19006 खुरन्धार ना. कुनै कामकुरामा एकोहोरो लाग्ने काम वा स्थिति; कुनै कामकुरो फत्ते पार्न मरिमेट्ने चाल; तल्लीनता।
19007 खुरमुरिनु अ.क्रि. माथिबाट तलतिर ठाडै झर्नु; रुख आदिबाट खँगारिनु।
19008 खुरमुऱ्याइ ना. खुरमुरिने काम वा प्रक्रिया।
19009 खुरमुऱ्याइनु क.क्रि. ठाडै माथिबाट तलतिर झारिनु।
19010 खुरमुऱ्याउनु प्रे.क्रि. ठाडै माथिबाट तलतिर झार्नु; खसाल्ने काम गराउनु।
19011 खुरा ना. १. जुत्ताको कुर्कुच्चा।
19012 खुरा ना. २. ढोकाको तल्लो वा माथिल्लो आरतीका प्वालमा पस्ने खापाको चुच्चो भाग।
19013 खुराक ना. १. तागतका निम्ति खाइने खानेकुरा; खाद्य पदार्थ; भोजन।
19014 खुराक ना. २. एकपल्ट वा एक दिनमा खाइने खानाको मात्रा वा परिमाण।
19015 खुराक ना. ३. एक पटकमा खानुपर्ने औषधीको मात्रा वा परिमाण।
19016 खुराकिलो वि. खुराक लाग्ने खालको; तागतिलो; पोसिलो; पौष्टिक।
19017 खुराकी ना. १. खुराकका लागि दिइने धन वा वस्तु; भोजन आदिको सरसामान। वि.
19018 खुराकी ना. ३. खुराक खाने।
19019 खुराफात ना. १. गर्न नहुने वा अरूलाई बाधा पार्ने खालको कामकुरो; उटपट्याङ; उपध्रो।
19020 खुराफात ना. २. ज्यादै फोहरी वा बिगार पार्ने कुराकानी।
19021 खुराफाती वि. खुराफात गर्ने; खुराफातसम्बन्धी।
19022 खुरिनु अ.क्रि. १. धान, जौ, गहुँ आदि अन्नको बाली धेरै पाकेर वा सुकेर झर्ने अवस्थामा पुग्नु।
19023 खुरिनु अ.क्रि. २. अन्नपात ज्यादा सुक्नु; झुरिनु।
19024 खुरिखन्ड वि. समाप्त; सखाप; निःशेष; खतम। (उदा.- अचेल पाखाभित्ताहरू खुरिखण्ड छन्, यसैले घाँस पाइँदैन)।
19025 खुरुक्क क्रि.वि. सजिलैसित; कुनै बाधाविरोधविना ( काम गर्ने किसिम); सुरुक्क।
19026 खुरुखुरु क्रि.वि. लगातार; नरोकीकन (काम गर्दै जाने किसिम)।
19027 खुरुड्गो वि. धेरै खिइसकेको, पातलो र सानो (डाडु, पन्यु, हँसिया इ.)।
19028 खुर्कनु स.क्रि. १. काट्ने हतियारले वा अन्य कुनै साधनले फल, वृक्ष आदिको बोक्रा फाल्नु; ताछ्नु।
19029 खुर्कनु स.क्रि. २. बाहिर सतहमा उम्रेको वा टाँसिएको कुनै वस्तु कुटो, खुर्पी आदि हतियारले वा अन्य कुनै साधनले कोर्नु; उप्काउनु।
19030 खुर्काइ ना. खुर्कने क्रिया वा प्रक्रिया।
19031 खुर्काइनु क.क्रि. खुर्कन लाइनु; तछाइनु।
19032 खुर्काउनु प्रे. क्रि. खुर्कन लाउनु; तछाउनु।
19033 खुर्किनु स.क्रि. खुर्कनु।
19034 खुर्ची ना. हात्ती, घोडा, गोरु आदिलाई बोकाइने भारी हाल्ने ठुलो थैलो।
19035 खुर्पा ना. १. दाउरा, स्याउला, डालेघाँस आदि काट्ने हँसियाभन्दा केही ठुलो र बलियो हतियार।
19036 खुर्पा ना. २. जमिनको घाँस खुर्कने फलामको पन्युजस्तो हतियार।
19037 खुर्पानी ना. आरुका जस्ता पात र फूल हुने आरुकै जातको एक बोट वा केही पहेँलो, चिल्लो फल लाग्ने त्यसको फल।
19038 खुर्पी ना. सानो खुर्पा; खुपैँचा।
19039 खुर्पे वि. खुर्पाजस्तो; खुर्पासम्बन्धी; खुर्पाका बान्कीको।
19040 खुर्पे चाँद ना. १. खुर्पाको जस्तो आकार भएको चन्द्रमा; अर्द्धचन्द्र।
19041 खुर्पे चाँद ना. २. पहिलेपहिले फौजी हवलदार आदिका पगरीमा दर्जा जनाउन जडिने वा लगाइने चाँदीको अर्धचन्द्र।
19042 खुर्पेटो वि. जिउमा भिरेर खुर्पा हाल्ने काठको दाप; खुर्पेठ्याक।
19043 खुर्पेठ्याक ना. १. खुर्पाले जङ्गल फाँडेर आबाद गरेको जग्गाजमिन।
19044 खुर्पेठ्याक ना. २. खुर्पाको दाप; खुर्पेटो।
19045 खुर्र क्रि.वि. छिटो गरी; तुरुन्त (दौडने किसिम)।
19046 खुट ना. ज्यादै चलाख व्यक्ति; साह्रै बाठो मानिस।
19047 खुर्रा ना. गुलेलीको जोत अड्याउने डोरीपट्टिको टुप्पाको खाल्टो; धनुमा डोरी अड्याउन परेन्जाका वल्लापल्ला छेउमा बनाइने खाल्टो।
19048 खुर्रे/खुर्रो वि. पातलो र सानो; खिइसकेको (ताप्के, कचौरा, डाडु इ.)।
19049 खुर्लिङ्गो वि. बाङ्गोटिङ्गो; टेढोमेढो; वक्र; टेढो।
19050 खुर्लुक्क क्रि.वि. खुलुक्क; सलक्क।