Dictionary

All Word

19151 खुस्किनु अ.क्रि. १. फुस्किनु।
19152 खुस्किनु अ.क्रि. २. हे. खुस्कनु।
19153 खुस्रुक्क क्रि.वि. १. थाहा नदिईकन (कुनै वस्तु लैजाने किसिम); खुसुक्क।
19154 खुस्रुक्क क्रि.वि. २. पिरिने वा हिम्मत हराउने गरी; मुख निन्याउरो हुने किसिमले खिस्रिक्क।
19155 खुस्रुक्क क्रि.वि. ३. घुस्रने गरी।
19156 खुस्रुक्क क्रि.वि. ४. कसैले पत्ता नपाईकन (मर्ने किसिम); घुस्रुक्क।
19157 खुस्स क्रि.वि. अरूले चाल नपाउने गरी; कानेखुसी वा साउती गर्ने चालले; खुसुक्क।
19158 खून ना. हे. खुन १।
19159 खूब वि. हे. खुब।
19160 खेचर वि. आकाशमा घुम्ने वा चहार्ने (ग्रह, देवता, बादल, चराचुरुङ्गी, विमान आदि); गगनविहारी; आकाशगामी; व्योमचर।
19161 खेचरी ना. आकाशमा चहार्ने वा घुम्ने (पोथी चराचुरुङ्गी आदि जीव वा देवी, राक्षसी आदि)।
19162 खेचरी गुटिका ना. मुखमा हाल्दा आकाशमार्गबाट जान सक्ने शक्ति पैदा हुने भनिएको गुटिका वा गोली।
19163 खेचरी मुद्रा ना. जिब्रो तालुमा लगी दृष्टि भ्रूमध्यमा केन्द्रित गर्ने एक मुद्रा।
19164 खेत ना. १. गरागरामा बाँडिएको र आली लगाई, पानी जमाएर धानको खेती गरिने जमिन; धान रोप्ने जग्गा।
19165 खेत ना. २. पच्चिस रोपनी बराबरको जग्गा वा त्यस्तो जग्गाको नापो।
19166 खेतबारी ना. धान रोप्ने खेत र मकै आदि रोप्ने पाखो बारी; खेत र बारी।
19167 खेतारी ना. धान वा कोदो रोप्ने आईमाई; रोपाहार; रोपार।
19168 खेताले वि. खेतालाका ढाँचाको; खेतालाको जस्तो; खेतालाको।
19169 खेतालो ना. ज्याला लिएर खेत, बारीमा काम गर्ने व्यक्ति; पारिश्रमिक लिएर अर्काको काम सघाउने व्यक्ति; ज्यालादार।
19170 खेती ना. १. खेतबारीमा अन्न आदि पैदा गर्ने काम; खनजोतदेखि बाली नभित्र्याएसम्म गरिने जमिनको सबै काम; कृषि; किसानी।
19171 खेती ना. २. बाली; उब्जा।
19172 खेतीकिसानी ना. खेतीपाती।
19173 खेतीपाती ना. खेतीसम्बन्धी काम; खेतीकिसानी; कृषि।
19174 खेतीवाल ना. खेतीको पेसा भएको व्यक्ति; कृषक; किसान।
19175 खेद्नु स.क्रि. १. धम्काएर वा तर्साएर कहीँबाट बलपूर्वक भगाउनु वा हटाउनु; लखेट्नु; लघार्नु; धपाउनु।
19176 खेद्नु स.क्रि. २. दपेट्नु; सताउनु।
19177 खेद्नु स.क्रि. ३. टोकस्तु।
19178 खेद ना. १. अदूरदर्शिताले गर्दा जानीजानी वा होस नपुगी कुनै राम्रो काम गर्न चुकेको परिणामस्वरूप मनमा उत्पन्न हुने पश्चात्ताप।
19179 खेद ना. २. कसैको अप्रिय बोलीवचन, व्यवहार आदिका विरुद्ध दर्साइने क्षोभ।
19180 खेद ना. ३. उक्त पश्चात्ताप, क्षोभ आदिका निम्ति निकालिने शब्द, गरिने इसारा वा देखाइने मुद्रा।
19181 खेद ना. ४. चिन्ता; मानसिक पीडा; मानसिक कष्ट।
19182 खेदा ना. १. हात्तीको सिकार; जङ्गली हात्तीलाई पक्रने तरिका।
19183 खेदा ना. २. वन्य जन्तुलाई लखेटेर, खेदेर वा धपाएर चारैतिर बारले घेरिएको ठाउँमा फसाई वा लखतरान पारी वशमा ल्याउने काम (बाजखेदा, हात्तीखेदा, गैँडाखेदा इ.)।
19184 खेदाइ ना. खेद्ने भाव, क्रिया वा प्रक्रिया।
19185 खेदाइनु क.क्रि. खेद्न लाइनु; लखेटाइनु।
19186 खेदाउनु प्रे.क्रि. खेद्न लाउनु; लखेटाउनु।
19187 खेदिनु क.क्रि. खेद्ने काम गरिनु; लखेटिनु।
19188 खेदुवा वि. १. खेदिएको; लखेटिएको।
19189 खेदुवा वि. २. धपाइएको; लघारिएको।
19190 खेदेपाइलो ना. १. पाइलो पनि टिक्न नदिने खालको खेदो; पाइलापाइलामा खेदो खन्ने काम।
19191 खेदेपाइलो ना. २. बस्न वा टिक्न नहुने गरी पाइलैपिच्छे गरिने निन्दा वा अहित कार्य।
19192 खेदो ना. १. कुनै कारणले वा कारणविना पनि कसैको चियोचर्चो गर्दै बस्नटिक्न नदिने प्रयास; ईर्ष्या वा शत्रुतावश अरूको जरोकिलो मास्न खोज्ने कामकुरो; खोइरो; उछित्तो; टोकसो।
19193 खेदो ना. २. सिकार; अहिरो।
19194 खेप्नु स.क्रि. १. कुनै मालसामान पटक पटक गरी ओसारपसार गर्नु; खेप गर्नु।
19195 खेप्नु स.क्रि. २. निर्वाह गर्नु; गुजरान गर्नु; धान्नु; थेग्नु।
19196 खेप ना. १. एक पटकमा खेपेर वा बोकेर लगिने मालसामान।
19197 खेप ना. २. त्यस्तो मालसामान ओसारपसार गर्दाको पटक।
19198 खेप ना. ३. व्यापार आदिको यात्रा।
19199 खेप ना. ४. पटक; पल्ट; बाजि; चोटि।
19200 खेपुवा वि. १. पटक पटक गर्दै ओसारिएको; खेप हालेको वा खेप हाल्ने।