Dictionary

All Word

19101 खुल्किनु ३. मात्तिनु निफुल्किनु; छेक्राउनु।
19102 खुल्किनु ४. सोचेजस्तो परिणाममा नपुग्नु वा असफल हुनु।
19103 खुल्क्याइ ना. खुल्किने काम वा प्रक्रिया।
19104 खुल्क्याइनु क.क्रि. खुल्किन लाइनु; खुइल्याइनु।
19105 खुल्क्याउनु प्रे. क्रि. १. १ काटिइसकेका खसी, बोका आदिका रौँलाई तातो पानी हालेर खुर्किनु; खुइल्याउनु। स.क्रि.
19106 खुल्क्याउनु प्रे. क्रि. २. राम्रो परिणाममा पुग्न नसकेका वा असफल भएकालाई खिस्याएर व्यङ्ग्य गर्नु।
19107 खुल्क्याहट ना. खुल्क्याउने क्रिया वा प्रक्रिया; खुल्क्याइ।
19108 खुल्लमखुल्ला क्रि.वि. ढाकछोप केही नगरीकन; खुलस्तसित; खुलेआम।
19109 खुवा १ ना. धेरै बेरसम्म दुध पकाउँदै घोट्दै गरेर बनाइएको, पेडा आदि मिठाई बनाइने खाद्य पदार्थ; कुराउनी।
19110 खुवा २ ना. राणाशासनमा विभिन्न पदका रोलवालाहरूको हातखर्चका लागि उठती पाउने गरी पदअनुसार ठेकिएका जग्गा; एक किसिमको बिर्ता।
19111 खुवा खान्की ना. १. खुवाबाट आउने तलब; महिनावारी; वेतन।
19112 खुवा खान्की ना. २. ठेकिएको वस्तु वा रकम।
19113 खुवा खान्की ना. ३. खवाइ; खाना।
19114 खुवा खान्गी ना. खुवा खान्की।
19115 खुवाइ ना. खुवाउने क्रिया वा प्रक्रिया।
19116 खुवाइनु क.क्रि. खान लाइनु; भोजन गराइनु।
19117 खुवाउनु प्रे.क्रि. खान लाउनु वा दिनु; भोजन गराउनु।
19118 खुस वि. १. आफ्नो स्थिति वा परिस्थितिसँग पूरै सन्तुष्ट भएको; प्रसन्न।
19119 खुस वि. २. आफू वा अरू कसैद्वारा गरिएको कार्यबाट सन्तोष अनुभव गर्ने; आनन्दित।
19120 खुस वि. ३. प्यारो, राम्रो वा मन पर्ने; सुन्दर (खुसखबर)। ना.
19121 खुस वि. ४. इच्छा। (उदा.- खुस परे जाऊ, नपरे नजाऊ)।
19122 खुसखबरी ना. खुसीको खबर वा समाचार; सुन्दा मन प्रसन्न गराउने खबर।
19123 खुसखुसे वि. १. अरूले नसुन्ने गरी कसैसँग बिस्तारै कुरा गर्ने; साउती गर्ने; खुसखुस गर्ने।
19124 खुसखुसे वि. २. अर्काको चुक्ली लगाउने; छुल्याहा; पेटाहा; घुसघुसे।
19125 खुसबु ना. १. मिठो बास्ना; सुगन्ध; सौरभ।
19126 खुसबु ना. २. अत्तर; सेन्ट।
19127 खुसमिजाज वि. हँसमुख; प्रसन्न स्वभावको; प्रसन्नचित्त।
19128 खुसहाल वि. सुखी; सम्पन्न; कुनै कुराको कमी नभएको।
19129 खुसहाली ना. १. खुसहाल हुने काम वा अवस्था; सन्तोष; प्रसन्नता।
19130 खुसहाली ना. २. जायजेथा पर्याप्त भएको अवस्था; सम्पन्नता।
19131 खुसामद ना. आफ्नो काम पटाउन वा स्वार्थसिद्धिका लागि कसैलाई प्रसन्न पार्न गरिने झुटो प्रशंसा; चाकडी; चापलुसी।
19132 खुसामदी वि. खुसामद गर्ने; मिथ्या प्रशंसा वा चाकडीद्वारा स्वार्थसिद्धि गर्ने।
19133 खुसी ना. १. मनमा हुने सुखद अनुभूति; हर्ष; प्रसन्नता।
19134 खुसी ना. २. मनको भाव; इच्छा।
19135 खुसीयाली ना. खुसी वा प्रसन्न भएको अवस्था; हर्षबढाइँ।
19136 खुसुक्क क्रि.वि. १. अरूले चाल नपाउने गरी (केही वस्तु लैजाने किसिम); सुटुक्क।
19137 खुसुक्क क्रि.वि. २. अरूलाई थाहा नदिई वा अरूले थाहा नपाउने गरी (जाने वा भाग्ने किसिम); खुरुक्क; लुसुक्क।
19138 खुसुक्क क्रि.वि. ३. थाहा नपाइने गरी (गाँठो आदि फुस्कने किसिम)।
19139 खुसुखुसु क्रि.वि. अरूले चाल नपाउने गरी (कुरा लाउने किसिम)।
19140 खुस्कनु अ.क्रि. १. फुस्कनु; खुल्नु।
19141 खुस्कनु अ.क्रि. २. मुक्त हुनु; छुट्नु।
19142 खुस्कनु अ.क्रि. ३. बिग्रनु (दिमाग)।
19143 खुस्कनु अ.क्रि. ४. चुक्नु; भुल्नु।
19144 खुस्कनु अ.क्रि. ५. नाश हुनु; मर्नु।
19145 खुस्कनु अ.क्रि. ६. उम्कनु; भाग्नु।
19146 खुस्कनु अ.क्रि. ७. गुज्रनु; बित्नु।
19147 खुस्काइ ना. खुस्कने वा खुस्काउने क्रिया वा प्रक्रिया।
19148 खुस्काइनु क.क्रि. खुस्कन लाइन; फुकाइनु; खोलिनु।
19149 खुस्काउनु प्रे.क्रि. १. फुकाउनु; खोल्नु; उम्काउनु; फुत्काउनु। स.क्रि.
19150 खुस्काउनु प्रे.क्रि. २. चापलुसी वा लोलोपोतो गरेर कसैबाट कुनै वस्तु लिनु वा हात पार्नु।