Dictionary

All Word

19201 खेपुवा वि. २. खेप्ने स्वभावको; ओसार्ने।
19202 खेपुवा वि. ३. खेप गरेर जीविका चलाउने (व्यक्ति)।
19203 खेमा ना. अस्थायी तवरले बनाइने प्रायः बाक्लो कपडा आदिको झुप्रो; शिविर; पाल।
19204 खेर्नु क.क्रि. केरकार गर्नु; केर्नु।
19205 खेर १ क्रि.वि. बरबाद; बिगार; नाश; हानि (खेर जानु, खेर फाल्नु, खेर हाल्नु इ.)।
19206 खेर २ ना. यो. समयमा; छिनमा; बेलामा; बखतमा। (उदा.- ऊ कतिखेर गयो ?)।
19207 खेराइ ना. खेर्ने भाव, क्रिया वा प्रक्रिया।
19208 खेराइनु क.क्रि. खेर्न लाइनु; केराइनु।
19209 खेराउनु प्रे. क्रि. खेर्न लाउनु; केराउनु।
19210 खेरि क्रि.वि. समयमा; बेलामा; बखतमा। (उदा.- उसले यहाँ आउँदाखेरि मलाई भेट्यो )।
19211 खेल्नु स.क्रि. १. धन लगाएर वा नलगाईकन हारजितको बाजीमा सम्मिलित हुनु; तासजुवा आदिको खेलमा सामेल हुनु।
19212 खेल्नु स.क्रि. २. मन बहलाउन, व्यायाम गर्न वा समय बिताउनका निम्ति कुनै खेलबाडमा भाग लिनु; राष्ट्रिय वा अन्तरराष्ट्रिय आदि खेलप्रतियोगितामा सामेल हुनु। (उदा.- यस वर्षको फुटबल प्रतियोगितामा विदेशबाट पनि केही टिम फुटबल खेल्न आउँदै छन्)।
19213 खेल्नु स.क्रि. ३. नाटक आदिमा अभिनय गर्नु; नाचतमासा गर्नु।
19214 खेल्नु स.क्रि. ४. व्यापारमा पैसा लगाउनु; उद्योगव्यवसायमा धन खर्च गर्नु। अ.क्रि.
19215 खेल्नु स.क्रि. ५. मनमा शब्द, विचार आदिको तर्कवितर्क उब्जनु; भएनभएका कुरा मनमा उब्जनु।
19216 खेल्नु स.क्रि. ६. आफूभन्दा बलियोसँग जुध्नु। (उदा.- ऊ बाघसँग खेलिरहेको छ)।
19217 खेल्नु स.क्रि. ७. हावाले हाँगा, पात आदि हल्लनु।
19218 खेल्नु स.क्रि. ८. हर्ष आदिले मन प्रसन्न हुनु।
19219 खेल्नु स.क्रि. ९. साना बालकहरू कुनै वस्तु, विचार वा चालमा एक्लै वा सामूहिक रूपमा अलमलिनु।
19220 खेल ना. १. मन बहलाउन वा दिन काट्नका निम्ति गरिने काम; मनोविनोद; खेलबाड; क्रीडा।
19221 खेल ना. २. व्यायामका लागि गरिने कामकुरो ( कपर्दीको खेल, भकुन्डोको खेल इ.)।
19222 खेल ना. ३. धन कमाउन गरिने मनोरञ्जनपूर्ण काम; तमासा ( जादुको खेल)।
19223 खेल ना. ४. लीला।
19224 खेल ना. ५. चालबाजी; पेच।
19225 खेल ना. ६. अति सजिलो वा तुच्छ काम।
19226 खेल ना. ७. विचित्र वा अद्भुत काम (भाग्यको खेल, दैवी खेल)।
19227 खेल ना. ८. जाल; झेल।
19228 खेलकुद ना. मन बहलाउन वा व्यायामका निम्ति खेल्ने वा कुद्ने काम; खेल; क्रीडा।
19229 खेलखाल ना. १. षड्यन्त्र; जालझेल; छलकपट।
19230 खेलखाल ना. २. तन्त्रमन्त्रपूर्वकको मारण, मोहन, उच्चाटन आदि अभिचारबाट हुने बाधा।
19231 खेलखाल ना. ३. चुक्लीचाक्ली; करनी; छेडपेच।
19232 खेलबहाड/बाड ना. १. सामान्य खेल वा क्रीडाका रूपमा गरिने काम; खेलाँची; ख्यालख्याल; ख्यालठट्टा।
19233 खेलबहाड/बाड ना. २. दिल बहलाउने काम; मनोविनोद।
19234 खेलबहाड/बाड ना. ३. बेवास्ता; हेलचेक्य्राइँ।
19235 खेलबाडी ना. खेलबाड गर्ने; खेलाडी।
19236 खेलाँची ना. १. कुनै काम कुरो गम्भीरतासाथ नलिने चाल; ख्यालख्याल; ख्यालठट्टा।
19237 खेलाँची ना. २. हेलचेक्य्राइँ।
19238 खेला ना. १. क्रीडा; खेल।
19239 खेला ना. २. रङ्गमञ्चमा प्रदर्शित गरिने कुनै खेल (नाच, नाटक, चलचित्र इ.)।
19240 खेला ना. ३. जादु; टुना।
19241 खेलाइ ना. खेल्ने भाव, क्रिया वा प्रक्रिया।
19242 खेलाइनु क.क्रि. खेल्न लाइनु, नचाइनु।
19243 खेलाउनु प्रे. क्रि. १. नाटक आदिमा अभिनय गराउनु; नचाउनु; नाच्न लाउनु।
19244 खेलाउनु प्रे. क्रि. २. खेल्न लाउनु।
19245 खेलाउनु प्रे. क्रि. ३. कसैलाई त्रस्त वा दुःखी पार्नु।
19246 खेलाडी वि . १. सधैँ वा बराबर खेलिरहने; खेलकुदमा रुचि भएको; खेल्ने बानी भएको।
19247 खेलाडी वि . २. भकुन्डो, बुद्धिचाल आदि खेलमा पोख्त; खेल्न सिपालु। ना.
19248 खेलाडी वि . ३. खेलकुदमा सक्रिय तथा निपुण व्यक्ति।
19249 खेलिनु क.क्रि. खेल्ने काम गरिनु।
19250 खेली खेली १. सजिलोसित; हेलैले; विनापरिश्रम; अनायासै। ना.