Dictionary

All Word

19301 खैरो वि. २. फुस्रो रङ।
19302 खैरो पानी ना. जाँड-रक्सी।
19303 खैरो बेत ना. धाप नभएका वनजङ्गलमा उम्रने, डाँठ र पातमा कोप्रिएका काँडा हुने, बलियो र चाम्रो, सुकेपछि तेर्सो र चिराचिरा पर्ने एक प्रकारको पानीबेत।
19304 खैलाबैला ना. खलबल; हल्लाखल्ला; कोकोहोलो।
19305 खाेँच ना. हे. खोच।
19306 खोइ निपा. कुनै काम-कुरो वा अग्रसरता बुझाउने र विस्मय, बेवास्ता आदि जनाउने विस्मयात्मक तथा प्रश्नात्मक अव्यय; खै। (उदा.- राम खोइ कता गयो ? खोइ दाइ ! म अगि जान्छु)।
19307 खोइरे वि. खोइरो लागेको; खुइलिएको; खुइले।
19308 खोइरो १ ना. १. मानिसका टाउकोका रौँ खुइलिने वा मुडुलो हुने एक रोग।
19309 खोइरो १ ना. २. पशु आदिका आङको रौँ झर्ने रोग।
19310 खोइरो २ ना. १. केरा, पिँडालु आदिका कन्द वा गानामा लाग्ने एक जातको किरो।
19311 खोइरो २ ना. २. खेदो; अहिरो।
19312 खोइलो ना. उखु, दारिम, कागती आदि पेलेर रस झिकिसकेपछि बचेको छोक्रा; खोस्टो; टुखल।
19313 खोक्नु स.क्रि. घाँटीको कफ निकाल्न वा सकसकी मेट्न ख्वाकख्वाक शब्द निकाल्नु; ख्वाकख्वाक शब्दका साथ श्वासनलीबाट वेगसहित वायु निकाल्नु।
19314 खोक ना. १. कुनु परेको ठाउँ; ससानो खोच।
19315 खोक ना. २. खेतको हिलो सम्म्याउने काठ; लिँडुल्के; हेँगा।
19316 खोकल्नु स.क्रि. मुखमा पानी हालेर कुलुकुलु आवाज आउने गरी सफा गर्नु; कुल्ला गर्नु; खकाल्नु।
19317 खोकलाइ ना. खोकल्ने भाव, क्रिया वा प्रक्रिया।
19318 खोकलिनु क.क्रि. खोकल्ने काम गरिनु; कुल्ला गरिनु।
19319 खोकाइ ना. खोक्ने भाव, क्रिया वा प्रक्रिया।
19320 खोकाइनु क.क्रि. खोक्न लाइनु; ख्वाकख्वाक गराइनु।
19321 खोकाउनु प्रे.क्रि. खोक्न लाउनु; ख्वाकख्वाक गराउनु।
19322 खोकार ना. खेतमा गरिने रोपाइँमा खोक वा साठा चलाउने हली।
19323 खोकिनु क.क्रि. ख्वाकख्वाक गरिनु; खोक्ने काम गरिनु।
19324 खोकिम ना. राता डाँठ, खस्रा, खैरा पात र खैरै फूल हुने, डाँठको तरकारी वा अचार बनाइने र जरा पिँधी हाड भाँचिएका ठाउँमा औषधीका रूपमा लगाइने एक बोट।
19325 खोकिलो ना. १. बाहुलावाल लुगाको काखीको भाग।
19326 खोकिलो ना. २. मान्छेको शरीरको काखीलगायत त्यसले स्पर्श गर्ने करङ आदिको भाग।
19327 खोकी ना. घाँटीमा खसखस लागेर निस्कने आवाज; खोक्ने रोग; काँसो।
19328 खोक्पा ना. जङ्गली जनावरले आधा खाई बाँकी छाडेको सिकार।
19329 खोक्रिनु अ.क्रि. १. भित्री गुदी वा सार नभएको हुनु; खोक्रो हुनु।
19330 खोक्रिनु अ.क्रि. २. खाली हुनु; रित्तो हुनु; रित्तिनु।
19331 खोक्रिनु अ.क्रि. ३. शक्ति वा सम्पत्ति नभएको हुनु।
19332 खोक्रे वि. रित्तिएको; खोक्रिएको; खोक्रो।
19333 खोक्रे सिमी ना. सेता फूल र लामालामा पुष्ट कोसा हुने सिमीको लहरो वा त्यसैका कोसाभित्रको दाना।
19334 खोक्रो वि. भित्रपट्टि खाली भएको; भित्र केही नभएको; रित्तो।
19335 खोक्य्राइ ना. खोक्रिने भाव, क्रिया वा प्रक्रिया।
19336 खोक्य्राइनु क.क्रि. खाली पारिनु; रित्याइनु; खोक्रो पारिनु।
19337 खोक्य्राउनु प्रे.क्रि. भित्र खाली पार्नु; रित्त्याउनु; खोक्रो पार्नु।
19338 खोखा ना. गोलीको खोल।
19339 खोङ्गी ना. कुखुरा हालिने चोयाको कोक्रो; फुर्लुङ।
19340 खोच ना. १. दुई पहाडका बिचको गहिरो र साँघुरो ठाउँ; खोच्याप्रो ठाउँ; खाँच।
19341 खोच ना. २. पहाडी ढालमा पानी बगेर गहिरिएको जमिन।
19342 खोच ना. ३. कुयँत्रो।
19343 खोचा ना. मरेका व्यक्तिको किरिया गर्दा एघारौँ दिनका दिन घडाका प्रतीक मानेर बगाइने एकसरो पातका तीन सय पैँसठ्ठीवटा दुना।
19344 खोचिनु अ.क्रि. गोडामा घाउचोट लाग्नाले वा कुनै कारणवश गोडा लामोछोटो हुनाले लेच्याएर वा खोच्याएर हिँड्ने हुनु।
19345 खोचे ना. माछा मार्ने साधन; खुँगो; खोतो। राम्रो कुरोलाई पनि बङ्ग्याएर नराम्रो अर्थ निकाल्ने काम; निहुँ; बिङठ्याइँ; अड्को; खोते।
19346 खोचो ना. एकसरो पातबाट बनाइएको दुनु।
19347 खोच्याइ ना. खोचिने क्रिया वा प्रक्रिया।
19348 खोच्याइनु क.क्रि. हिँडिनु; लँगडाइनु।
19349 खोच्याउनु स.क्रि. गोडामा घाउचोट लाग्नाले वा गोडा लामोछोटो हुनाले लेच्याएर वा खोच्याएर हिँड्नु।
19350 खोच्याङखोच्याङ क्रि.वि. खोच्याउने गरी (लँगडो मानिस हिँड्ने चाल )।