Dictionary

All Word

19451 खोप्रे बुढी ना. २. खोप्रामा बस्ने नारी; बुढी कमारी। वि.
19452 खोप्रे बुढी ना. ३. ज्यादै बुढी; खुम्रे बुढी।
19453 खोप्रो ना. १. करियाअमलेख हुनुभन्दा अगाडि कमाराकमारी बस्ने सानो घर वा खण्ड।
19454 खोप्रो ना. २. छाप्रो; कुप्रो; खोल्मा।
19455 खोप्ले ना. गर्दनका बिचमा परेको खोपिल्टो।
19456 खोप्लो ना. सानो खाल्टो; खोपिल्टो।
19457 खोयाबिर्के ना. पारम्परिक प्रविधिबाट घरमा तयार पारी बोतलमा हालेर मकैको खोयाको बिर्को लगाईकन राखिएको रक्सी।
19458 खोयो ना. १. मकैका घोगामा गेडाहरू अडिने खोप्लाखोप्ला परेको कोयो; मकैको भित्री डाँठ।
19459 खोयो ना. २. आँप आदि फलभित्र रहने ठुलो बीजकोष; फलको भित्री डल्लो वा साह्रो भाग।
19460 खोर १ ना. १. जीवजन्तु पाल्न वा थुन्न बनाइएको साँघुरो कोठो।
19461 खोर १ ना. २. बाघभालु आदिलाई झुक्क्याई समात्नाका लागि थापिने पिँजडा वा त्यस प्रयोजनका लागि प्रयोग गरिने कटेरो वा कोठोजस्तो वस्तु।
19462 खोर १ ना. ३. थुनुवालाई थुन्ने साँघुरो कोठो; थुनाघर; थुनुवाघर।
19463 खोर २ वि. कुनै संज्ञाका पछिल्तिर जोडिई सूक्ष्म व्यङ्ग्यसहित 'ज्यादै खाने' भन्ने अर्थ व्यक्त गर्ने प्रत्ययधर्मी उत्तरपद वा उपपद (हावाखोर, गोताखोर आदि)।
19464 खोरन्डो वि. खुट्टा खोच्याएर हिँड्ने; लँगडो।
19465 खोरबारी ना. १. पशुपक्षी आदिलाई अल्झाउन बनाइएको खोर रहेको सुनसान बारी।
19466 खोरबारी ना. २. फूलबारी।
19467 खोरिया ना. १. बाली लगाउनाका लागि रुख, बुटा आदि काटी, फाँडी प्रायः डढेलोसमेत लगाएर बिराएको जमिन; पाखाभित्ताको बाँझो जग्गा; भस्मे; लोहोसे।
19468 खोरिया ना. २. आली, कान्ला आदि भत्केर बिग्रेको जग्गा।
19469 खोरियानी ना. १. खोरिया फाँड्ने काम।
19470 खोरियानी ना. २. खोरिया फाँडिएको जग्गा वा ठाउँ।
19471 खोरी १ ना. गुलेलीको मट्याङ्ग्रा अड्काउने रबडका बिचको भाग।
19472 खोरी २ ना. १. सानो दुनु।
19473 खोरी २ ना. २. चन्दन आदि राखिने सानो पात्र वा भाँडो (चन्दनखोरी)।
19474 खोरी ३ वि. कुनै संज्ञाका पछिल्तिर जोडिई खाने भाव वा क्रियाको अर्थ जनाउने प्रत्ययधर्मी उत्तरपद वा उपपद (हावाखोरी, गोताखोरी आदि)।
19475 खोरेँत ना. हे. खोऱ्याँत।
19476 खोरे ना. हे. खोरो।
19477 खोरो १ ना. पैतला, कुर्कुच्चा आदि फुट्ने रोग; हरिनास; हर्नाठ; खोरे।
19478 खोरो २ ना. १. सानो, पातलो, रद्दी किसिमको भाँडो।
19479 खोरो २ ना. २. सानो दुनु।
19480 खोर्ना ना. पैतालामा प्वालैप्वालको दाग हुने एक प्रकारको रोग।
19481 खोऱ्याँत ना. गाईबस्तुको खुर र मुखभित्र खटिरा आउने एक प्रकारको रोग; खोरेँत; खोरे।
19482 खोऱ्याइ ना. खोऱ्याउने क्रिया वा प्रक्रिया।
19483 खोऱ्याइनु क.क्रि. खोऱ्याउने काम गरिनु; केरिनु; खेरिनु।
19484 खोऱ्याउनु स.क्रि. कुनै कुराको पत्तो लगाउन दोहऱ्याईतेहऱ्याई सोध्नु; कुनै अभियुक्तबाट उसले गरेको कसुरबारे यथावत् र विस्तृत जानकारी लिनाका लागि नाना तरहले सोधपुछ गर्नु; केर्नु; खेर्नु।
19485 खोर्सानी ना. हे. खुर्सानी।
19486 खोल्नु स.क्रि. १. बन्द भएको अवस्थाबाट खुला पार्नु; उघार्नु।
19487 खोल्नु स.क्रि. २. बन्धनबाट मुक्त पार्नु; फुक्का गर्नु वा छाडा गर्नु।
19488 खोल्नु स.क्रि. ३. नयाँ पसल, कारखाना, विद्यालय आदिको स्थापना गर्नु; उद्घाटन गर्नु।
19489 खोल्नु स.क्रि. ४. बन्द भएको कामकुरो फेरि सुरु गराउनु वा चलनमा ल्याउनु।
19490 खोल्नु स.क्रि. ५. निकाल्नु; आविष्कार गर्नु।
19491 खोल्नु स.क्रि. ६. दाम्लो, खोर आदिबाट फुक्का गर्नु; छाड्नु।
19492 खोल्नु स.क्रि. ७. कविता आदि वा कुनै शास्त्रीय विषयको स्पष्ट नभएको अर्थ स्पष्ट गराउनु; व्याख्या गर्नु।
19493 खोल्नु स.क्रि. ८. अनावृत गराउनु।
19494 खोल्नु स.क्रि. ९. दौडाउनु; कुदाउनु।
19495 खोल १ ना. कुनै वस्तुको बचाउ वा ढाकछोपका लागि तयार गरिने त्यसै आकारको कपडा, कागत आदिको थैलो।
19496 खोल २ ना. काठ कपेर ऐना वा फल्याक जड्न बनाइएको खोल्सो।
19497 खोलखाल ना. खोल्ने वा उघार्ने काम; उदाङ्गो पार्ने काम।
19498 खोले ठाकुर ना. धिमालजातिका ग्रामदेवता; थानपति देवता।
19499 खोलपाटो ना. खोलको एकापट्टिको भाग वा खण्ड; भित्र रुवा नपाँजिँदैका अवस्थाको खोल।
19500 खोलपाटो पर्नु टु. पटक्कै नमिल्नु; अमिल्दो हुनु।