Dictionary

All Word

19501 खोला १ ना. रक्सी खानका लागि प्रयोगमा ल्याइने सानो खालको कटौरा।
19502 खोला २ ना. हे. खोलो।
19503 खोलाइ ना. खोल्ने क्रिया वा प्रक्रिया।
19504 खोलाइनु क.क्रि. खोल्न वा उघार्न लाइनु।
19505 खोलाउनु प्रे. क्रि. खुला पार्न वा खोल्न लाउनु।
19506 खोलाखोली ना. सानाठुला धेरै खोला; सानाठुला खोलाहरूको समूह।
19507 खोलाटोला ना. खोलाको छेउछाउमा रहेको गाउँले बस्ती; पानीघाट र चरन एउटै भएको गाउँठाउँ।
19508 खोलाधोबी ना. खोलाटोलामा हुने एक किसिमको धोबीचरो।
19509 खोलानाला ना. नदी र नालाहरूको समूह; सानाठुला धेरै खोला; नदीनाला; खोलाखोली।
19510 खोली ना. १. खोपाएका रोगीलाई अरूका संसर्गमा आउन नदिई छुट्टै राख्न बनाइएको अस्थायी छाप्रो; खोपाउने वैद्यको थर्पु।
19511 खोली ना. २. सानो खोलो।
19512 खोली बाँसुरी ना. केही बाँकी नरहेका कुरा; भएभरका जम्मै कुरा; सिरीखुरी।
19513 खोले ना. १. गाईबस्तुलाई खुवाउन मकै, चामल, भटमास आदिको पिठो पकाइएको बाक्लो झोल; कुँडो।
19514 खोले ना. २. प्रायः गरिबहरूले खाने, मकैको पिठो, कनिका, सागपात आदि मिसाएर पकाइएको लेदो खाद्य पदार्थ; फाँडो। वि.
19515 खोले ना. ३. सभ्यता नजानेको; अशिष्ट; गँवार (मानिस)।
19516 खोले ना. ४. कष्टले जीवननिर्वाह गर्ने; दुःखी।
19517 खोले खेत ना. खोलाको छेउछाउमा रहेको वा खोलाको पानी लाग्ने खेत; खोलाले छाडेको जमिन बिराएर बनाइएको खेत।
19518 खोले फाँडो ना. पिठो, कनिका आदिमा साग सिस्नु मिसाई पकाइएको लेदो खाद्य पदार्थ; गरिबगुरुवाहरूको निम्न स्तरको भोजन।
19519 खोले भूत ना. लोकविश्वासअनुसार खोलानालामा हिँडडुल गर्ने एक किसिमको भूत।
19520 खोलेस ना. कुखुरा आदिको ओथारो बस्ने ठाउँ।
19521 खोलो ना. १. सानोतिनो नदी; झन्डै नदीजस्तो सानो जलप्रवाह।
19522 खोलो ना. २. खोलाको नजिक रहेको सानो बस्ती; नदीका नजिकको गाउँघर।
19523 खोलो पैह्रो ना. वर्षा वा भल- बाढी आदिले गर्दा जग्गाजमिनलाई नोक्सान पुऱ्याउने किसिमको खोला र पहिरो; बाढीपैह्रो।
19524 खोल्मा ना. १. माथिल्लो तलामा खेतीपातीका सरसामान राख्न र तल्लो तलामा गाईभैँसी आदि बाँध्न हुने गरी घरआँगनछेउ बनाइएको सानो झुप्रो; तला भएको गोठ।
19525 खोल्मा ना. २. पाखाबाली राख्ने ठाउँ; खल्मा; उरिम।
19526 खोल्मे वि. खोल्माजस्तो; खोल्माका आकारको।
19527 खोल्याँसो ना. खेतका गरामा लागेको बेसी पानी निकाल्न गरैपिच्छे कुनै ठाउँ आलीको डिल काटेर बनाइएको निकास वा त्यस्तो पानी जाने ठाउँ; खोलिएको समाहा।
19528 खोल्याङ ना. एउटाभन्दा अर्को ससानो गरा हुँदै गएको खेत।
19529 खोल्साखोल्सी ना. सानाठुला धेरै खोल्सा; खोल्साहरूको समूह।
19530 खोल्सिनु अ.क्रि. १. खोल्सो पर्नु; कुलेसो पर्नु।
19531 खोल्सिनु अ.क्रि. २. शरीरको अत्तरछाला वा रुखपातको बाहिरी पातलो बोक्रा उप्कनु।
19532 खोल्सी ना. सानो खोल्सो।
19533 खोल्से वि. १. खोल्साको; खोल्सासम्बन्धी।
19534 खोल्से वि. २. खोल्सामा गएको (पहिरो ); जमिन धसिएर बनेको (खोल्से भूक्षय)।
19535 खोल्सो ना. १. दुई डाँडा वा अग्ला जमिनका बिचको, सानो सोतो बग्ने, साँगुरो र गहिरो ठाउँ; भिरालो धरातलमा पानी बगेर गहिरिएको जमिनको भाग; खोँच; खाई।
19536 खोल्सो ना. २. सानोतिनो खोलो; खहरे।
19537 खोल्सो ना. ३. कुलेँसो; कुलो।
19538 खोल्स्याइ ना. खोल्सिने भाव, क्रिया वा प्रक्रिया।
19539 खोल्स्याइनु क.क्रि. खोल्सो वा कुलेसो पारिनु।
19540 खोल्स्याउनु प्रे.क्रि. खोल्सो गराउनु; कुलेसो पार्नु।
19541 खोस्नु स.क्रि. १. अर्काका अधिकारमा रहेको वा अरूलाई दिइएको कुनै वस्तु बलजफतीसँग वा मन्जुरीविना नै लिनु; हर्नु।
19542 खोस्नु स.क्रि. २. कसैलाई खाइरहेको जागिर वा पदबाट निकाल्नु; पदच्युत गर्नु।
19543 खोस्नु स.क्रि. ३. अरूका हातमा रहेको माल झम्टेर तान्नु वा लिनु।
19544 खोसमोस ना. कमाएको जग्गाजमिन वा खाईपाई आएको जागिर आदि खोस्नेवर्ने काम; खोस्ने र लिने काम।
19545 खोसल्टिनु अ.क्रि. सुकेर वा झुरिएर काम नलाग्ने हुनु; रद्दी हुनु; खोसेल्टिनु।
19546 खोसल्टो ना. हे. खोसेल्टो।
19547 खोसल्ट्याइ ना. खोसल्टिने भाव, क्रिया वा प्रक्रिया।
19548 खोसल्ट्याइनु क.क्रि. खोसल्टो पारिनु; थोत्र्याइनु।
19549 खोसल्ट्याउनु प्रे.क्रि. खोसल्टो तुल्याउनु; थोत्र्याउनु।
19550 खोसाइ ना. खोस्ने भाव, क्रिया वा प्रक्रिया।