Dictionary

All Word

19651 ख्याम्सो वि. २. दुब्लो; पातलो।
19652 ख्याल १ ना. १. विचार; विवेक; सोचाइ।
19653 ख्याल १ ना. २. सम्झना; समझ।
19654 ख्याल २ ना. १. गम्भीरतासाथ नलिइने वा जिस्किने र रमाइने कुरो; ठट्टा; हँसीदिल्लगी।
19655 ख्याल २ ना. २. खेलबाड; खेलाँची; हेलचेक्य्राइँ।
19656 ख्याल २ ना. ३. ज्यादै तन्काइएको लयमा गाइने प्रणाली।
19657 ख्यालठट्टा ना. हँसीदिल्लगी; ठट्टा; ख्याल।
19658 ख्याली ना. १. विशेष चाडपर्वमा वा पूजाआजामा खैँजडी, मजुरा आदि बजाउँदै गाइने लोकगीत; चुड्का।
19659 ख्याली ना. २. तन्नेरीतरुनीहरू भेला भई गाइने एक प्रकारको जुवारी। वि.
19660 ख्याली ना. ३. खुब ख्यालठट्टा गर्ने स्वभावको; ठट्यौलो।
19661 ख्यासख्यास क्रि.वि. १. छिटोछिटोसँग वा मन नलगाई (कुनै कुरा लेख्ने किसिम )।
19662 ख्यासख्यास क्रि.वि. २. घाँटीमा सकसक लाग्ने गरी।
19663 ख्यासख्यास क्रि.वि. ३. मनै नदिई (कुनै वस्तु रगड्ने किसिम)।
19664 ख्यास्स क्रि.वि. १. बेवास्ता झल्कने गरी (नरम वस्तुमा कुनै तिखो, साह्रो वस्तु घुसार्ने किसिम )।
19665 ख्यास्स क्रि.वि. २. रगड्ने चालले।
19666 ख्यास्सिनु अ.क्रि. तलतिर लाग्नु; उँधो झर्नु; लछारपाटो लाउनु।
19667 ख्रिस्टीय वि. १. ख्रिस्टसँग सम्बन्धित; इसासम्बन्धी।
19668 ख्रिस्टीय वि. २. क्राइस्टको जन्मदिनदेखि गणना गरिएको।
19669 ख्वाँट्टा वि. १. आलोपालो गरी खेलिने खेलमा सबैभन्दा पछि पालो आउने। ना.
19670 ख्वाँट्टा वि. २. सबभन्दा पछिल्लो खेलाडी।
19671 ख्वाकख्वाक क्रि.वि. १. घाँटीबाट लगातार खोकेको जस्तो धोत्रो आवाज निस्कने गरी; ख्याकख्याक।
19672 ख्वाकख्वाक क्रि.वि. २. लगातार आवाज आउने गरी (खोक्ने किसिम)।
19673 ख्याक्क क्रि.वि. खोक्ता घाँटीबाट धोत्रो, कम्पित, तिखो आवाज आउने गरी।
19674 ख्वाट्ट क्रि.वि. केही नगरीकन; अनायासमै (कुनै काम हुने किसिम)।
19675 ख्वातख्वात क्रि.वि. कुनै लेदो वस्तु खस्ता आवाज आउने गरी।
19676 ख्वातख्वाती क्रि.वि. अझै चड्कासित ख्वातख्वात हुने गरी।
19677 ख्वात्त क्रि.वि. सबै रित्तिने गरी (कुनै पन्यालो पदार्थ खसाउने वा खन्याउने किसिम)।
19678 ख्वापख्वाप क्रि.वि. नरोकिईकन (कुनै खाद्य वस्तु मुखमा हाल्ने किसिम); क्वापक्वाप।
19679 ख्वापख्वापती/ख्वापख्वापी क्रि.वि. अझै छिटो ख्वापख्वाप हुने गरी।
19680 ख्वाप्प क्रि.वि. १. एकैचोटि (कुनै डल्लो खाद्य वस्तु मुखमा हाल्ने किसिम); क्वाप्प।
19681 ख्वाप्प क्रि.वि. २. कुनै तिखो वस्तु रोपिने वा पस्ने गरी।
19682 ख्वामित ना. १. सम्मानबोधक शब्द; श्रीमान्।
19683 ख्वामित ना. २. मालिक; प्रभु; स्वामी।
19684 ख्वाम्म क्रि.वि. पिँधसम्म पुग्ने गरी (कुनै तिखो वस्तु रोप्ने किसिम); स्वाम्म।
19685 ख्वाम्लाङ्ङ क्रि.वि. चालै नपाई; एक्कासि (खाल्टामा पर्ने किसिम)।
19686 ख्वारख्वार क्रि.वि. नरोकिईकन; स्वारस्वार।
19687 ख्वारख्वारी/ख्वारख्वार्ती क्रि.वि. नरोकिईकन; स्वाटस्वाटी।
19688 ख्वार्र क्रि.वि. १. छिटो छिटो चालसँग; नरोकीकन (दगुर्ने वा हिँड्ने किसिम )।
19689 ख्वार्र क्रि.वि. २. गेडाहरू झर्ने वा पोखिने गरी; स्वार्र।
19690 ख्वालख्वाल क्रि.वि. कत्ति पनि नरोकिईकन पानी आदि पन्यालो पदार्थ बग्ने वा पोखिने किसिम; ह्वालह्वाल।
19691 ख्वालख्वाली/ख्वालख्वाल्ती क्रि.वि. अझ तिखो रूपमा ख्वालख्वाल हुने गरी।
19692 ख्वाले वि. १. नचाहिँदो हल्ला गर्ने।
19693 ख्वाले वि. २. असभ्य; गँवार।
19694 ख्वाल्ल क्रि.वि. एकै बाजि खनिएर; नरोकिईकन (पानी आदि बग्ने वा पोखिने किसिम); ह्वाल्ल।
19695 ख्वास्स क्रि.वि. थाहै नपाईकन; नचिताएको ढाँचाले; बिस्तारै हाल्ने, हुल्ने वा घुसाउने गरी; ह्वास्स।
19696 १. देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये तेस्रो व्यञ्जनवर्ण; कण्ठस्थानबाट उच्चारण हुने, स्पर्शी, घोष, अल्पप्राण व्यञ्जनवर्ण; कवर्गको तेस्रो वर्ण; लेख्य रूपमा सो व्यञ्जनवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; गाइगोडे ग।
19697 २. कुनै वस्तु, विषय वा कुराको वर्गीकरण या मूल्याङ्कन गर्दा तेस्रो वा निम्न श्रेणीलाई छुट्ट्याई चिनाउन प्रयोग गरिने श्रेणीबोधक अक्षरसङ्केत; लेखाइका क्रममा विषयवस्तुको वर्गीकरण वा विभाजन उपविभाजनका निम्ति व्यञ्जनवर्णको प्रयोग गरिँदा दिइने क्रमबोधक तेस्रो चिह्न।
19698 गँगटे ना. हातका औँलामा लगाइने घुम्रिएको औँठी; मुन्द्री; मुन्द्रो।
19699 गँगटो ना. हिँड्नका लागि आठवटा खुट्टा हुने र च्याप्न र आफ्नो रक्षा गर्नका लागि दुईवटा सुँडजस्ता काँडादार अङ्ग हुने, पानीका छेउछाउका काप र ढाँडहरूमा बस्ने जलजीवी प्राणी।
19700 गँगरिनु अ.क्रि. जाडो वा चिसोले शरीरका अङ्गहरू कठ्याङ्ग्रिनु, गँगर्किनु; अररिनु।