Dictionary

All Word

19801 गच्छ्याउनु स.क्रि. २. अर्काको मालसामान बुझाउनु; नासो जिम्मा लाइदिनु।
19802 गज१ ना. १. हात्ती।
19803 गज१ ना. २. ज्योतिषशास्त्रमा आठको अङ्क।
19804 गज२ ना. १. गजप्रणालीमा सोह्र गिरा वा छत्तीस इन्च अर्थात् तीन फुट लमाइको नापो।
19805 गज२ ना. २. दुई हात लमाइ बराबरको नाप्ने डन्डी।
19806 गज ना. ३. सारङ्गी, बेला आदि बजाउने साधन; कमानी; गजो।
19807 गज ना. ४. घाउ-खटिरा आदिमा औषधी लगाइने सुत्लो।
19808 गज ना. ५. कुनै वस्तुको चौडाइतिरको भाग।
19809 गज ना. ६. भरुवा बन्दुकमा बारुद र लत्ता खाँद्ने फलामे डन्डी। वि.
19810 गज ना. ७. दुई हात लमाइ भएको; तीन फुटको।
19811 गजक ना. रक्सी खाइसकेपछि मुखको स्वाद फेर्न खाइने मसला जातको कुनै खानेकुरो।
19812 गजक्क क्रि.वि. रिसले वा फुर्ती र धाकले गम्किने गरी; गमक्क।
19813 गजगज क्रि.वि. १. गिलो वा लेदो वस्तुलाई मुछ्ने वा मथेल्ने किसिमले।
19814 गजगज क्रि.वि. २. मान्छेले रोगले आक्रमण गरेका बेला अथवा बस्तुभाउले त्यस्तै साह्रो घाँस खाएका बेला मुखबाट फिँज काढ्ने गरी।
19815 गजगजी क्रि.वि. शीघ्रताका साथ मुखबाट फिँज निस्कने किसिमले।
19816 गजगिरी ना. पुल, साँघु आदि बनाउँदा लट्ठालाई दरो र तन्किलो पार्न वरिपरिका जमिनमा गाडी ढुङ्गा, इँट आदिले बलियो बनाइएको खम्बा; सेतुस्तम्भ।
19817 गजघट्ट क्रि.वि. कुनै काम नगरी, अनावश्यक रूपमा ठाउँ ओगटेर समय बिताउने ढाँचाले; हात्ती बसे झैँ बस्ने किसिमसँग; ढसमस्स।
19818 गजज्ज क्रि.वि. हे. गजगज।
19819 गजटो ना. एउटा हातले समातेर वा उभाएर झिक्दा आउन सक्ने अन्न, घाँस, पराल आदिको परिमाण।
19820 गजट्याइ ना. गजट्याउने क्रिया वा प्रक्रिया।
19821 गजट्याइनु क.क्रि. हातको पन्जामा अटाएसम्म झिकिनु; गमर्क्याइनु।
19822 गजट्याउनु स.क्रि. हातले गमर्क्याउनु; हातमा अट्न सकेजति झिक्नु; हातले भ्याएसम्म उभाउनु; गमर्क्याउनु।
19823 गजदन्त ना. १. हात्तीको दाँत; हस्तीदन्त।
19824 गजदन्त ना. २. गणेश।
19825 गजदन्त मणि ना. हात्ती पूरै छिप्पिएपछि त्यसका दाँतभित्र पाइने ठुला खालको मोतीका दानाजत्रो पदार्थ; हात्तीका दाँतको बहुमूल्य पदार्थ।
19826 गजदान ना. १. मस्त उमेर भएका हात्तीको मद।
19827 गजदान ना. २. विधिपूर्वक गरिने हात्तीको दान।
19828 गजधम्म क्रि.वि. ठुलो रास वा थुप्रो परेर रहने किसिमले; नचलमलाईकन; धुमधुमती।
19829 गजधम्मे वि. गजधम्म परेको; टसको मस नभई बस्ने।
19830 गजधुम्म क्रि.वि. हे. गजधम्म।
19831 गजधुम्मे गजधुम्म परेको; गजधम्मे।
19832 गजपाल ना. हात्तीको पालनपोषण गर्ने मान्छे; हात्तीको रखवारी गर्ने व्यक्ति; माहुते।
19833 गजपिप्पली ना. ठुलो जातको पिप्ला।
19834 गजब वि. १. विशेष किसिमको; अनौठो; विलक्षण; अद्भुत। ना.
19835 गजब वि. २. आश्चर्य; छक्क।
19836 गजबन्धन ना. हात्ती बाँध्ने थाम वा ठुलो मोटो किलो; खमारी।
19837 गजबार१ ना. ढोका बन्द गर्न गारैमा जडिएको लामो गर्भे आग्लो; बिरेआग्लो।
19838 गजबार२ ना. विशेष गरी डोरी, नाम्ला, दाम्ला आदि बनाउन पाटका रूपमा प्रयोग गरिने हरियो रङ्गका लामा-लामा डुँड आकारका लोप्रा हुने र ती लोप्राको दुवै छेउ र टुप्पामा घोच्ने काँडा भएको ठुलाठुला झ्याङ हुने र त्यसै झ्याङबाट निस्किएको टुसो बढी फुटेर फलसमेत लाग्ने एक थरी बुटो।
19839 गजमणि ना. हात्तीका मस्तकमा रहने रातो रङको विशिष्ट प्रकारको मोतीजस्तो देखिने अमूल्य पदार्थ; गजमुक्ता; गजमोती।
19840 गजमुक्ता ना. हे. गजमणि।
19841 गजमोती ना. हे. गजमणि।
19842 गजमोरो ना. हे. गज्मौरो।
19843 गजर ना. समय-सङ्केतक घण्ट बज्नुभन्दा पहिले वा पछि बज्ने बाजा (कुनै टेबुल वा भित्ते घडी आदिमा); बिचमा दिइने घण्ट, घण्टी आदिको नाद वा आवाज।
19844 गजरा ना. १. मान्द्रेमेसो बुट्टा देखिने गरी बुनिएको परालको सुकुल।
19845 गजरा ना. २. मोटो र बाक्लो देखिने हिसाबले उनेको फूलको माला; पुष्पहार।
19846 गजराज ना. १. ठुलो हात्ती; श्रेष्ठ हात्ती; बथानको नाइके हात्ती।
19847 गजराज ना. २. इन्द्रको वाहन; ऐरावत।
19848 गजल ना. उर्दू र फारसीमा लेखिने, नायिकाको सौन्दर्य र उसप्रतिको प्रेमको वर्णन हुने त्यस्तो कविता-भेद जसमा ५ देखि ११ सम्म शेर (युग्मक) हुन्छन्। सबै शेर एउटै रदिफ (काफियापछि आउने शब्दसमूह) र काफिया ( अन्त्यानुप्रास) मा रचिएका हुन्छन् र प्रत्येक शेरको विषय भिन्न हुन्छ। पहिलो शेर मत्ला कहिन्छ र यसका दुवै मिसरा (पङ्क्ति) सानुप्रास हुन्छन् अनि अन्तिम शेर मक्ता कहिन्छ र यसमा शायरले आफ्नो उपनाम प्रस्तुत गर्दछ।
19849 गजशाला ना. हात्तीहरू बाँध्ने घर वा ठाउँ; हात्तीसार।
19850 गजानन ना. हात्तीको जस्तो मुख भएका देवता; गौरीपुत्र; गणेश।