Dictionary

All Word

19901 गठ ना. १. एकै ठाउँमा एकै उद्देश्यले हुने धेरै जनाको बटुलो; जम्मा; भेला।
19902 गठ ना. २. मतो वा सल्लाह मिलेका मानिसहरूको समूह।
19903 गठन ना. १. कुनै निश्चित उद्देश्यको परिपूर्तिका निम्ति कुनै दल वा संस्थाको निर्माण।
19904 गठन ना. २. बनाउने काम; सङ्घटन; निर्माण; रचना।
19905 गठनकर्ता वि. गठन गर्ने वा बनाउने; सङ्गठित रूप दिने।
19906 गठनी ना. १. गाईबस्तु बाँध्ने दाम्लाको गाँठो; गलमगाँठो।
19907 गठबन्धन ना. १. कुनै कामकुराका लागि एक भएर मिल्ने काम; परस्परको मिलोमतो।
19908 गठबन्धन ना. २. कुनै स्वार्थसिद्धिका लागि गरिने आपसी साँठगाँठ।
19909 गठरिनु अ.क्रि. १. गाँठागाँठा पर्नु; गठरी वा पोकोजस्तो हुनु; जोल्टिनु; लठारिनु।
19910 गठरिनु अ.क्रि. २. पुड्को वा ग्याँचे हुनु; ग्याँच्च परेको हुनु।
19911 गठरिनु अ.क्रि. ३. साह्रो हुनु।
19912 गठरी ना. १. रुमाल, बर्को, चादर आदिमा केही वस्तु हाली गठऱ्याइएको सानो पोको; पोकोपन्तरो; कुटुरो। वि.
19913 गठरी ना. २. होचो कदकी; होची (हेय)।
19914 गठरीमठरी ना. धेरै सरसामान गठऱ्याइएका पोका वा कुटुराको समूह; पोकोपन्तरो।
19915 गठरो वि. १. गाँठगाँठा परेको; गठरिएको।
19916 गठरो वि. २. बढ्न नसकेर गान्टिएको; पुर्सुने; पुड्को। ना.
19917 गठरो वि. ३. ठुलो पोको।
19918 गठऱ्याइ ना. गठरिने भाव क्रिया वा प्रक्रिया।
19919 गठऱ्याइनु क.क्रि. गठरो पारिनु; जोल्ट्याइनु।
19920 गठऱ्याउनु स.क्रि. १. पोको पार्नु; गाँठो पार्नु; कुम्ल्याउनु।
19921 गठऱ्याउनु स.क्रि. २. अल्झाउनु; जोल्ट्याउनु।
19922 गठिउन ना. १. आँख्लाका दुवैपट्टि पात पलाउने, त्यसै ठाउँबाट हाँगा हाल्ने र नीला फूल फुल्ने, बुटीका निम्ति उपयोगी एक सुगन्धयुक्त वनस्पति।
19923 गठित वि. १. कुनै कार्यको सञ्चालनका लागि बनाइएको वा तयार पारिएको; गठन गरिएको।
19924 गठियावात ना. शरीरका जोर्नीजोर्नी सुनिएर दुख्ने एक किसिमको बाथरोग; आँख्लेबाथ।
19925 गठिलो वि. पोटिलो र दह्रो; खँदिलो; भरिलो।
19926 गठे ना. १. तान्त्रिक मत वा धर्मपरम्परा मान्ने नेवारजातिको पुजारीजस्तो एक वर्ग। वि.
19927 गठे ना. २. बुद्धि नभएको; गल्ड्याङ्ग्रो; गोजेरो।
19928 गठेचा ना. चिप्लो र लेस्याइलो एक थरी माटो।
19929 गठेमङ्गल ना. १. श्रावण कृष्णपक्षको चतुर्दशीको दिन।
19930 गठेमङ्गल ना. २. श्रावण कृष्ण चतुर्दशीका दिन पूजा गरिने कल्पित राक्षस; घण्टाकर्ण।
19931 गठेरो वि. १. राम्ररी बोल्न नसक्ने; गल्ड्याङ्ग्रो; लठेब्रो।
19932 गठेरो वि. २. बुद्धि नभएको; गठे।
19933 गठ्याङगुठुङ ना. १. स्पष्टसँग बुझ्न नसकिने र क्रमबद्ध पनि हुन नसकेको कामकुरो वा विषय; जालेमाले भएको काम।
19934 गठ्याङगुठुङ ना. २. जो भएको सबै वस्तु; भएजति सरसामान।
19935 गठ्याङमठ्याङ ना. १. गठ्याङगुठुङ; गज्याङगुजुङ ।
19936 गठ्याङमठ्याङ ना. २. झगडा; मनोमालिन्य।
19937 गठ्याङ्ग्रो वि. शरीर सलक्क भई बढ्न नसकेको; ग्याँचे; गठरो।
19938 गड ना. १. पर्दा आदिले छेकिएको ठाउँ; छेकाबार।
19939 गड ना. २. खोलो; नदी।
19940 गड ना. ३. खाल्टो; खोल्सो।
19941 गड ना. ४. इलाका; हाता।
19942 गडगड क्रि.वि. मेघ गर्जेजस्तो शब्द आउने गरी।
19943 गडगडाइ ना. गडगड शब्द निकाल्ने क्रिया वा प्रक्रिया।
19944 गडगडाइनु अ.क्रि. गडगड शब्द निकालिनु; ठुलो स्वरले गर्जिनु।
19945 गडगडाउनु अ.क्रि. १. गडगड शब्द निकाल्नु; गर्जिनु।
19946 गडगडाउनु अ.क्रि. २. बडो फुर्तीसाथ आइजाइ गर्नु।
19947 गडगडाहट ना. गडगडाउने किसिम वा चाल।
19948 गडगडिनु अ.क्रि. अरूलाई मन नपर्ने खालको कुरो गर्नु; बकबकिनु।
19949 गडगड्याइ ना. गडगडिने क्रिया वा प्रक्रिया।
19950 गडतीर ना. १. खोलाको वारि र पारिका किनारको पत्थरिलो वा ढुङ्ग्यान जमिन; खोलाको प्रायः अक्करिलो तीर।