Dictionary

All Word

20051 गणेश ना. २. गण वा दलको मालिक।
20052 गणेश ना. ३. सेनापति; सेनाध्यक्ष।
20053 गणेश चतुर्थी ना. गणेशको व्रतका लागि उत्तम मानिएको भाद्र शुक्ल पक्षको र माघ कृष्ण पक्षको चतुर्थी ( भाद्र शुक्ल चौथीका दिन चन्द्रमा हेर्नु हुँदैन र हेरियो, देखियो भने अर्काको फलफूल बिमाख गरे दोषमुक्त होइन्छ भनेर चौथी हान्ने चलन छ।
20054 गणेश चौथी ना. गणेश-चतुर्थी।
20055 गणेश पुराण ना. गणेशको माहात्म्य वर्णन भएको एक पुराण।
20056 गणेश पूजा ना. जुनसुकै शुभ कार्यका प्रारम्भमा निर्विघ्न कार्यसमाप्तिको कामना गरी सिद्धिदाताका रूपमा गरिने गणेशको पूजा।
20057 गणेश हिमाल ना. नेपालको धादिङ जिल्लामा पर्ने ७,४०९ मिटर अग्लो, हिउँ नै हिउँले ढाकिएको एक पर्वतश्रेणी।
20058 गण्ड ना. १. मुखको दायाँबायाँ तथा आँखाका मन्तिर पर्ने दुई पाटा; गाला।
20059 गण्ड ना. २. हात्तीको कनपटी।
20060 गण्ड ना. ३. घाउ-खटिरो।
20061 गण्ड ना. ४. गाँड।
20062 गण्ड ना. ५. गैँडा।
20063 गण्ड ना. ६. आँख्लो; गाँठो।
20064 गण्डक ना. हे. गण्डकी।
20065 गण्डकी ना. १. नेपालको मध्यपश्चिम क्षेत्रमा बग्ने प्रसिद्ध नदी।
20066 गण्डकी ना. २. नेपालको पश्चिमाञ्चल विकासक्षेत्रमा पर्ने एक अञ्चल।
20067 गण्डदूर्वा ना. घोडेदुबो।
20068 गण्डमाला ना. घाँटीमा वरिपरि मालाका आकारको गाँठैगाँठा परेर आउने रोग; कण्ठमाला।
20069 गण्डस्थल ना. कपोल; गालाको पाटो; गाला।
20070 गण्डा ना. हे. गन्डा १।
20071 गण्डास्थि ना. गालाको माथिल्लो भाग र आँखाको तल्लो भागमा पर्ने हाड; गालाको हड्डी।
20072 गण्य वि. सामाजिक तथा नैतिक मर्यादामा प्रतिष्ठित; गणना गर्न लायक; गन्न योग्य।
20073 गण्यमान्य वि. १. समाजका विभिन्न आदर्श र प्रतिष्ठाले युक्त; गन्नु र मान्नुपर्ने; सम्मानित। ना.
20074 गण्यमान्य वि. २. सम्माननीय व्यक्ति।
20075 गत ना. १. दयनीय स्थिति; नजाती हालत; दुर्गति।
20076 गत ना. २. सङ्गीतशास्त्रका अनुसार विभिन्न रागरागिनीका निर्धारित स्वर वा लय बाजामा उतार्ने काम।
20077 गत वि. १. गइसकेको; हिँडेको; गएको।
20078 गत वि. २. समाप्त भएको; बितेको।
20079 गत वि. ३. जीवनबाट मुक्त भइसकेको; मरेको; मृत।
20080 गतागत ना. १. निरन्तर रूपमा हुने आवतजावत; आवागमन।
20081 गतागत ना. २. आध्यात्मिक अर्थमा संसारचक्रमा भइरहने आवागमन; जन्म-मरण। वि.
20082 गतागत ना. ३. आएगएको; आइ-जाइ गरेको।
20083 गताङ्क ना. १. पत्रपत्रिका आदिको गएकोपल्ट प्रकाशित भएको अङ्क; सन्दर्भमा आएको अङ्कभन्दा पहिलेको अङ्क; यसभन्दा अघिल्लो अङ्क।
20084 गताङ्क ना. २. गएको वा घटाइएको अङ्क (गणितमा)।
20085 गतानुगत ना. परम्परागत प्रथाको जस्ताको तस्तै पालन वा अनुसरण।
20086 गतानुगतिक वि. परम्परागत कुराका हित र अहितको छानबिन, तर्क, विश्लेषण र विचारका आधारमा नगरी अन्धानुसरण गर्ने; पुराना रीतिथितिको अन्धानुयायी; सोच- विचारविना अरूको पछि लाग्ने।
20087 गतार्थ वि. विदित भइसकेको विषय; आद्योपान्त खुलस्त र छर्लङ्ग भएको।
20088 गति ना. १. एक स्थिति, रूप आदिबाट अर्को स्थिति, रूपआदिसम्मको परिवर्तन वा एक ठाउँदेखि अर्को ठाउँसम्मको गमन; चाल; हिँडाइ; सराइ; वेग।
20089 गति ना. २. कुनै पनि वस्तु वा प्राणीको दशा; अवस्था।
20090 गति ना. ३. सम्भावित प्रयासको सीमा; क्षमता; शक्ति; तागत।
20091 गति ना. ४. जीवात्माले मृत्युपछि प्राप्त गर्ने अवस्था।
20092 गति ना. ५. मृतकको देहावसानपछि दाहसंस्कारदेखि लिएर दश दिनसम्मको काजक्रिया।
20093 गति ना. ६. ईश्वरीय स्वरूप; मोक्ष; मुक्ति।
20094 गति ना. ७. प्रवेश; पहुँच।
20095 गति ना. ८. मार्ग; बाटो।
20096 गति ना. ८. वास्तु तथा मूर्तिकलामा तिस अङ्गुल वा प्रादुर्भावको तीन गुणा बराबरको नापो (तिस इन्च); नाडी।
20097 गतिछाडा वि. १. आफ्नो इज्जत र मर्यादाअनुसार नचल्ने; गतिपति नभएको।
20098 गतिछाडा वि. २. काम गर्ने शक्ति भए पनि वास्ता नगर्ने वा हातखुट्टा नचलाउने; हुतीहारा।
20099 गतिजन्य वि. गतिबाट उत्पन्न भएको; गति जनाउने; गतिसम्बन्धी।
20100 गति न गरास ना. खाने- लाउने र बस्ने व्यवस्था नभएको स्थिति; अति दीनहीन वा दुर्बल अवस्था।