Dictionary

All Word

20151 गद्दर ना. २. फोहर; मैला। वि.
20152 गद्दर ना. ३. फोहरी।
20153 गद्दरपोस ना. गोडा पुछ्नका निम्ति ढोकामा बिछ्याइने सनपाट, नरिवल, तार आदिबाट बनेको खस्रो चकटी।
20154 गद्दा ना. रुवा, रबड आदिबाट बनेको नरम र बाक्लो बिछ्याउना; गद्दी।
20155 गद्दार वि. १. आपसी हक, हित र विश्वासमा आघात पुऱ्याउने; धोखेबाज, बेइमान।
20156 गद्दार वि. २. शान्ति र सुव्यवस्थामा हलचल ल्याउने वा उत्पात मच्चाउने; ठुलो विद्रोह वा आतङ्क गर्ने।
20157 गद्दारी ना. गद्दारको कार्य वा स्वभाव; बेइमानी; धोकाबाजी।
20158 गद्दी ना. १. राजसिंहासन; गादी।
20159 गद्दी ना. २. हात्तीका हौदामा बिछ्याइने आसन।
20160 गद्दी ना. ३. बाक्लो, नरम खालको बिछ्याउना; गद्दा; डसना।
20161 गद्दी नरसिंह/नसिन वि. सिंहासनमा आरोहण भएको; गद्दीमा बसेको।
20162 गद्दी बैठक ना. पहिले राजाको गद्दी रहेको हनुमान्ढोकास्थित बैठक; गादीबैठक।
20163 गद्दु ना. १. माउबाट छुट्टिने बेला नभएको भालुको बच्चो। वि.
20164 गद्दु ना. २. काम नलाग्ने; बेकम्मा; लद्दु।
20165 गद्य ना. काव्य वा साहित्यका संरचनात्मक शिल्प तथा शैलीविशेषका आधारमा विभाजित भेदमध्ये एक; छन्द र लयको औपचारिक बन्धनमा आधारित नभएको भेद।
20166 गद्य कविता ना. छन्द र लयको औपचारिकताविना अभिव्यक्तिमा कवितात्मक तत्त्व भरिएको रचना; छन्दमुक्त कविता।
20167 गद्य काव्य ना. छन्दमा नबाँधिई गद्यमा नै कवितात्मक तत्त्व भरिएको स्वतन्त्र वा मुक्त रूपमा रचित काव्य।
20168 गद्यात्मक वि. गद्यका रूपमा लेखिएको; गद्यसम्बन्धी; गद्यप्रधान।
20169 गद्यात्मकता ना. गद्यात्मक हुनाको भाव, क्रिया वा स्थिति।
20170 गद्ऱ्याकगुद्रुक क्रि.वि. १. मानिस वा अन्य प्राणीका चालचुल वा भिडन्तबाट झैँ आवाज उत्पन्न हुने किसिमले। ना.
20171 गद्ऱ्याकगुद्रुक क्रि.वि. २. सानोतिनो मालसामान; जेतेमेते; खत्र्याकखुत्रुक।
20172 गधा ना. १. घोडाका जातिको तर घोडाभन्दा सानो र प्रायः खैरो रङको हुने, भारी बोक्ने काममा लगाइने, स्तनपायीवर्गको पाल्तु जनावर।
20173 गधा ना. २. बुद्धि र विवेकहीन मान्छेलाई गाली गर्दा प्रयोग गरिने शब्द।
20174 गधापच्चिसी ना. उमेरका दृष्टिले जवान भएको तर विवेक र बुद्धिका दृष्टिले प्रौढता आइनसकेको अवस्था; सोह्र वर्षमाथि र पच्चीस वर्षमुनिको, चञ्चलता, अस्थिरता र उच्छृङ्खलताको सम्भावना भएको अवस्था। (उदा.- अहिले उसले गधापच्चीसी नै पार गरेको छैन, जे मन लाग्यो त्यही गर्छ)।
20175 गन्नु स.क्रि. १. कुनै पनि वस्तुको सङ्ख्या वा परिमाण निकाल्नु; गन्ती गर्नु; हिसाब गर्नु।
20176 गन्नु स.क्रि. २. श्रेणी वा स्तरमा स्विकार्नु; मान्नु।
20177 गन्नु स.क्रि. ३. आज्ञापालन गर्नु; टेर्नु।
20178 गनगन ना. मन्दस्वरमा झर्को लाग्ने गरी आउने बोली वा आवाज; त्यसरी बारम्बार गरिरहेको कुरो; कचकच; फतफत।
20179 गनगनाइ ना. गनगनाउने क्रिया वा प्रक्रिया।
20180 गनगनाइनु अ.क्रि. गनगन गरिनु; फतफताइनु।
20181 गनगनाउनु अ.क्रि. १. अलिअलि गरी झर्को लाग्ने पाराले कचकचाउनु; फतरफतर गर्नु।
20182 गनगनाउनु अ.क्रि. २. मनले खाएकासँग आफ्नो पिरमर्का र दुःखसुखका कुरा खोल्नु।
20183 गनगनाहट ना. गनगनाउने क्रियाप्रक्रिया, अवस्था वा चाल।
20184 गनगने वि. गनगन गर्ने; गनगनाउने।
20185 गनथन ना. हे. गन्थन।
20186 गनाइ ना. १. गन्ने भाव, क्रिया वा प्रक्रिया। [गनाउ+आइ]
20187 गनाइ ना. २. गनाउने भाव, क्रिया वा प्रक्रिया।
20188 गनाइनु क.क्रि. १. गन्ती गराइनु; गन्न लाइनु। अ.क्रि.
20189 गनाइनु क.क्रि. २. गण्यमान्य हुनु।
20190 गनाइनु क.क्रि. ३. दुर्गन्ध आइनु।
20191 गनाउनु प्रे.क्रि. गन्ती गराउनु; गन्न लाउनु।
20192 गनाउनु अ.क्रि. १. नराम्रो गन्ध आउनु; दुर्गन्ध फैलनु।
20193 गनाउनु अ.क्रि. २. बदनामी हुनु; बिङबिङाउनु।
20194 गनारी ना. पानी लाग्ने वा पुग्ने गहिरी खेत।
20195 गनिगनाउ ना. १. गन्नेवर्ने काम; गणना गर्ने काम।
20196 गनिगनाउ ना. २. मालसामानको किनबेच गर्दानगर्दै लिनेदिने काम; हाताहाती।
20197 गनिनु क.क्रि. १. गन्ती गरिनु; गणना गरिनु।
20198 गनिनु क.क्रि. २. गण्यमान्य होइनु; प्रख्यात बनिनु।
20199 गनिमत ना. थोरैमा पनि सन्तोष वा समाधान हुने कुरो; चित्तबुझाइ।
20200 गनी अव्य. गन्ने काम गरेर; गनेर।