Dictionary

All Word

20101 गति न पति ना. आफ्नो राम्रो अवस्था पनि नभएको र कोही रक्षक पनि नभएको स्थिति।
20102 गतिपति ना. अवस्था; हालत।
20103 गतिमति ना. अवस्था र बुद्धि; बुद्धि र परिस्थिति दुवैले साथ नदिएको हालत वा निर्धो अवस्था।
20104 गतिमय वि. निरन्तर चलिरहने; गति भएको; चलायमान्।
20105 गतिमान् वि. गति भएको; गतिशील; वेगवान्।
20106 गतिरहित वि. गति वा वेगहीन; गतिशीलताको अभाव भएको; निश्चल।
20107 गतिरोध ना. जुनसुकै कामकुराको क्रमिक गतिमा बाधा परेको अवस्था; गतिको व्यवधान; बाधा-अड्काउ।
20108 गतिलो वि . राम्रो भएको; असल; बेस; गहकिलो।
20109 गतिवाद ना. कुनै पनि पदार्थ वा वस्तुको गतिसम्बन्धी दर्शन वा सिद्धान्त; खगोल तथा भूगोलका विभिन्न वस्तुहरूको गतिसिद्धान्त।
20110 गतिविज्ञान ना. वस्तु वा पदार्थको गतिसम्बन्धी ज्ञान गराउने शास्त्र; गतिको वैज्ञानिक अध्ययन गराउने विद्या।
20111 गतिविधि ना. १. कुनै पनि व्यक्ति, कामकुरा आदिको व्यवस्था वा स्थिति; प्रकृतिका सम्पूर्ण पक्षमा हेरफेर भइरहने रङ्गढङ्ग।
20112 गतिविधि ना. २. चालचलन; हिँडाइचलाइ; हालचाल; चेष्टा।
20113 गतिशील वि. १. एकै ठाउँमा वा एउटै स्थितिमा सीमित नभई निरन्तर अगाडि लम्कने; हिँडडुल गर्ने; चल्ने; चलायमान।
20114 गतिशील वि. २. आफ्नो साथसाथै अरूलाई पनि सक्रिय बनाउन चेष्टा गर्ने; लक्ष्यमा अग्रसर हुने।
20115 गतिशील वि. ३. उन्नतिशील।
20116 गतिशील ऊर्जा ना. कुनै पनि वस्तुमा रहेको गतिबाट उत्पन्न भएको शक्ति; इन्धनशक्ति।
20117 गतिशीलता ना. गतिशील हुनाको भाव वा अवस्था।
20118 गतिशील नेतृत्व ना. सक्षम नेताद्वारा अवस्थाअनुकूल मोड लिँदै र परिष्कृत हुँदै जाने वा जनतालाई दिइने अग्रगामी तथा उचित पथ-प्रदर्शन।
20119 गतिहारा वि. १. जाँगरमरुवा।
20120 गतिहारा वि. २. गतिछाडा।
20121 गतिहीन ना. १. कुनै गति वा उपाय नभएको; रोकिएको वा अडिएको।
20122 गतिहीन ना. २. असहाय र दुःखी।
20123 गते ना. सूर्य एक राशिबाट अर्को राशिमा सरेको दिनलाई एक गते मानी त्यस राशिमा सूर्य रहुन्जेल बढ्दै जाने प्रत्येक दिन; मिति।
20124 गत्त वि. गएगुज्रेको; गति न पतिको; अवस्था बिग्रेको।
20125 गत्तम वि. गतिमति नभएको; गएगुज्रेको; रद्दी।
20126 गत्यवरोध ना. हे. गतिरोध।
20127 गथासो ना. धेरै कालदेखि मनमा गाढिएर बसेका सुखदुःख वा पीडामर्मको गन्थन; दुःखपुकारा; दुखेसो।
20128 गद ना. १. व्याधि; रोग।
20129 गद ना. २. विष; विषालु पदार्थ।
20130 गद ना. ३. पुराणका अनुसार कृष्णका एक भाइको नाम।
20131 गद ना. ४. अश्विनीकुमार।
20132 गद ना. लामा र ठुला पात हुने, घोगाका आकारका ठुला फूल फुल्ने र पहेँलो रङको कन्द हुने एक वन्य बुटी वा त्यसैको कन्द; मुरा।
20133 गदर ना. १. व्यक्ति, समाज वा राष्ट्रको परस्पर विद्रोह; विप्लव; उपद्रव।
20134 गदर ना. २. होहल्ला; खलबली।
20135 गदरा ना. ठुलो र फराकिलो डोरीवाल सुकुल; गजरा।
20136 गदरी वि. भर्खर हार पस्न लागेको वा कलिलो र दुधिलो मकै।
20137 गदा ना. १. विष्णुका चार भुजामध्ये एक भुजामा रहने हतियार।
20138 गदा ना. २. प्राचीनकालमा युद्धमा प्रयोग गरिने, टुप्पातिर धातु वा काठको ठुलो गाँठो भएको एक हतियार।
20139 गदाधर ना. विष्णु।
20140 गदालो ना. दौरासुरुवाल लगाउँदा दौराबाहिर लगाइने लुगा; कोट।
20141 गदाल्नु ना. नेपालको कर्णाली अञ्चलका लेकाली भेगतिर पाइने एक वन्य औषधी वा बुटी।
20142 गद्कनु अ.क्रि. आगो बालेर उमाल्दा भात, तरकारी आदि छड्कनु; गद्गद् गर्नु।
20143 गद्काइ ना. गद्कने क्रिया वा प्रक्रिया।
20144 गद्काइनु क.क्रि. गद्कने पारिनु।
20145 गद्काउनु स.क्रि. गद्कने पार्नु; छट्काउनु।
20146 गद्गद वि. १. कुनै प्राप्ति वा सफलतामा प्रसन्न भएको; हर्षित।
20147 गद्गद वि. २. हर्षले बोलेको वा भकभकाएको (बोली वा स्वर) ना.
20148 गद्गद वि. ३. आनन्द; हर्ष।
20149 गद्गद् क्रि.वि. बाक्लो वा लेदो पदार्थ छड्कने वा गद्कने चालमा।
20150 गद्दर ना. १. थलथल गर्ने हिलो; भास; धाप।