Dictionary

All Word

20201 गनीकिस्ता ना. १. ठेकदार वा व्यापारीले किस्ताबन्दीको रकम सबै पहिले नै बुझाउने काम।
20202 गनीकिस्ता ना. २. तोकिएको मितिमा बुझाउनुपर्ने वा चुक्ता गर्नुपर्ने किस्ता वा धनराशि।
20203 गनी महसुल ना. व्यापारी वा ठेकदारहरूले सालभरको कर, महसुल आदि पटकपटक नगरी एकै मुस्ट बुझाउनुपर्ने वा बुझाउने रकम; गनिगनाउ चुक्ता।
20204 गनोट ना. १. गन्ने काम; गणना; गन्ती।
20205 गनोट ना. २. गणितविद्या।
20206 गनौटो वि. १. एक-एक गरी गनिएको; गन्ती गरिएको। ना.
20207 गनौटो वि. २. गन्ने साधन; हिसाब गर्ने साधन; गणक।
20208 गन्ज ना. १. गारो वा भित्तोमा खोपैखोपा पारेर बनाइएको, परेवा पाल्ने काठको बाकस; परेवाको गुँड।
20209 गन्ज ना. २. कलम, कर्द, चकमक आदि घुसारेर राखिने खुकुरीको दापमा जडिएको थपुवा खण्ड।
20210 गन्ज ना. ३. नामका अन्तमा प्रत्ययका रूपमा लागेर बस्ती वा बजारको वाचक बन्ने शब्द; नगर; बजार (अमलेखगन्ज, महाराजगन्ज, नेपालगन्ज इ.)।
20211 गन्जागोल ना. १. स्थिति, गति, नीति, पद्धति आदिमा उत्पन्न हुने गडबडी; भद्रगोल; गज्याङगुजुङ।
20212 गन्जागोल ना. २. धेरै मानिस, मालसामान आदि जथाभाबी भएर एकै ठाउँमा छरिने स्थिति; छ्यासमिस।
20213 गन्जिफा ना. एक रङमा बाह्र पत्ती र आठ रङ हुने बाटुला आकारका तास वा छ्यान्नब्बे पत्ती हुने त्यसैको खेल।
20214 गन्जी ना. टाउको र हात छिराएर लाउनुपर्ने, धागोले बुनेको पेटे भोटोको रूपमा भित्री भागमा लगाइने लुगा।
20215 गन्जी ना. एक प्रकारको कन्द; सुठुनी; सखरखण्ड।
20216 गन्डा ना. देवताको प्रसादका रूपमा घाँटीमा माला लगाइने डोरो।
20217 गन्डा ना. १. पैसा, तौल आदिको गणना वा परिमाण बुझाउँदा चारको समूहलाई बुझाउने शब्द।
20218 गन्डा ना. २. मुद्राप्रणालीमा चार एकाइको समूह; आना।
20219 गन्डी वि. १. गन्डासम्बन्धी; गन्डाको (गन्डी हिसाब; गन्डी चाल इ.)। ना.
20220 गन्डी वि. २. चार तोलाको समूह; सेरको बिसौँ भाग बराबरको तौल।
20221 गन्डी वि. ३. गन्डा।
20222 गन्तव्य ना. १. गइने ठाउँ; जाने वा पुग्ने स्थान। वि.
20223 गन्तव्य ना. २. जान योग्य; जान उचित; जानुपर्ने।
20224 गन्ती ना. गणना गर्ने काम; गनाइ; गिन्ती।
20225 गन्थन ना. १. अनावश्यक वा बेप्रसङ्गको लामो कुरो; गनथन।
20226 गन्थन ना. २. दुःखसुख खोलेर गरिने बातचित।
20227 गन्थनाइ ना. गन्थन गर्ने भाव, क्रिया वा प्रक्रिया।
20228 गन्थनाइनु अ.क्रि. गन्थन गरिनु।
20229 गन्थनाउनु अ.क्रि. १. नचाहिने वा बेप्रसङ्गको लामो कुरा गर्नु।
20230 गन्थनाउनु अ.क्रि. २. सुखदुःखका गथासा व्यक्त गर्नु।
20231 गन्थने वि. नचाहिँदो लामो कुरा गर्ने; गन्थन गर्ने; गनगने।
20232 गन्दगी ना. फोहरमैला; घिनलाग्दो वा दूषित वस्तु।
20233 गन्दा वि. फोहरमैला भएको; घिनलाग्दो; दुर्गन्धपूर्ण।
20234 गन्ध ना. १. नाकद्वारा चाल पाउन सकिने, हावामा मिलेर फिँजिएको कुनै वस्तुका सूक्ष्मकणहरूको प्रसार; वासन; बास; महक; बास्ना।
20235 गन्ध ना. २. पञ्चमहाभूत (पृथ्वी, जल, तेज, वायु, आकाश) मध्ये पृथ्वीको गुण।
20236 गन्ध ना. ३. पञ्चतन्मात्रा (शब्द, स्पर्श, रूप, रस, गन्ध) मध्ये एक।
20237 गन्ध ना. ४. थोरै मात्रा; सारै थोरै अंश; लेश।
20238 गन्ध ना. ५. दुर्गन्ध; हरक।
20239 गन्ध ना. ६. कुनै कुराको साह्रै मसिनु रूपले वा लक्षणद्वारा मात्र भएको ज्ञान।
20240 गन्धक ना. बारुद आदि विष्फोटक पदार्थमा र कीटाणुनाशक विषालु औषधीमा प्रयोग हुने, तिखो हरक र पहेँलो रङ भएको एक खनिज पदार्थ वा उपधातु।
20241 गन्धकाकुली ना. मञ्जरीका रूपमा खैराखैरा फूल फुल्ने र एउटै भेट्नामा धेरै लामालामा पात हुने, गरम, त्रिदोषनाशक,विषनाशक र ज्वरनाशक गुण भएको आयुर्वेदिक बुटी।
20242 गन्धतॄण ना. बाबियाको जस्तै पात हुने र सानो सेतो रङको फूल फुल्ने सुगन्धी घाँस; तेलीबाबियो।
20243 गन्धद्रव्य ना. १. मिठो बास्ना चल्ने पदार्थ।
20244 गन्धद्रव्य ना. २. आफूमा रहेको सुगन्धले अन्य वस्तुलाई समेत सुगन्धित पार्ने वस्तु (श्रीखण्ड, कस्तूरी, केशर इ.)।
20245 गन्धराज ना. खुर्सानीफूल जस्तै लहरामा फुल्ने, हल्का रामतिलक जस्तै वा सेतो रङको हुने, मिठो बास्ना आउने एक जातको लाम्चो फूल।
20246 गन्धर्व ना. १. गाउने र बजाउने कलामा प्रवीण एक देवयोनि।
20247 गन्धर्व ना. २. गानबजान नै पेसा भएको एक जाति; गाइने।
20248 गन्धर्व नगर ना. १. महाभारतप्रसिद्ध गन्धर्वहरूको बस्ती वा राजधानी।
20249 गन्धर्व नगर ना. २. वायुमा आएको उष्णताको प्रभावले आकाशमा परेको प्रतिबिम्ब जलथलमा अनुबिम्बित हुन जाँदा देखिने सहर, ग्राम, जङ्गल आदिको दृश्य।
20250 गन्धर्व नगर ना. ३. काल्पनिक नगर; मिथ्यालोक।