Dictionary

All Word

20251 गन्धर्व नगर ना. ४. अवास्तविक वस्तुमा पनि हुने वास्तविकताको भान।
20252 गन्धर्व नगर ना. ५. चन्द्रमण्डल।
20253 गन्धर्व विद्या ना. गानबजानसम्बन्धी विद्या; सङ्गीतशास्त्र।
20254 गन्धर्व विवाह ना. हिन्दू धर्मशास्त्र (मनुस्मृति) का अनुसार आठ प्रकारका विवाहमध्ये आमाबाबुको अनुमति नलिई प्रेम भएका केटा र केटीका आफ्नै राजीखुसीले गरिने विवाह; प्रेमविवाह।
20255 गन्धर्व वेद ना. चार उपवेदमध्ये एक वेद; गन्धर्वविद्या; सङ्गीतशास्त्र।
20256 गन्धवह ना. १. हावा; वायु।
20257 गन्धवह ना. २. श्रीखण्ड; चन्दन। वि.
20258 गन्धवह ना. ३. गन्ध लैजाने; गन्धवाहक।
20259 गन्धवह ना. ४. सुगन्धित।
20260 गन्धाक्षत ना. १. चन्दन, अक्षता आदि पूजाका सरसामान।
20261 गन्धाक्षत ना. २. पूजासामानद्वारा देवता, ब्राह्मण आदिलाई टीका लगाइदिने काम।
20262 गन्धाक्षती ना. जनश्रुतिअनुसार विधवाका माइतीले दियोकलश पुजेर दिएको उत्तम जैसीमा गनिने सन्तान।
20263 गन्धालु वि. बास्ना आउने; बास्नादार; गन्धयुक्त।
20264 गन्धिक ना. हे. गान्धिक; गन्धी।
20265 गन्धिलो वि. गन्ध भएको; गन्धयुक्त।
20266 गन्धी वि. १. बास्ना आउने; गन्धयुक्त; सुवासित। ना.
20267 गन्धी वि. २. बास्नादार वस्तुको व्यापार गर्ने व्यक्ति।
20268 गन्धे वि. १. दुर्गन्धी; फोहरमैला भएको। ना.
20269 गन्धे वि. २. सार्की आदिलाई होच्याएर गाली गर्ने गरिएको शब्द। स्त्री. गन्धिनी; गन्धेनी।
20270 गन्धे वि. ३. पानका आकारका केही ठुला पात हुने, बिचमा पहेँला रङका घोगाजस्ता कर्णिकारमा सेता फूल र घोगाकै आकारका फल फल्ने, जरो, अरुचि, कफ तथा पित्तनाशक र पथ्य गुण भएको एक बुटी।
20271 गन्धे झार ना. १. सेता वा नीला रङका ससाना फूल फुल्ने एक किसिमको झार; गोब्रेझार।
20272 गन्धे झार ना. २. गनाउने झार।
20273 गन्नेमान्ने वि. समाजमा मर्यादित तथा प्रतिष्ठित; ठुलाठालू; भलाद्मी।
20274 गन्हाइ ना. गन्हाउने भाव, क्रिया वा प्रक्रिया।
20275 गन्हाइनु अ.क्रि. दुर्गन्ध आइनु।
20276 गन्हाउनु अ.क्रि. दुर्गन्ध आउनु; दुर्नाम चल्नु।
20277 गन्हाउने ना. गर्भवती आइमाईलाई हुने अरुचि; औसाने।
20278 गप्फड वि. महाको गफी; गफाडी।
20279 गप्फा ना. मुखमा नअटाएसम्मको ठुलो गाँस; गप्फू।
20280 गप्फु वि. ठुलो घाँटी भएको; गर्धने।
20281 गप्फू ना. हे. गप्फा।
20282 गप्फू वि. हे. गप्फु।
20283 गप्फ्याइ ना. गप्फ्याउने काम वा प्रक्रिया।
20284 गप्फ्याइनु क.क्रि. ठुलठुला गाँस हालेर खाइनु; गप्फा हालिनु।
20285 गप्फ्याउनु स.क्रि. ठुलो गाँस हालेर धमाधम खानु; गप्फा हसुर्नु।
20286 गफ ना. १. मन बहलाउन वा समयकटनीका लागि गरिने बातचित; खालि मनोरञ्जनको कुरा; गफगाफ।
20287 गफ ना. २. हुँदै नभएको कुरा; झुटो कुरा।
20288 गफ ना. ३. ठट्यौलो कुरा; हाँसखेलको कुरा।
20289 गफगाफ ना. १. उद्देश्यविनाको कुराकानी।
20290 गफगाफ ना. २. खालि हँस्यौली वा ठट्यौलीका कुरा।
20291 गफाडी वि. धेरै गफ गर्ने स्वभावको; गुड्डी हाँक्ने; गप्फड; गफी।
20292 गफलक्क क्रि.वि. खाँदा ठुलठुला गाँस हालेर अटाईनअटाई खाने गरी।
20293 गफलत ना. १. प्रमाद वा असावधानीबाट हुने गल्ती; भुलचुक।
20294 गफलत ना. २. बेपरवाही; बेहोसी।
20295 गफल्क्याइ ना. ठुलठुला गाँस हालेर खाने क्रिया वा किसिम।
20296 गफल्क्याइनु क.क्रि. गफलक्क खाइनु; एकै गप्फा पारिनु।
20297 गफल्क्याउनु स.क्रि. ठुलठुला गाँस हालेर एकदममै खानु; गप्फ्याउनु।
20298 गफसफ ना. हे. गफगाफ।
20299 गफागफ क्रि.वि. खाँदा गप्फाका गप्फा हालेर; कपाकप।
20300 गफाडी वि. हे. गफडी।