Dictionary

All Word

20301 गफास्ट/गफास्टक वि. १. भएनभएका कुरा जोडेर गफ छाँट्ने; गफी; गफाडी। ना.
20302 गफास्ट/गफास्टक वि. २. त्यस्ता धेरै कुराको समुदाय वा सङ्कलन।
20303 गफी वि. १. धेरै गफ गर्ने; गफडी।
20304 गफी वि. २. भएनभएका कुरा गर्ने खालको; फटाहा।
20305 गबडु वि. कुरकुरे बैँसको; भर्खर जवानी चढेको; पट्ठो।
20306 गबुल्लो वि. छाँट न काँटको; लठ्यौरो; हबुल्लो।
20307 गबुवा ना. गाईभैँसीको दुध दुहुने काठ वा बाँसबाट बनेको भाँडो; ढुङ्ग्रो; दुधेरो।
20308 गब्बू वि. हे. हब्बु।
20309 गब्रुङ ना. एक प्रकारको खाकी रङको कपडा।
20310 गब्रुवा वि. हल्का खालको खैरो; फुस्रो खैरो।
20311 गभर्नर ना. १. कुनै प्रान्त वा प्रदेशको शासक; प्रशासक।
20312 गभर्नर ना. २. राज्यपाल; क्षेत्रपाल।
20313 गभर्नर ना. ३. मौद्रिक नीति क्रियान्वित गर्ने तथा राष्ट्रबैङ्कको प्रशासन सञ्चालित गर्ने प्रमुख पदाधिकारी।
20314 गभारो ना. १. केरा, कर्कलो, मकै आदिका फेदमा रोगको रूपमा उब्जने सेतो रङको, गँड्यौलाजस्तो किरो।
20315 गभारो ना. २. त्यस्ता किराबाट उब्जने सो रोग।
20316 गभीर वि. १. गहिरो; गहकिलो; गम्भीर।
20317 गम्नु स.क्रि. १. कुनै काम कुरामा नहड्बडाई विचार गर्नु; धैर्यपूर्वक सोच्नु; मनन गर्नु।
20318 गम्नु स.क्रि. २. गौर गर्नु; सम्झनु; घोरिनु।
20319 गम ना. १. हिँड्ने काम; गमन।
20320 गम ना. २. प्रस्थान।
20321 गम ना. ३. बाटो; मार्ग।
20322 गम ना. ४. चाल; गति।
20323 गम ना. १. मनमा हुने गहिरो दुःख, शोक; मानसिक चिन्ता।
20324 गम ना. २. पछुताउ; फिक्री।
20325 गम ना. १. विचलित नभईकन गरिने विचार; धैर्यपूर्वकको सोचाइ; गौर।
20326 गम ना. २. प्रेम गर्दा प्रेमीप्रेमिकामा रहने गाम्भीर्य वा आन्तरिक विश्वास।
20327 गम ना. ३. भेउ; पत्तो।
20328 गमक वि. १. खबरको ओसारपसार गर्ने; सङ्केत गर्ने; सूचना दिने।
20329 गमक वि. २. सम्झाउने; कुनै कुराको स्मरण गराउने।
20330 गमक वि. ३. कुनै पनि वस्तुलाई हिँडाउने वा सञ्चालन गराउने; गति दिने। ना.
20331 गमक वि. ४. नगरा, मृदङ्ग, तबला आदि बाजाको गम्भीर ध्वनिप्रसार।
20332 गमक वि. ५. सङ्गीतमा आरोहअवरोहजस्ता तत्त्वका आधारमा एक स्वरबाट अर्को स्वरमा जाने रीति वा विभिन्न स्वरलाई स्पर्श गर्दै जाने गति; सङ्गीतको स्वरप्रवाह।
20333 गमक ना. सुगन्ध; महक; बास्ना।
20334 गमक्क क्रि.वि. गम्कने वा गज्कने चालले; गजक्क।
20335 गम खानु टु. पर्खेर वा गौर गरेर विचार गर्नु।
20336 गमगिर ना. सानो खाल्टो बनाएर त्यहीँ बसी गिर्राले हिर्काइने र छोप्तै गरी खेलिने भकुन्डाको एक खेल।
20337 गमडी ना. बाला नलागी दुम्सीकाँडे भई गुभैमा फल्ने अग्तिया धान।
20338 गमन ना. १. एक ठाउँबाट अर्को ठाउँ पुगुन्जेलको यात्रा; त्यस्तो यात्रामा प्रस्थान गर्ने काम; हिँडाइ।
20339 गमन ना. २. कुनै ठाउँमा पुग्ने वा जाने काम।
20340 गमन ना. ३. कसैमाथिको हमला; आक्रमण।
20341 गमन ना. ४. स्त्रीसँगको सहवास; रतिक्रीडा; सम्भोग।
20342 गमनागमन ना. जाने र आउने काम; आवतजावत; आइजाइ।
20343 गमनीय वि. गमन गर्न उचित; जान लायक; जानुपर्ने।
20344 गम पाउनु टु. कुनै कुराको सुइँको वा अन्त पाउनु।
20345 गमर्को ना. १. हातको पसरमा वा अँजुलीमा अटाएसम्मको अन्न, पैसा आदिको परिमाण; हातले उभाउन सकेजति वस्तु।
20346 गमर्को ना. २. मुखमा अटाएसम्मको गाँस वा अँगालाले भ्याएसम्मको अँठ्‌याइ।
20347 गमर्को ना. ३. जाडो आदिले वा स्वेच्छाले गँगटो झैँ भएको हात आदिको मुद्रा।
20348 गमर्क्याइ ना. गमर्क्याउने क्रिया वा प्रक्रिया।
20349 गमर्क्याइनु क.क्रि. गमर्कोमा अटाएसम्म झिकिनु।
20350 गमर्क्याउनु स.क्रि. १. हातमा अटाएसम्म मुठ्याउनु; मुठी वा अँजुलीमा अटाईनअटाई झिक्नु।