Dictionary

All Word

20451 गरी ना. १. नरिवलको भित्री भागमा रहेको नरम गुदी; मसलाका रूपमा वा त्यसै खाइने त्यही गुदीका टुक्रा।
20452 गरीब ना. हे. गरिब।
20453 गरुड ना. १. गिद्धका जातिको ठुलो पक्षीविशेष, कश्यपपत्नी विनताको पुत्र।
20454 गरुड ना. २. विष्णुको वाहन।
20455 गरुडध्वज ना. १. विष्णु।
20456 गरुडध्वज ना. २. प्राचीन कालमा बनेका स्तम्भमा रहेको गरुडको आकृति।
20457 गरुड पुराण ना. नरकको बयान तथा प्रेतकर्मको विधान आदि वर्णन भएको महापुराण; अठार पुराणमध्ये एक।
20458 गरुडसिंह ना. गरुडका ढाँचाको मुख र सिंहका ढाँचाको शरीर हुने कल्पना गरिएको एक प्राणी।
20459 गरो ना. पानी जमाएर धान रोप्न डिलमा आली लगाई बनाइने खेतका अलग-अलग भाग; फोगटो।
20460 गर्खा ना. जिल्लाअन्तर्गतका गाउँ वा मौजाहरूको समुदाय (दिव्य.); गाउँहरूको समष्टिगत एकाइ।
20461 गर्खिनु अ.क्रि. एकै ठाउँमा झुरुम्म हुनु; थुप्रिनु।
20462 गर्ख्याइ ना. गर्खिने क्रिया वा प्रक्रिया।
20463 गर्ख्याइनु क.क्रि. एकै ठाउँमा थुप्य्राइनु।
20464 गर्ख्याउनु प्रे.क्रि. एकै ठाउँमा भेला पार्नु; झुरुम्म पार्नु; एकै ठाउँमा थुप्य्राउनु।
20465 गर्ख्याहट ना. गर्खिने काम वा अवस्था।
20466 गर्ग ना. १. अङ्गिरस भरद्वाजका वंशज र वैदिक मन्त्रद्रष्टा एक ऋषि।
20467 गर्ग ना. २. ज्योतिषशास्त्रका एक प्राचीन आचार्य; गर्गसंहिताका स्रष्टा।
20468 गर्ग ना. ३. गोत्रप्रवर्तक एक ऋषि।
20469 गर्ग गोत्र ना. गर्ग ऋषिको कुल वा वंशको परिचयात्मक नाम; बाँस्तोला, गजुरेल, भट्ट, रिसाल, लामिछाने आदि थर हुनेहरूको गोत्र।
20470 गर्गर ना. १. एक किसिमको पुरानो बाजा।
20471 गर्गर ना. २. एक प्रकारको माछा।
20472 गर्गर ना. ३. भुमरी; आवर्त।
20473 गर्गर ना. ४. गाग्रो।
20474 गर्गरी ना. १. दही जमाउने ठेको; मदानी; मन्थनी।
20475 गर्गरी ना. २. गाग्री; घैटो; घल्चा।
20476 गर्चो वि. होचो हुनाका साथै खास गरी घाँटी छोटो भएको; पुड्को; ग्वाँचे।
20477 गर्जनु अ.क्रि. १. रिस, घमन्ड, धमास आदिले ठुलो स्वरमा कराउनु।
20478 गर्जनु अ.क्रि. २. हकारपकार गर्नु; गड्कनु; कुर्लनु।
20479 गर्जनु अ.क्रि. ३. गड्याङगुडुङ गर्नु; मेघ कराउनु।
20480 गर्जनु अ.क्रि. ४. बाघ कराउनु।
20481 गर्ज ना. खाँचो; आवश्यकता; अभाव; हर्जा।
20482 गर्जक वि. ठुलो स्वरले बोल्ने; गड्याङगुडुङ गर्ने; गर्जने।
20483 गर्जगुमान ना. अभिमान; सेखी।
20484 गर्जन/गर्जना ना. १. ठुलो स्वरले कराउँदाको ध्वनि, गर्जंदाको शब्द; गर्जाइ।
20485 गर्जन/गर्जना ना. २. मेघको गड्याङगुडुङ।
20486 गर्जन/गर्जना ना. ३. हप्की; खप्की; झपाराइ।
20487 गर्जन/गर्जना तर्जन ना. हप्कीदप्की; धम्कीधमास; हकारपकार।
20488 गर्जने वि. १. गर्जन गर्ने।
20489 गर्जने चालिसा ना. दक्षिण गोलार्द्धमा ४०° अक्षांशदेखि ६०° अक्षांशसम्मको भागमा जोडसँग बहने प्रबल पश्चिमी वायु। गर्जने बाघले खाँदैन। गर्जने मेघ बर्संदैन (उखान)।
20490 गर्जाइ गर्जने काम वा प्रक्रिया।
20491 गर्जिनु अ.क्रि. १. गर्जना गरिनु।
20492 गर्जिनु अ.क्रि. २. गर्जनु।
20493 गर्जित वि. गर्जना गरिएको; गर्जेको।
20494 गर्त ना. सतहभन्दा धेरै गहिरो ठाउँ; खाल्टो; खाडल। (उदा.- काढी तरक्क पसिना दिनरात डोको, बोके पनि उदर- गर्त रहन्छ भोको। - लेखनाथ)।
20495 गर्दन ना. पिठ्यूँदेखि माथि र घुच्चुकदेखि तल रहेको घाँटीको पछिल्तिरको भाग; शरीर र टाउकालाई जोड्ने भाग।
20496 गर्दनी ना. गर्दनमा समातेर हुत्याउने काम; गलहत्ती; घोक्रेछुत्ती।
20497 गर्दने वि. ठुलो, मोटो र नसुहाउँदो गर्दन हुने (निन्दा वा गालीमा)।
20498 गर्दन्याइ ना. गर्दन्याउने भाव, क्रिया वा प्रक्रिया।
20499 गर्दन्याइनु क.क्रि. गलहत्ती लगाइनु; घोक्य्राइनु।
20500 गर्दन्याउनु प्रे. क्रि. गर्दनमा समातेर हुत्याउनु; गलहत्ती लगाउनु; घोक्य्राउनु।