Dictionary

All Word

20601 गलगाँठो ना. १. घाँटीमा कुनै पनि भागमा निस्किएको खटिरो।
20602 गलगाँठो ना. २. घाँटीमा फेरो पुग्ने ठाउँमा पारिएको गाँठो।
20603 गलगाँड ना. १. गलाको गाँड; गलगण्ड।
20604 गलगाँड ना. २. वरिपरि भन्ट्याङभुन्टुङ केटाकेटी आदिको घेरो।
20605 गलगिज्ज/गलगिद्ध क्रि.वि. घाँटी टन्न हुने गरी खाने चालसँग; कोची-कोची वा अटेसमटेस होउन्जेल खाने गरी।
20606 गलगौँडी ना. झ्याप्प परेको बोट हुने, सानो केराउका दानाजत्रा राता रङका फल फल्ने एक प्रकारको वनस्पति वा त्यसैको फल।
20607 गलग्रह ना. १. कफ बढेर सास फेर्न असजिलो पार्ने घाँटीको एक रोग।
20608 गलग्रह ना. २. घोक्रेछुत्ती लाउने वा गलहत्त्याउने काम; टिप्पा।
20609 गलग्रह ना. ३. ज्योतिषशास्त्रअनुसार कृष्णपक्षका प्रतिपदा, चतुर्थी, सप्तमी, अष्टमी, नवमी र अमावस्या तिथि।
20610 गलग्रह ना. ४. मुस्किलले मात्र पन्छाउन सकिने दुःख।
20611 गलघण्ट ना. १. पशुको गलामा झुन्ड्याइने घण्ट; घाँडो।
20612 गलघण्ट ना. २. करबलले मात्र बेहोर्नुपरेको त्यस्तै दुःख; छोड्न पनि नसकिने र लिन पनि मन नहुने झ्याउलो।
20613 गलचेप ना. १. गला च्याप्ने वा अँठ्‌याउने उपकरण (मुसा मार्ने चेपुवा, जङ्गली पशु समाउने पासो, हात्ती बाँध्ने साङ्लो इ.)।
20614 गलचेप ना. २. गला रेट्ने काम; जबरजस्ती; करकाप।
20615 गलजिब्री ना. श्वासनलीको मुखलाई खानेकुरा खाँदा बन्द र सास फेर्दा खुला गर्दा सर्किने सम्भावनाबाट जोगाउने मासुको लुर्कन।
20616 गलत वि. १. ठिक नभएको; बेठिक; अनुचित; गल्ती।
20617 गलत वि. २. झुटो; असत्य; मिथ्या ( कुरा, भनाइ, लिखत आदि)।
20618 गलत वि. ३. अशुद्ध।
20619 गलतफहमी ना. १. नभएको वा अपत्यारिलो हल्ला; होहल्ला।
20620 गलतफहमी ना. २. झुक्यान; भ्रम।
20621 गलती ना. हे. गल्ती।
20622 गलथना ना. छाँद्ने क्रममा घोडाको थुतुनामा लगाइने छालाको साज।
20623 गलन ना. १. चुहुने काम; चुहाइ।
20624 गलन ना. २. खस्ने वा गिर्ने काम।
20625 गलन ना. ३. ग्लानि; गलाइ।
20626 गलन्ज्या ना. आइमाईले तल्लो जातसँग पोइल गएर वा सहवास गरेर रहेको गर्भ।
20627 गलन्तिका/गलन्ती ना. १. सानो झारी; कमण्डलु।
20628 गलन्तिका/गलन्ती ना. २. जलपात्र; जलहरी।
20629 गलपासो ना. १. गलाको पासो; घाँटीको डोरी।
20630 गलपासो ना. २. पशुहरूलाई बाँध्न गलामा कसिने पासो।
20631 गलपासो ना. ३. आत्महत्या गर्न झुन्डिने डोरी।४. गलफन्दी।
20632 गलपासो ना. ५. झन्झटलाग्दो गरी गर्नुपर्ने कुनै काम-कुरो।
20633 गलफती / गलफदी ना. हे. गलबदी।
20634 गलफन्दी ना. सजाय दिन अपराधीका गलामा भिराइने फलामे बन्धन; गलपासो।
20635 गलफाँसी ना. गलपासो; घटेसी।
20636 गलफुले ना. १. चम्सुरका जस्ता पात हुने, बिचमा गाँठैगाँठाको झाम्टो परेको, गाईबस्तुले खाएमा गला फुल्ने एक प्रकारको भुइँझार।
20637 गलफुले ना. २. गलफुलो।
20638 गलफुलो ना. च्यापु सुनिने वा घाँटी फुलेर फुकुन्डो आउने रोग।
20639 गलबदी ना. चाहिँदा- नचाहिँदा कुरामा गरिने बहस; निधोमा पुग्न नसकी धेरै जनाले कुरो काटाकाट मात्रै गरेको खैलाबैला; गलफती; गलफदी।
20640 गलबन्द ना. गलबन्दी।
20641 गलबन्दी ना. प्रायः जाडोबाट बच्न गलामा बेरिने वस्त्र; मफलर।
20642 गलबा ना. हुलदङ्गा; दङ्गा-फसाद; विद्रोह; हल्ला।
20643 गलमगाँठो ना. बस्तुभाउ बाँध्दा गलामा सुर्काउनी पर्नबाट जोगाउने दाम्लाको गाँठो।
20644 गलमुद्रा ना. शिवजीलाई प्रसन्न गराउन पूजा गर्दा डमरुको आवाज निकाली गाला बजाउने मुद्रा।
20645 गलल्ल क्रि.वि. खित्का छोडेर धेरै जना हाँस्ने गरी।
20646 गलसेरा वि. १. गलो सेर्ने वा रेट्ने।
20647 गलसेरा वि. २. दीनदुःखीलाई सताउने; गरिबमारा।
20648 गलस्तन ना. बाख्राका गलामा झुन्डिने थुनजस्ता मासुका लुर्का।
20649 गलस्तनी ना. गलामा मासुका लुर्का झुन्डिएको वा चारकाने बाख्रो।
20650 गलहत्ती ना. अँठ्याएर हुत्त्याउने वा पछार्ने काम; घोक्रेछुत्ती; गर्दनी।