Dictionary

All Word

20751 गहते डाँडो/पाखो ना. गहत मात्र उब्जने जग्गा-जमिन; रुखो पाखो।
20752 गहन वि. १. गहिराइ छिटै थाहा नपाइने; गहिरो; गम्भीर।
20753 गहन वि. २. बाक्लो; सघन।
20754 गहन वि. ३. पुग्न नसकिने; दुर्गम; अगम्य।
20755 गहन वि. ४. मुस्किलसँग मात्र बुझिने; दुर्बोध्य; क्लिष्ट।
20756 गहन वि. ५. आदि र अन्तको पहिचान गर्न कठिन; रहस्यमय।
20757 गहनता ना. १. गहन हुनाको भाव वा अवस्था; गहिराइ; गम्भीरता।
20758 गहनता ना. २. दुर्गमता।
20759 गहना ना. १. सुन-चाँदी आदिबाट बनाइने सिँगारपटारका साधन; शरीर वा व्यक्तित्वको बाह्य शोभा बढाउनका लागि शरीरका नाक, कान, घाँटी आदि विभिन्न भागमा लगाइने वा पहिरिने तिनै वस्तु; अलङ्कार।
20760 गहना ना. २. शोभा दिने र बाह्य इज्जत बढाउने किसिमका कुरा वा गुण। (उदा.- चरित्र नै मान्छेको सबभन्दा ठुलो गहना हो।
20761 गहनागुरिया ना. गहनाहरूको समुदाय; गरगहना।
20762 गहनापात ना. गहनाहरूको समुदाय; गरगहना।
20763 गहरी ना. गहिरो परेका ठाउँतिर बग्दै वा घिस्रिँदै जाने गरी खेल्ने केटाकेटीहरूको एक खेल।
20764 गहिराइ ना. १. गहिरो हुनाको भाव वा अवस्था; गहिरोपन; गाम्भीर्य; गम्भीरता।
20765 गहिराइ ना. २. उत्खनन आदि गर्ने क्रममा सङ्केत गरिएकोभन्दा तलको ठाउँ।
20766 गहिरिनु अ.क्रि. १. गहिरो हुनु।
20767 गहिरिनु अ.क्रि. २. भित्री तहसम्म पुग्नु।
20768 गहिरी वि. १. अलि-अलि गहिरो; थोरै गहिरो।
20769 गहिरी वि. २. आँत-भेउ पाउन नसकिने (स्त्री)।
20770 गहिरी वि. ३. गहिरो परेको जमिन; गलखेत; डोलखेत।
20771 गहिरो वि. १. वरिपरि अग्लो भई माझको भाग भासिएको वा गाडिएको; सतहभन्दा तलको।
20772 गहिरो वि. २. भित्रसम्म पुगेको (गहिरो घाउ, गहिरो चोट, गहिरो भनाइ इ.)।
20773 गहिरो वि. ३. सजिलैसँग बुझ्न नसकिने; भित्री अर्थ भएको।
20774 गहिरो वि. ४. आँत - भेउ पाउन गाह्रो वा पार लाउन नसकिने।
20775 गहिऱ्याइ ना. गहिऱ्याउने भाव, क्रिया वा प्रक्रिया।
20776 गहिऱ्याइनु क.क्रि. गहिरो पारिनु, गहिऱ्याउन लाइनु।
20777 गहिऱ्याउनु प्रे.क्रि. गहिरो पार्नु; गहिरिने तुल्याउनु।
20778 गहुँ ना. एकापट्टिको भाग केही गहिरो परेको र बिचमा छेउ-पुछार चिरा परेको हुने, सुनौला रङका गेडा भएको, सप्तधान्यमध्येको एक प्रसिद्ध अन्न।
20779 गहुँगोरो वि. गहुँको जस्तो वर्ण भएको; हल्का वा केही खैरो भाव देखिने रङ वा वर्णको (मानिस, अनुहार )।
20780 गहुँत ना. सूतक, आशौच आदिका शुद्धिकार्यमा प्रयोग गरिने र पवित्र मानिने गाईको मूत; पञ्चगव्य (गाईको दुध, दही, घिउ, गउँत र गोबर) - मध्ये एक।
20781 गह्रुँगो वि. हे. गह्रुङ्गो / गह्रु ङ्ङो।
20782 गह्रुकाइ ना. गह्रुकाउने भाव, क्रिया वा प्रक्रिया।
20783 गह्रुकाइनु अ.क्रि. गहुरको होइनु।
20784 गह्रुकाउनु अ.क्रि. काम गर्न अप्ठ्यारो मान्नु; अल्सी गर्नु; अल्साउनु।
20785 गह्रुको वि. भारी; गह्रौँ; गरुको। विप. हलुको।
20786 गह्रुङ्गो / गह्रुङ्ङो वि. बेसी वजन भएको; धेरै तौल भएको; उचाल्न गाह्रो पर्ने। विप. हलुङ्गो।
20787 गह्रौँ वि. १. गह्रुङ्गो। विप. हलौँ।
20788 गह्वर ना. १. बाहिरबाट केही थाहा नपाइने वा लुक्न-बस्न हुने गहिरो र अँध्यारो ठाउँ (ओढार, गुफा, सुरुङ, दुलो इ.)।
20789 गह्वर ना. २. झाडीले घेरिएको एकान्त स्थान; वन; लतागृह; कुञ्ज। वि.
20790 गह्वर ना. ३. जान गाह्रो पर्ने; दुर्गम; विषम।
20791 गह्वरी ना. गुफा; कन्दरा।
20792 गाँज्नु स.क्रि. १. छोप्नु; आफ्नो कब्जामा पार्नु।
20793 गाँज्नु स.क्रि. २. झम्टेर टिप्नु; च्याप्प पारेर अँठ्‌याउनु।
20794 गाँज्नु स.क्रि. ३. प्रभावमा पार्नु।
20795 गाँज ना. १. धान, कोदो, घाँस आदिको फेददेखि पलाएको एउटै बुटो; झाङिन सकेजति समूह।
20796 गाँज ना. २. अँगालाभरि वा मुठीभरि अटाएजति वस्तु।
20797 गाँज ना. ३. कागती र ज्यामिरको रस पकाएर चुक बनाउँदा उमालले किनारामा लगाउने फिँज।
20798 गाँजा ना. एउटै भेट्नुमा चार-पाँचवटा लामा-लामा पात लाग्ने, खैरो रङको झुरुप्प फूल फुल्ने, सिलामका जस्तै दाना फल्ने र मात लाग्ने एक झार; त्यसैको फल-पात सबै पिँधेर सर्बतमा हाली नशाका रूपमा प्रयोग गरिने, चरेस बनाउन छिप्प्याएर चोप भेला गरिने र सुर्ती वा कक्कडमा मिसाएर चिलिम, सुल्फा आदिबाट धुवाँ खाइने वस्तु; शिवबुटी; भाङ।
20799 गाँजिनु अ.क्रि. १. कुनै बोटबिरुवा हाँगाबिँगाले युक्त हुनु; झाङिनु; झाम्टिनु; मौलाउनु; फैलिनु।
20800 गाँजिनु अ.क्रि. २. धनसम्पत्ति, कुलकुटुम्ब आदिले परिपूर्ण हुँदै जानु; सम्पन्न हुनु।