Dictionary

All Word

20801 गाँजिनु क.क्रि. कुनै सङ्कटपूर्ण स्थिति वा समस्याले छोपिनु; ऐँचमा परिनु।
20802 गाँठ ना. १. धागो, सनपाट, कपडा आदि बाँधेको पूरा भारी; गठरी।
20803 गाँठ ना. २. मूल धन; सञ्चित पुँजी। वि.
20804 गाँठ ना. ३. गठरिएको; पुड्को; गान्टे।
20805 गाँठकोपी/ गोभी ना. माटामाथि सलगमको जस्तै गाँठो लाग्ने र तर्कारी खाइने काउलीका जातको डल्लो वस्तु वा त्यसैका मुन्टा।
20806 गाँठ न गुठी ना. दयनीय अवस्था वा केही नभएको स्थिति। (गाँठी न गुठी जरजरी उठी। - उखान)।
20807 गाँठा ना. १. शरीरमा भित्रभित्रै विकार पैदा भई भयङ्कर रूप लिँदै जाने असाध्य मानिएको खटिरो वा रोग; सइन-खटिरो; क्यान्सर।
20808 गाँठा ना. २. रहस्यका कुरा।
20809 गाँठागुँठी ना. सलक्क मिल्न नसकेर गठ्याङगुठुङ परेका वस्तु; सानाठुला धेरै गाँठा।
20810 गाँठिनु अ.क्रि. १. डोरी वा धागो आदि वस्तु गाँठो पर्नु।
20811 गाँठिनु अ.क्रि. २. वस्तु वा व्यक्तिहरू एकै ठाउँमा जोल्टिनु।
20812 गाँठी ना. १. कुनै काम वा समस्यालाई सुल्झाउन सहायक हुने उपाय; जुक्ति; तरिका।
20813 गाँठी ना. २. भित्री अभिप्राय; अभ्यन्तरको कुरो; कुराको मुख्य सार।
20814 गाँठी ना. ३. मूलधन; पुँजी।
20815 गाँठी ना. ४. अग्लोहोचो; सानोठुलो आदि शरीरको कद; जिउडाल।
20816 गाँठीकुरो ना. भन्न खोजेको मुख्य कुरो; भित्री सारभूत कुरो; मूल मर्म वा अभिप्राय।
20817 गाँठे वि.बो. कुनै प्रसङ्गमा उदेक, रउस आदिको भाव जनाउने शब्द। (उदा.- लालेले त पुतलीलाई बिहे नै गरिसकेछ, ए गाँठे ! नभन्दै गाँठे ! उसले पनि जागिर खाएछ !)।
20818 गाँठे वि. १. सलक्क नभई गाँठैगाँठा परेको।
20819 गाँठे वि. २. चाहिँदो मात्रामा बढ्न नसकेको; गान्टे; पुड्के।
20820 गाँठे काल्तोरी ना. मूला जस्तै जरामा फल्ने तर अलिक बाटुलो फल हुने तरकारी खाने एक जातको वनस्पति।
20821 गाँठेमूला ना. हे. गान्टेमूला।
20822 गाँठो ना. १. डोरी, धागो, सुतली आदि वस्तु नफुस्कोस् भनी मस्काउँदा वा आफैँ फेरो परेर हुने डल्लो; ग्रन्थि।
20823 गाँठो ना. २. गानु; डल्लो।
20824 गाँठो ना. ३. बाँस, उखुजस्ता हाँगा पलाउने जातका वस्तुहरूको आँख्लो।
20825 गाँठो ना. ४. अड्को; समस्या; रहस्य।
20826 गाँठो पर्नु टु. १. कुरो नमिल्नु; समस्या आइपर्नु।
20827 गाँठो पर्नु टु. २. मायाप्रीति बस्नु।
20828 गाँठोलुकाइ ना. रुमाल, पटुका वा डोरी गाँठो पारी सो गाँठो लुकाएर छकाउँदै खेलिने, केटाकेटीहरूको एक खेल।
20829 गाँड ना. १. रोगका कारणले विशेषतः आयोडिन नमिसिएको नुन वा दूषित पानीका प्रभावबाट घाँटीका नसाहरूमा पानी जमी मासु फुलेर आउने ठुलो डल्लो; गलगण्ड।
20830 गाँड ना. २. रुखहरूमा चोट लागेका ठाउँमा निस्कने गाँठो।
20831 गाँड ना. ३. सुपारी, कटहरजस्ता फलहरूको समुदाय वा तिनको गाँठो परेको भाग।
20832 गाँड ना. ४. एकै ठाउँ झुम्मिएका कमिला, मौरी, अरिङ्गाल आदिको गोलो वा समूह।
20833 गाँड कोराकोर ना. परस्परमा गर्दन अँठ्याउन खोज्ने अड्डी; परस्परको कचिङ्गलोले दुःखद रूप लिएको अवस्था।
20834 गाँडागर्चा वि. सलक्क नपरेका वा गान्टा र नसका (केटाकेटी र फलफूल)।
20835 गाँडी ना. स्त्रीजातिको जननेन्द्रिय; योनि; भग।
20836 गाँडीमुखे वि. योनिको जस्तो मुख भएको; रिसउठ्दो र मननपर्ने अनुहारको (अश्लील गालीमा हुने प्रयोग)।
20837 गाँडु ना. १. माउबाट छुट्ट्याउने अवस्थामा नपुगेको गधा; गधाको बच्चो। वि.
20838 गाँडु ना. २. सरसल्लाहमा मिल्न नसक्ने वा उचित रूपले काम गर्न नसक्ने; बेमेलको; काम नलाग्ने; रद्दी; चुत्थो।
20839 गाँडू हे. गाँडु।
20840 गाँडे वि. १. घाँटीमा गाँड निस्किएको; गाँड भएको; गँडाहा।
20841 गाँडे वि. २. नमिल्दो स्वभाव भएको; असुहाउँदिलो; अस्वाभाविक।
20842 गाँडे ऐँसेलु ना. १. पतिनाका जस्तै आकारको गाढा हरियो पात हुने, ऐँसेलुका छाँटको पाक्ता रातो र खाँदा टर्रो गुलियो स्वाद भएको फल फल्ने झार वा सोही झारको फल।
20843 गाँडे काग ना. १. प्रायः चार हजार फिटभन्दा उचाइमा बस्ने र एक हाँचमा हजारौँ भएर मकै आदि खान घुम्ने लेकाली काग।
20844 गाँडे काफल ना. १. गाँडे-ऐँसेलु।
20845 गाँडे प्रीति ना. १. नसुहाउँदो प्रेम; मुखले मात्र चेपारो पार्ने देखावटी प्रेम; चाउरे माया।
20846 गाँडे माला ना. १. जुनेलाका जस्ता आकारका तर निकै साना पात हुने रछानहुँदो उम्रने एक झार; केटाकेटीलाई छेरौटीको औषधीका रूपमा दाना छेडी माला लाइदिने चलन भएको त्यसैको फल; भिर्कौँले।
20847 गाँडो वि. १. घाँटीमा गाँड भएको; गँडाहा।२. मिलनसार नभएको;गाँडु।
20848 गाँडो वि. ३. कामै नलाग्ने; हलम्बु; लट्ठक।
20849 गाँती ना. चिसोबाट बच्नका लागि कान, घाँटी र टाउको छोप्ने गरी तीन चोसे पारी बनाइएको, गलबन्दीको काम दिने कपडा।
20850 गाँथ्नु स.क्रि. १. धागोमा फूल, पोते आदि उन्नु; माला आदि गाँस्नु