Dictionary

All Word

20851 गाँथ्नु स.क्रि. २. एकै झुत्तो बनाउनु; जोर्नु; झुन्ड्याउनु;जोल्ट्याउनु।
20852 गाँथिनु क.क्रि. माला आदि उनिनु; गाँसिनु।
20853 गाँवल ना. गाउँघर; छरछिमेक; गामल।
20854 गाँस्नु स.क्रि. १. कुनै दुई टुक्रा वस्तुलाई जोड्नु;मिलाउनु; टाँस्नु।२.लुगाफाटाको छेउ जोडेर सिउनु।
20855 गाँस्नु स.क्रि. ३. सिन्काले पात खुटेर दुना, बोहोता, टपरी आदि बनाउनु।
20856 गाँस्नु स.क्रि. ४. डोरी वा डोराको मुख जोडेर गाँठो बनाउनु।
20857 गाँस्नु स.क्रि. ५. पारस्परिक सम्बन्ध जोड्नु; निकट ल्याउनु।
20858 गाँस्नु स.क्रि. ६. गाँथ्नु; उन्नु।
20859 गाँस ना. १. दुई वस्तु वा टुक्राको जोड; गँसोट; जोडाइ।
20860 गाँस ना. २. त्यस्तो गाँसिएको वा जोडिएको ठाउँ; जोर्ती; जोर्नी।
20861 गाँस ना. एकपल्टमा मुखमा हाली खाइने खानेकुराको परिमाण; गप्फा।
20862 गाँस काट्नु टु. आफूले पूरा नखाएर पनि उमार्नु; अरूलाई खुवाउन आफूले थोरै खानु।
20863 गाँसगुँस ना. जोडजाड पार्ने काम; टुक्राटाक्री जोडेर एउटै गँसोट बनाउने काम।
20864 गाँस टुट्नु टु. पेट पाल्ने बाटो रोकिनु; खाने मेलो हराउनु।
20865 गाँसबास ना. खान र बस्न आवश्यक पर्ने कमाइ र घर; पेट पाल्न चाहिने खाद्यान्न र बास बस्न चाहिने घरको व्यवस्था।
20866 गाँसिनु क.क्रि. १. दुई अलग वस्तु परस्परमा जोडिनु; जोल्टिनु।
20867 गाँसिनु क.क्रि. २. आपसमा नङ र मासु झैँ मिल्नु; मेलमिलाप हुनु।
20868 गाँसे वि. १. गाँसिने किसिमको; गाँसिएको; गाँसिन आउने।
20869 गाँसे वि. २. अर्काले दिएको गाँसकै आडमा बाँच्ने; गाँसको आस गर्ने। (उदा.- आसेगाँसे सबै एकैनासे। - उखान )।
20870 गाँसो ना. गाँसिने वा गाँसिएको ठाउँ ; दुई वा दुईभन्दा बढी टुक्राको जोर्नी; जोडाइ।
20871 गाइँगुइँ ना. कुनै विषयको घुइरोघुइरो कुरा;नजानिँदो किसिमले भित्रभित्रै चलेको हल्ला।
20872 गाइनु क.क्रि. गाउने काम गरिनु; लययुक्त स्वरमा गीत, भजन आदि भनिनु; प्रशंसा गरिनु।
20873 गाइने ना. १. मुखैमुखमा नेपालको राष्ट्रिय गाथा सुरक्षित राखेर घरघर र गाउँगाउँ घुम्दै पेसागत रूपमा गीत गाएर जीविका गर्ने एक जाति।
20874 गाइने ना. २. गीत गाउन सिपालु व्यक्ति। स्त्री. गाइनेनी।
20875 गाइने किरो ना. रुखरुखमा उड्दै हिँड्ने फट्याङ्ग्रोका जातको एक किरो।
20876 गाई ना. स्थानभेदले विभिन्न छाँटका हुने,काँधमा जुरो र घाँटीमुनि माल भएको शाकाहारी तथा घरपाला प्रसिद्ध पशु; गौ।
20877 गाईकाने बराठ ना. गाईका जस्तै कान हुने एक किसिमको बराठ मृग।
20878 गाईको नहर वि. १. बचाउन पनि नसकिने र मार्न पनि नहुने। ना.
20879 गाईको नहर वि. २. साह्रै अप्ठेरो समस्या।
20880 गाईखुरे वि. १. परस्परमा गाईका खुर जस्तै भई नजोरिएको वा नमिलेको; मिलनसार नभएको; बेमेलको। ना.
20881 गाईखुरे वि. २. गाईका खुरमा लाग्ने एक रोग; खोऱ्याँत।
20882 गाईगाँठो ना. धार्मिक विधि वा संस्कारअनुसार जनैमा पारिने विशेष प्रकारको शिखा वा गाँठो।
20883 गाईगोडे वि. गाईका जस्तै गोडा भएको; केही घुमेको वा गोडा अगाडि फर्केको ('ग' अक्षर )।
20884 गाईजात्रा ना. १. भाद्रकृष्ण प्रतिपदाका दिन (जनैपूर्णिमाको भोलिपल्ट मनाइने, परिवारका कुनै सदस्यको मृत्यु भएका वर्ष मृतकको मुक्तिका उद्देश्यले गाईलाई सिँगारेर अथवा मान्छेलाई गाईको रूपमा सिँगारेर सहर परिक्रमा गराइने देशिक यात्रा; गोयात्रा।२. सोही अवसरमा मनोविनोदका रूपमा देखाइने हास्यव्यङ्ग्ययुक्त प्रदर्शन।
20885 गाईजात्रा ना. ३. बेइज्जती हुने खालको वा मर्यादा नभएको र अव्यवस्थित काम-कुरो।
20886 गाईजात्रे वि. १. छाँटकाँट, रङ्गढङ्ग केही नमिलेको; अव्यवस्थित भएको; रद्दी।२. गाईजात्रा गर्ने; गाईजात्रासम्बन्धी (गाईजात्रे पत्रिका, गाईजात्रे अङ्क आदि। )
20887 गाईजिभ्रे ना. १. मूलाजस्तो जरो वा कन्द हुने, पछिल्तिर टीकाटीका हुने र भाँच्दा दुध आउने लामा-लामा पात हुने भुइँझार।
20888 गाईजिभ्रे ना. २. गाईको जिभ्रो जस्तै खस्रा पात हुने, ठेकी- भाँडा मल्दा मैलो फाल्न प्रयोग गरिने र बस्तुलाई घाँस खुवाइने वनस्पतिविशेष; खाक्सी।
20889 गाईतियार ना. तिहारका पाँच दिनमध्ये तेस्रो दिनको चाड ; कात्तिक कृष्ण औँसीका दिन गाईलाई पुजिने र सायङ्कालमा लक्ष्मीको आह्वान गरिने उत्सव; लक्ष्मीपूजा; दीपमालिका; गाईतिहार।
20890 गाईतियारे ना. फुस्रो रङको झुसैझुस भएका लाम्चा पात हुने र पहेँला रङका मसिना फूल फुल्ने, गोवर्धन पूजामा गोबरको पर्वत प्रतिमा बनाएर त्यसैका वरिपरि लिङ्गाका रूपमा गाडिने एक झार; चित्लाङे; गाईतिहारे।
20891 गाईतिहार ना. गाईतियार; लक्ष्मीपूजा।
20892 गाईतिहारे गाईतियारे; चित्लाङे।
20893 गाईपाला वि. गाई पालेर जीविका गर्ने; धेरै गाई पाल्ने।
20894 गाईप्राणी/ प्रानी वि. मनमा कुनै पाप नभई सिधासाधा व्यवहार गर्ने; कसैको खती हुने काम नगर्ने; मनमा पापकपट नभएको र सुधो।
20895 गाईवस्तु ना. जीविका चलाउनका निम्ति घरमा पालिने गाई-भैँसी, भेडा-बाख्रा आदि पशुधन; गाई, भैँसी आदि पशुहरूको समुदाय।
20896 गाईमाई ना. १. विवेक राख्नुपर्ने सिधासाधा व्यक्ति; गाईप्राणी।
20897 गाईमाई ना. २. हेरचाह वा खातिर गर्नुपर्ने जनसमुदाय (आइमाई, केटाकेटी,माग्ने, साधु, सन्त, ब्राह्मण इ.)।
20898 गाउँ ना. नगरबाहिर रहेको ससानो बस्ती ; प्रायः कृषकहरूको बसोबास भएको थलो ग्राम।
20899 गाउँकोश गाउँको खरखाँचो टार्न वा विकासकार्यमा सघाउ पुऱ्याउनका निम्ति गाउँलेहरूबाट उब्जनी आयस्ताको केही प्रतिशत छुट्ट्याएर वा अन्य किसिमले सङ्कलित साझा ढुकुटी; धरमभकारी; धर्मढुकुटी।
20900 गाउँ खानु टु. १. गाउँखाने कथामा दिएको गाउँ लिनु।