Dictionary

All Word

20701 गल्थो सराइ ना. धान रोप्ने काम।
20702 गल्थ्याइ ना. गल्थ्याउने क्रिया वा प्रक्रिया।
20703 गल्थ्याइनु क.क्रि. गल्यो पारिनु; मुठो पारिनु।
20704 गल्थ्याउनु स.क्रि. अगाडि पर्ने फरियाको मुजा पटुकाले कसेर अँचेट्नु; गल्थो पार्नु; मुठा पार्नु।
20705 गल्प ना. १. विचारप्रधान वा भावपूर्ण घटनात्मक ससानो कहानी; छोटो कथा।
20706 गल्प ना. २. मिथ्या प्रलाप; गफ।
20707 गल्मट ना. पिँडालुको गाना काटेर दालमा मिसाइने चाना वा टुक्रा।
20708 गल्याँठो ना. काठ वा अरू कुनै वस्तुको छोटो गिँड; रुखमा वा मान्छेको शरीरमा निस्केको गाँठो वा गानु।
20709 गल्याकगुलुक क्रि.वि. फलफूल आदि पाकेर ज्यादै गल्ने किसिमले; फत्याकफुतुक।
20710 गल्याङमल्याङ क्रि.वि. हल्ला हुने वा खलबल हुने चालसँग; खल्याङमल्याङ।
20711 गल्ल क्रि.वि. खुसी वा खिसी व्यक्त गर्दा खित्का छाडेर हाँस्ने गरी।
20712 गल्ला ना. १. अन्नपात; धानचामल, मकै आदि अन्न; अनाज।
20713 गल्ला ना. २. खास गरी विदेशी सेनामा भर्ना गर्न भेला गरिएका युवकहरूको समूह (रङ्गरुट )।
20714 गल्ला ना. ३. खुत्रुके जस्तै तर खोल्ने, बन्द गर्ने गरिएको पसलेहरूको सानो बाकस।
20715 गल्लावाल ना. १. अन्नपातको बिक्री गर्ने व्यक्ति; अनाजको व्यापारी।
20716 गल्लावाल ना. २. सेनामा भर्ना गर्न रङ्गरुट जम्मा गरी लाने व्यक्ति।
20717 गल्ली ना. १. प्रायः सहरभित्रका घरहरूका पङ्क्तिबिचमा रहेको साँघुरो बाटो।
20718 गल्ली ना. २. सानो र नराम्रो बाटो।
20719 गवाइ ना. गाउने भाव, क्रिया वा प्रक्रिया।
20720 गवाइनु क.क्रि. गाउन लाइनु; गाउन प्रेरित गरिनु।
20721 गवाउनु प्रे.क्रि. गाउन लाउनु; गाउने पार्नु।
20722 गवाक्ष ना. आँखीझ्याल।
20723 गवाह ना. १. कुनै घटना जान्ने वा देख्ने व्यक्ति; कुनै विवरण वा घटनाको जानकारी राख्ने व्यक्ति।
20724 गवाह ना. २. कुनै वादविवादमा अड्डाअदालतसमक्ष आफूले जानेबुझेको कुरा बताएर प्रमाण दिने व्यक्ति; साक्षी।
20725 गवाही ना. १. देखेजानेका घटनाबारे दिइने बयान।
20726 गवाही ना. २. देवानी वा फौजदारी मुद्दामा अड्डाअदालतमा गएर गरिने बयान; साक्षी; प्रमाण।
20727 गवेषक वि. गवेषणा गर्ने; अन्वेषक; अनुसन्धानकर्ता।
20728 गवेषण ना. १. कुनै वस्तु वा विषयको यथार्थ तथ्य पत्ता लगाई गरिने विधिपूर्वकको अध्ययन - विश्लेषण; अनुसन्धान।
20729 गवेषण ना. २. हराएको वस्तु खोजेर पत्ता लगाउने काम; खोजी।
20730 गवेषणशाला ना. गवेषण वा अनुसन्धान गरिने ठाउँ वा घर।
20731 गवेषणा ना. गवेषण।
20732 गवेषी वि. कुनै विषयको गहिरो छानबिन गर्ने; खोजी गर्ने; अनुसन्धाता।
20733 गवैया ना. गीत वा राग गाउने व्यक्ति; गाउने मान्छे; गायक; वस्ताज।
20734 गव्य वि. १. गाईबाट प्राप्त हुने (दुध, दही, घिउ, गहुँत र गोबर)।
20735 गव्य वि. २. गाईभैँसीलाई खुवाइने (घाँस, भुस, कुँडो इ.)।
20736 गस्ती ना. १. ठाउँ-ठाउँको घुमफिर; भ्रमण।
20737 गस्ती ना. २. पहरा वा रखवारीका निम्तिको घुमाइ; कुनै क्षेत्रमा सुरक्षा कायम गर्न तथा असामान्य स्थितिको नियन्त्रण गर्न वा अन्य विशेष प्रयोजनका लागि खटिएको टोली वा व्यक्तिले सावधानीपूर्वक घुम्ने र रेखदेख गर्ने काम (गस्ती प्रहरी, गस्ती पुलिस आदि)।
20738 गह ना. आँखाको गेडी रहने खोपिल्टो वा आँसु भरिएर डबडबाउने त्यसैको डिलडिलसम्मको ठाउँ।
20739 गह ना. प्रायः टोपी सिउन प्रयोग गरिने एक प्रकारको कालो खुटुवा कपडा।
20740 गहक ना. गहकिलोपन; वजन; तौल।
20741 गहकिलो वि. १. खँदिलो भईकन महत्त्वपूर्ण; गहक भएको; वजनदार।
20742 गहकिलो वि. २. सार वा तत्त्व भएको; राम्रो र गतिलो।
20743 गहत ना. एकै भेट्नामा फुस्रा तीन पात हुने, पहेँला फूल फुल्ने र लाम्चा कोसा लाग्ने, दाल- जातको लहरो वा त्यसैको कोसामा फल्ने सेतो, रातो र कालो तीन जातको हुने चेप्टो आकार भएको गेडादार अन्न।
20744 गहते वि . १. गहतका रङको; गहतजस्तो वर्ण भएको।
20745 गहते वि . २. पाखे; असभ्य।
20746 गहते वि . ३. पेटभरि खान नपुग्ने; आर्थिक अवस्था कमजोर भएको। ना.
20747 गहते वि . ४. गहत जस्तै बोट हुने तर फल नलाग्ने एक जातको वनस्पति (घाँस)।
20748 गहते काठो ना. गहत खाएर निर्वाह गर्ने बाहुन; दुःखी बाहुन (निन्दार्थमा)।
20749 गहते किरो ना. गर्मीमा फैलने रक्तजीवी किरो; उडुस।
20750 गहते जाउलो ना. गहत मिसाएर बनाइने जाउलो।