Dictionary

All Word

20551 गर्भिणी ना. गर्भवती स्त्री; दोजिया।
20552 गर्भित वि. १. गर्भ भएको; गर्भयुक्त।
20553 गर्भित वि. २. भरिएको; भित्र रहेको; गाभिएको।
20554 गर्भितता ना. मूल वाक्यको पेटभित्र दोस्रो वाक्य पर्दा हुने काव्यको एक दोष।
20555 गर्भे वि. १. गर्भसम्बन्धी; गर्भको।
20556 गर्भे वि. २. गर्भमा रहेको।
20557 गर्भेउलो वि. गर्भैदेखिको; गर्भैमा आएको।
20558 गर्भे उन ना. भेडा आदिको गर्भैदेखि आएको ऊन; सानो पाठोलाई पहिलो पटक मुडेर प्राप्त गरिएको नरम उच्चस्तरको ऊन।
20559 गर्भे टुहुरो ना. गर्भमा छँदै बाबु मरेको बालक। स्त्री. गर्भेटुहुरी।
20560 गर्भे हिलो ना. धान रोपाइँ गर्न हिल्याईवरी तयार पारिएको रात रहेको हिलो।
20561 गर्माइ ना. गर्माउने भाव, क्रिया वा प्रक्रिया।
20562 गर्माइनु क.क्रि. १. गरम पारिनु; तातो गराइनु। अ.क्रि.
20563 गर्माइनु क.क्रि. २. तातो होइनु; तातिनु।
20564 गर्माउनु स.क्रि. १. गरम पार्नु; तातो गराउनु; न्यानो पार्नु। अ.क्रि.
20565 गर्माउनु स.क्रि. २. रिसले चुर हुनु; रिसाउनु; जोसमा आउनु; तात्नु।
20566 गर्माहट ना. गर्माउने काम, अवस्था वा स्थिति; गर्मी; उष्णता।
20567 गर्मी ना. १. तातोपन; पोल्ने स्थिति; उष्णता।
20568 गर्मी ना. २. गरम हुने ऋतु; घाम चर्किने समय; ग्रीष्म ऋतु।
20569 गर्मी ना. ३. रन्कने वा जोसिने स्थिति वा आवेग; रिस; क्रोध।
20570 गर्मी ना. ४. भिरिङ्गी रोग।
20571 गर्ल्यामगुर्लुम क्रि.वि. पूरै भत्किने वा लड्ने किसिमले (रुख, घर, पर्खाल, डाँडो इ.)।
20572 गर्व ना. १. कुनै ठुलो कामकुरा, वस्तु, व्यक्ति आदिसित सम्बन्धित औचित्यपूर्ण अहंभावना।
20573 गर्व ना. २. मै जान्नेसुन्ने हुँ भन्ने घमन्ड; अभिमान; सेखी; अहमत्याइँ।
20574 गर्वित वि. गर्व गर्ने; घमन्डी; सेखीवाल।
20575 गर्विता वि. आफ्नो रूप, उमेर, गुण आदिको घमन्ड भएकी (स्त्री)।
20576 गर्वी वि. गर्व गर्ने; अभिमानी; घमन्डी।
20577 गर्हण ना. १. गिराउने व्यवहार; निन्दा; हेला।
20578 गर्हण ना. २. छिद्रान्वेषण गरेर दोष फेला पारी निन्दा र फलाको गरिने भरतनाट्यपरम्पराका नाटकअन्तर्गत रहने छत्तीस लक्षणहरूमध्येको एक लक्षण।
20579 गर्हणीय वि. निन्दा गर्न योग्य; निन्दनीय।
20580 गर्हित वि. निन्दा गरिएको; निन्दित।
20581 गर्ह्य वि. निन्दा गर्न योग्य; निन्दनीय; निन्द्य।
20582 गल्नु अ.क्रि. १. थकित हुनु; थाक्नु; कडा परिश्रमपछि शारीरिक थकान बढ्नु।
20583 गल्नु अ.क्रि. २. पाकेर गलक्क हुनु; नरम हुनु।
20584 गल्नु अ.क्रि. ३. अपराध सकारी कायल हुनु; लाचार हुनु।
20585 गल्नु अ.क्रि. ४. अर्काका अघिल्तिर आफ्नो कमजोरी स्विकार्नु; लत्रनु; झुक्नु।
20586 गल्नु अ.क्रि. ५. दुब्लाउनु; खर्ल्याकखुर्लुक हुनु।
20587 गल्नु अ.क्रि. ६. आफ्नो टेक लिन असमर्थ हुनु।
20588 गल्नु अ.क्रि. ७. निर्धन हुनु; गरिब हुनु।
20589 गल वि. डोल वा गहिरी परेको र कुलोपानी लाग्ने; अव्वल (खेत)।
20590 गल ना. कुनै गह्रुङ्गो वस्तुलाई पल्टाउने वा उप्काउने फलाम वा काठ, बाँस आदिको दह्रो डन्डी।
20591 गल ना. १. गला; घाँटी, कण्ठ।
20592 गल ना. २. घाँटीको भित्रपट्टिको भाग।
20593 गलकट्टा वि. १. घाँटी काट्ने; गलो रेट्ने; घिच्रो सेर्ने।
20594 गलकट्टा वि. २. निर्धाको रगत चुस्ने; शोषक; घातक।
20595 गल कट्नु / कट्नो वि. गलकट्टा।
20596 गलकम्बल ना. गाईगोरुका घाँटीमा तलदेखि माथिसम्म झुन्डिएको लुर्कने छाला; माला।
20597 गलकोट ना. नेपालको धौलागिरि अञ्चलअन्तर्गत बागलुङ जिल्लामा पर्ने ऐतिहासिक स्थल (पुरानो राज्य) वा त्यसैको वरिपरिको ठाउँ।
20598 गलकोटे वि. गलकोटमा बस्ने; गलकोटको बासिन्दा। स्त्री. गलकोटेनी।
20599 गलक्क क्रि.वि. पाकेर वा सडेर ज्यादै गल्ने गरी; फतक्क।
20600 गलगण्ड ना. घाँटीमा रुद्रघण्टीका वरिपरि नसामा पानी जमेर फुल्दै जाने रोग; गाँड; गलगाँड।