Dictionary

All Word

20651 गलहत्त्याइ ना. गलहत्ती लगाउने क्रिया वा प्रक्रिया।
20652 गलहत्त्याइनु क.क्रि. गलहत्ती लाइनु; गर्दन्याइनु।
20653 गलहत्त्याउनु स.क्रि. गलहत्ती लाउनु; घोक्य्राउनु; गर्दन्याउनु।
20654 गलहस्त ना. घोक्य्राउन तयार पारिएको हातको मुद्रा; अर्द्धचन्द्र।
20655 गलहस्ती ना. हे. गलहत्ती।
20656 गलहार ना. गलामा लगाइने, रत्न आदि अमूल्य वस्तु जडिएको हार; सुनचाँदीको माला।
20657 गला ना. १. टाउको र घडलाई जोड्ने बिचको गोलाकार केही लामो अङ्ग; घाँटी; कण्ठ।
20658 गला ना. २. सङ्गीतात्मक स्वर; आवाज।
20659 गलाइ ना. गल्ने भाव, क्रिया वा प्रक्रिया।
20660 गलाइनु क.क्रि. गलाउने काम गरिनु; गल्ने पारिनु।
20661 गलाउनु प्रे.क्रि. १. गल्ने बनाउनु; गलक्क हुने तुल्याउनु।
20662 गलाउनु प्रे.क्रि. २. टेक लिनेलाई कायल पार्नु; अपराध सकार्ने बनाउनु; पग्लाउनु।
20663 गलाम ना. १. बस्तुभाउ बाँध्दा गलामा पर्ने दाम्लाको भाग। (उदा.- गलाम सानो भए बस्तुलाई घटेसी लाग्ने डर हुन्छ)। वि.
20664 गलाम ना. २. गलामा फेरो पुग्ने; गलाभरिको।
20665 गलाम गाँठो ना. गलामा फेरो पुग्ने ठाउँमा पारिएको गाँठो; गलमगाँठो।
20666 गला लाग्नु टु. १. खाएको कुरा घाँटीमा गएर अड्किनु।
20667 गला लाग्नु टु. २. कुनै काम नगर भन्दाभन्दै गरेर बिग्रिसकेपछि चुकचुकाउनु; पछुताउ लाग्नु।
20668 गलित वि. १. गिलो भएको; गलेको।
20669 गलित वि. २. चुहेको; खसेको।
20670 गलित वि. ३. सडेको; कुहेको।
20671 गलित वि. ४. शिथिल भएको; थाकेको।
20672 गलित कुष्ठ ना. हातगोडाका औँला र त्यसपछि जोर्नीसम्मका अङ्ग गलेर बिस्तारै झर्ने कुष्ठ रोग।
20673 गलित यौवना वि. जवानी बित्नाले सबै कुरो हराइसकेकी (स्त्री)।
20674 गलिनु अ.क्रि. गल्ने होइनु; पग्लिनु।
20675 गले वि. गलेको; थाकेको; जुम्सो।
20676 गलेगन्ड ना. गलामा छालाको थैलो झुन्डिएको एक जातको चरो।
20677 गलेगोरु ना. १. काँधिएर राम्ररी नहिँड्ने वा मुस्किलले ठेलीठेली हिँडाउनुपर्ने गोरु।
20678 गलेगोरु ना. २. त्यस्तै गह्रुङ्गो स्वभावको मान्छे; अल्छी र लोसो मानिस।
20679 गलेनी ना. १. गोडाका औँलाका काप फुट्ने, च्यातिने र पाक्ने रोग।
20680 गलेनी ना. २. पाकेपछि कालो र खाँदा गुलियो स्वादको हुने, असारतिर पलाएर फली कात्तिकमा पाक्ने र मङ्सिरपुसमा मर्ने एक वनस्पति वा त्यसैको फल।
20681 गलेबन्द ना. गलबन्दी (उदा. - खुला दो-कान को राख्छ गलेबन्द भए कुनै। - लेखनाथ)।
20682 गलेश्वर ना. म्याग्दी जिल्लाको बेनी बजारबाट एक कोस उत्तरपट्टि कालीगण्डकी र राखुघाट खोलाका दोभानमा अवस्थित महादेव; पौराणिक उपाख्यानअनुसार सतीदेवीको गलो पतन भई शिवजी उत्पन्न भएको र प्रत्येक वर्ष बालाचतुर्दशीमा मेला लाग्ने सोही ठाउँ।
20683 गलैँचा ना. तनौटोमा सुतीको डोरी र बुनौटोमा भेडा वा भ्याङलुङको ऊन प्रयोग गरी विभिन्न रङका बुट्टा पारेर बुनिने, बाक्लो, नरम बिछ्यौना।
20684 गलैँची फुल ना. ससानो बोट हुने र रङ्गीबिरङ्गी फूल फुल्ने एक जातको फूल।
20685 गलो ना. १. कण्ठ; घाँटी; गला।
20686 गलो सेरा वि. हे. गलसेरा।
20687 गल्छी ना. १. एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न ओर्लने वा उक्लने गौँडो; कतैबाट उम्कने वा कहीँ पस्ने गल्छेडो।
20688 गल्छी ना. २. दुई पहाडका बिचमा खोँच वा सोतो परेको ठाउँ।
20689 गल्छेडो ना. १. सानो बाङ्गोटिङ्गो र अप्ठेरो बाटो; साँघुरो गल्ली।
20690 गल्छेडो ना. २. बस्तुभाउ हिँड्ने वा मूलबाटोमा मोडिने छोटो बाटो; उनाउ बाटो।
20691 गल्छेडो ना. ३. खोँच परेको ठाउँ; त्यस्तै अप्ठेरो काम।
20692 गल्ड्याङ्ग्रो/गल्ढ्याङ्ग्रो वि. १. राम्रोसँग बोल्न नजान्ने वा बोली स्पष्ट नभएको; लठेब्रो।
20693 गल्ड्याङ्ग्रो/गल्ढ्याङ्ग्रो वि. २. स्वर मात्र ठुलो तर बुद्धि नभएको; सिधासाधा; लाटोसुधो।
20694 गल्ड्याङ्ग्रो/गल्ढ्याङ्ग्रो वि. ३. हुस्सु; लन्ठ। स्त्री. गल्ड्याङ्ग्री/गल्ढ्याङ्ग्री।
20695 गल्ती ना. १. नियम, रीति, सिद्धान्त आदिका दृष्टिले हुने वा गरिने भुल; भुलचुक; बिराम।
20696 गल्ती ना. २. भाषा, व्याकरणका दृष्टिले भएको वा गरिने भुल; अशुद्धि।
20697 गल्ती ना. ३. अनुचित काम; नसुहाउँदो आचरण।
20698 गल्थो ना. १. मुजा पारेर लाइएका फरियाको पोल्टामा पर्ने मुठो वा गाँठो।
20699 गल्थो ना. २. धानको रोपो सप्रेर मुठीभरि गाँजिएको झाङ; घाँस वा झारको ठुलो मुठो।
20700 गल्थोवाल वि. मुजा परेको गल्थो देखिने फरियाको पहिरन हुने (स्त्री)।