Dictionary

All Word

20501 गर्दभ ना. गधा।
20502 गर्दभ राग ना. धोध्रो मोटो नमिठो स्वर।
20503 गर्दागर्दी ना. ठुलो भिडन्त; घोर लडन्त; गर्दीघमासान; घम्साघम्सी।
20504 गर्दी ना. १. समय वा परम्पराको ठुलो परिवर्तन; क्रान्ति।
20505 गर्दी ना. २. घम्साघम्सी; लडन्तभिडन्त।
20506 गर्धन ना. हे. गर्दन।
20507 गर्धनी ना. गर्दनी।
20508 गर्धने वि. गर्दने।
20509 गर्धन्याइ ना. गर्धन्याउने भाव, क्रिया वा प्रक्रिया।
20510 गर्धन्याइनु क.क्रि. गर्दन्याइनु।
20511 गर्धन्याउनु स.क्रि. गर्दन्याउनु।
20512 गर्ने भन्ने वि. गरीभनी गर्ने; कर्ता र वक्ता; कामकुरो फत्ते गर्ने।
20513 गर्भ ना. १. पेटभित्र बच्चा रहने ठाउँ; पाठेघर; बच्चादानी; गर्भाशय; कोख।
20514 गर्भ ना. २. गर्भाशयमा रहेको बच्चो; सालनालसहितको भ्रूण।
20515 गर्भ ना. ३. मध्यभाग; भित्रीभाग; गोप्यस्थान।
20516 गर्भक ना. १. अघिल्लो दिनको साँझदेखि पर्सिपल्ट झिसमिसेसम्मको समय; पूरा दुई रात र त्यसबिचको समय।
20517 गर्भक ना. २. कपालको बिचमा पगरीजस्तो पारेर लाइने फूलमाला।
20518 गर्भकाल ना. गर्भधारणका लागि अनुकूल समय; ऋतुकाल।
20519 गर्भकेसर ना. फलका गर्भनालमाथि रहने तन्तु; परागमा रहने पुंकेसर वा स्त्रीकेसर तत्त्व।
20520 गर्भकोश ना. पाठेघर; गर्भाशय।
20521 गर्भघातिनी ना. १. गर्भपतन गराउने ओखतीका रूपमा प्रयोग गरिने वनस्पति; लाङ्गलिका। वि.
20522 गर्भघातिनी ना. २. गर्भ तुहाउने; गर्भपात गर्ने (स्त्री)।
20523 गर्भघाती वि. गर्भपात गर्ने; भ्रूणहत्या गर्ने; पेटको बच्चा तुहाउने।
20524 गर्भज वि. गर्भबाट उत्पन्न भएको।
20525 गर्भजातक ना. अट्ठाइस हप्ता पुगेको गर्भ; सातमहिनाको गर्भ।
20526 गर्भदास ना. जन्मदेखिकै कमारो; जन्मजात करिया वा दास।
20527 गर्भधारण स्त्रीपुरुषको सम्भोगबाट गर्भाशयमा शुक्रकीट रहने क्रिया; गर्भवती हुने काम; पेटबोकाइ।
20528 गर्भनाल ना. फक्रिएका फूलका थुँगामा पराग रहने नाल; फूलको केसर रहने नली।
20529 गर्भनिरोध ना. गर्भको सम्भावना बन्द गराउने काम; जन्मनिरोध।
20530 गर्भपतन ना. गर्भ तुहुने काम; अधिग्रो जाने काम।
20531 गर्भपत्र ना. फूलको भित्री तहको कमलो पात; कोपिलो; गाभा।
20532 गर्भपात ना. गर्भ तुहाउने काम; गर्भपतन।
20533 गर्भपातक वि. गर्भपात गराउने; पेट खोलाउने; गर्भ तुहाउने।
20534 गर्भपाती वि. गर्भपात गर्ने।
20535 गर्भमास ना. गर्भ रहेको महिना; पेट बोकेको महिना।
20536 गर्भवती वि. गर्भधारण गरेकी; पेट बोकेकी; भुँडी बोकेकी; गर्भिणी; दोजिया।
20537 गर्भवध ना. गर्भपात गर्ने क्रिया; भ्रूणहत्या।
20538 गर्भवास ना. १. गर्भभित्र बच्चा रहने काम।
20539 गर्भवास ना. २. गर्भाशय; कोख।
20540 गर्भविज्ञान ना. गर्भमा रहेका बच्चाको अवस्था, विषय आदिको अध्ययनविवेचन गरिएको शास्त्र।
20541 गर्भविष ना. कत्लैकत्ला भएको, डोलो आकारको र कालो रङको माछोविशेष।
20542 गर्भसन्धि ना. साहित्यशास्त्रका अनुसार रूपकका पाँच सन्धिमध्ये अर्थप्रकृतिअनुसार पताका र अवस्थाअनुसार प्राप्त्याशाका अवस्थालाई जोड्ने सन्धि।
20543 गर्भस्थ वि. गर्भमा रहेको वा रहने।
20544 गर्भस्थली ना. गर्भाशय; कोख।
20545 गर्भहत्या ना. पेटमा रहेको बच्चा मार्ने काम; भ्रूणहत्या; गर्भवध।
20546 गर्भाङ्क ना. नाटकका बिचमा आउने र अलग्गै प्रसङ्गको कथा देखाउने वा मूल प्रसङ्गको रहस्य उद्घाटन गर्ने उप-अङ्क।
20547 गर्भाधान ना. गर्भधारण गर्ने- गराउने काम; पेट बोक्ने काम।
20548 गर्भामुख ना. फूलको सतहमा स्त्रीकेसर जम्मा हुने ठाउँ।
20549 गर्भाशय ना. गर्भ रहने ठाउँ; गर्भस्थली; पाठेघर; बच्चादानी; गर्भ; कोख।
20550 गर्भाशय स्खलन ना. पाठेघर खुस्किएर बिस्तारै बाहिर आउने क्रिया; भँडाल्नो फर्किने काम।