Dictionary

All Word

20401 गर्नु स.क्रि. १. कुनै काम-कुरो थाल्नु वा पूर्ण तुल्याउनु।
20402 गर्नु स.क्रि. २. काममा हात हाल्नु; काम फत्ते पार्ने प्रयासमा लाग्नु।
20403 गर्नु स.क्रि. ३. कुनै नीति, सिद्धान्त आदिलाई कार्यान्वयनको रूप दिई टुङ्गोमा पुऱ्याउनु।
20404 गर्नु स.क्रि. ४. स्त्री-समागम गर्नु।
20405 गरगहना ना. गहना-लुगा आदि शृङ्गारका साधन।
20406 गरज ना. १. आवश्यकता; जरुरत।
20407 गरज ना. २. हर्जा; खाँचो।
20408 गरम ना. १. तातोपन; गर्मी। वि.
20409 गरम ना. २. तातो; पोल्ने; उष्ण।
20410 गरम ना. ३. एकाएक आवेगमा आउने; खरो; उग्र (स्वभाव वा मिजास)।
20411 गरम कपडा ना. न्यानो कपडा; जाडो याममा लगाइने ऊनी आदिको लुगा।
20412 गरम टोपी ना. १. न्यानो टोपी; जाडो याममा लगाइने टोपी।
20413 गरम टोपी ना. २. ऊनी वा पस्मिनाबाट बनेको टोपी।
20414 गरम टोपी ना. ३. माकल-टोपी; बाँदर-टोपी।
20415 गरम मसला ना. विशेषतः कवाफ, मासु आदि पकाउँदा हालिने ल्वाङ, मरिच, सुकुमेल, जाइफल आदि सुगन्धित द्रव्य वा काजु, किसमिस, छोडा आदि गुलिया वस्तुको मिश्रणबाट समेत बनेको सुगन्धित मसला।
20416 गरमागरम वि. १. ज्यादै तातो; पाक्तापाक्तैको; तात्तातो।
20417 गरमागरम वि. २. जोसिलो, उत्तेजित (छलफल, बहस इ.)। ना.
20418 गरमागरम वि. ३. बहसको क्रममा आएको उत्तेजना; चर्काचर्की।
20419 गरमागरमी ना. जोसिलो बहस; चर्को भनाभन; रन्कारन्की।
20420 गरमाहट ना. गरम हुनाको भाव वा स्थिति; गर्मी; उष्णता।
20421 गरमी ना. हे. गर्मी।
20422 गरल ना. विष; जहर; हलाहल।
20423 गरहडुवा ना. गवेधुका यज्ञमा समिधाका लागि प्रयोग गरिने वृक्षविशेष; भिर्गौले।
20424 गरही ना. मधेसका पोखरी वा दहतिर पाइने एक जातको माछा।
20425 गराइ ना. गर्ने काम वा प्रक्रिया; आचरण।
20426 गराइनु क.क्रि. गर्न लाइनु; गर्ने प्रेरणा दिइनु।
20427 गराउनु प्रे.क्रि. गर्न लाउनु; गर्ने प्रेरणा दिनु।
20428 गरागर ना. परस्परको गराइ; पालैपालोसँग गर्ने काम।
20429 गरारा ना. गोलीगाँठामाथि र घुँडामुनि कल्ली गाँसेर बनाएको केटीहरूको सुरुवाल।
20430 गरालागराली ना. साना-ठुला गरालाको समूह।
20431 गराली ना. तगारोमा तेर्सो पारेर राख्ने काठ; सानो गरालो।
20432 गरालो ना. १. पिङमा डोरी झुन्ड्याउन लिङ्गामा वा खाँबामा तेर्सो पारेर राखिने काठ; बलो।
20433 गरालो ना. २. घर, गोठ आदिमा टाँड छाप्नका निम्ति तेर्स्याइने लामो काठ।
20434 गरिनु क.क्रि. कुनै काम तामेल पारिनु।
20435 गरिप वि. हे. गरिब।
20436 गरिपी ना. हे. गरिबी।
20437 गरिब वि. १. धन-सम्पत्ति केही नभएको; निर्धन; निर्धो; दरिद्र; कङ्गाल; गरिप।
20438 गरिब वि. २. दीनहीन दुःखी।
20439 गरिब गुरुवा ना. गरिबहरूको समुदाय; गरिब जनता।
20440 गरिब परवर वि. गरिबगुरुवाहरूको पालनपोषण गर्ने; दीनदयालु।
20441 गरिबमारा वि. गरिबहरूलाई सताउने; गरिबगुरुवाप्रति अन्याय गर्ने।
20442 गरिबी ना. गरिब हुनाको भाव; दीनता; निर्धनता; गरिपी।
20443 गरिमा ना. १. गह्रौँपना; गुरुता; गुरुत्व।
20444 गरिमा ना. २. महत्त्व; गौरव।
20445 गरिमा ना. ३. अष्टसिद्धिमध्ये शरीरको इच्छाअनुसार वजन बढाउन सकिने एक सिद्धि।
20446 गरियो ना. ढुङ्ग्रो जस्तै सोझो, मुख सानो भएको र बिर्को लाइने ठेकीको आकारको, विभिन्न प्रकारको तेल हाल्ने काठको भाँडो।
20447 गरिष्ठ वि. १. धेरै गाह्रोसित र ढिलो पच्ने; पचाउन कठिन; दुष्पाच्य (भोजन)।
20448 गरिष्ठ वि. २. धेरै गह्रौँ।
20449 गरिष्ठ वि. ३. महत्त्वपूर्ण।
20450 गरिष्ठ वि. ४. सबैभन्दा नजाती।