Dictionary

All Word

21001 गान्धर्व विवाह ना. बाबुआमाको अनुमतिविना नै केटाकेटीको प्रेम बसेर राजीखुसीले गरिने विवाह; प्रेमविवाह; गन्धर्वविवाह।
21002 गान्धर्व वेद ना. सामवेदअन्तर्गत एक उपवेद; वैदिक सङ्गीतशास्त्र।
21003 गान्धार ना. १. सङ्गीतशास्त्रअनुसार सात स्वर (सा, रे, ग, म, प, ध, नि. मध्येको एक स्वर; तीन सय नादलहरी हुने 'ग' स्वर।२. सिन्धुनदीको पश्चिमतटमा स्थित एक प्राचीन देश; पौराणिक देश।
21004 गान्धिक ना. गन्धसम्बन्धी द्रव्यको कारोबार गर्ने व्यक्ति; अत्तर, कस्तूरी, केसरी, तेल, कपूरजस्ता सुगन्धी वस्तुहरूको व्यापारी।
21005 गान्धी ना. १. गुजराती वैश्यजातिको एक वर्ग।२. भारतलाई अङ्ग्रेजी उपनिवेशबाट मुक्ति दिलाउन ठुलो त्याग गर्ने, सत्य र अहिंसाका पक्षपाती, भारतीय नेता मोहनदास कर्मचन्द गान्धी; बीसौँ शताब्दीका भारतीय महापुरुष।
21006 गान्धीवाद ना. अहिंसा र सत्याग्रहका आधारमा चलाइने, गान्धीद्वारा प्रतिपादित राजनीतिक सिद्धान्त।
21007 गान्धीवादी वि. गान्धीवादमा विश्वास राख्ने; गान्धीवादको अनुयायी।
21008 गाप ना. १. घरको जगमा हालिने बलियो ढुङ्गो; गर्भे ढुङ्गो; जगको ढुङ्गो।
21009 गाप ना. २. बाली भएको चारपाँच दिनमा गाईभैँसीले फ्याँक्ने सेपजस्तो फोहर।
21010 गाप पाक्नु टु. बाली भएका चारपाँच दिनमा गाईभैँसीले सेपजस्तो फोहर निकाल्नु।
21011 गाफिल ना. १. काम गर्दा आइलाग्ने दोष; अबगाल; औजस।
21012 गाफिल ना. २. थाहै नपाईकन गरिने गल्ती; भुलचुक। वि.
21013 गाफिल ना. ३. थाहा-पत्ता नभएको; बेखबर।
21014 गाफिल ना. ४. बुद्धि-सुद्धी हराएको; बेहोस।
21015 गाबो ना. हे. गाभो।
21016 गाभ्नु स.क्रि. १. एक वस्तुमा अर्को वस्तु खप्टनु; कुनै दुई वस्तुलाई एकै ठाउँ मिलाउनु; जोड्नु।
21017 गाभ्नु स.क्रि. २. गाँस्नु; जोर्नु; गच्छ्याउनु।
21018 गाभ ना. १. गाप; गर्भ; पशुको सेप।
21019 गाभ ना. २. गुप्त छलकपट; छद्म व्यवहार।
21020 गाभा ना. १. कर्कलो अथवा मानेको भित्री पात; गुभे पात; टुसो; पिपिरो।
21021 गाभा ना. २. धान वा कोदो रोप्दा जमिनमुनि घुसारिने बिउको मुठो।
21022 गाभा ना. ३. अर्को रुखमा उम्रने, पात भाँच्दा चिप्लो चोप आउने र साना लाम्चा केराका जस्ता पात हुने, लहरो वा त्यसैको फूल; सुनाखरीको एक जात।
21023 गाभिन / गाभिनी वि. गर्भिणी; दोजिया; बियाउने (गाई,भैँसी आदि)।
21024 गाभिनु अ.क्रि. कुनै वस्तु एक-अर्कासँग जोरिनु; एक अर्कामा खापिनु; मिसिनु; जोल्टिनु; गाँसिनु।
21025 गाभिनु वि. गर्भिणी; गर्भ धारण गरेकी (गाई, भैँसी)।
21026 गाभो ना. १. कर्कलो, माने आदिको भित्री पात; गुभे पात; टुसो; पिपिरो।
21027 गाभो ना. २. धान वा कोदो रोप्दा एकपल्टमा जमिनमुनि घुसारिने बिउको मुठो।
21028 गाभो ना. ३. केराका पात जस्तै आकारका साना र छोटा पात हुने, अरू रुखमा टाँसिने एक झार; एक जातको सुनाखरी।
21029 गामगुम ना. १. प्रकाशमा नआईकन भित्रभित्रै चलेको हल्ला; खासखुस।
21030 गामगुम ना. २. कुनै निन्दित काम बाहिर फैलन नदिने वा कुनै गोप्य कुरो सहसा लुकाउने चालबाजी।
21031 गामगुम्म क्रि.वि. १. गोप्यता बचाउन तुरुन्तै चुपचाप वा सतर्क हुने चाल; गाम्मगुम्म।
21032 गामगुम्म क्रि.वि. २. झ्याल ढोका थुन्ने वा धेरै लुगाफाटा लाउनेओढ्ने गरी जिउलाई गरम र न्यानो पार्ने किसिम।
21033 गाम्मगुम्म क्रि.वि. १. भकाभक खाने चालले।
21034 गाम्मगुम्म क्रि.वि. २. गामगुम्म।
21035 गामल ना. गाउँघर; छरछिमेक; गाँवल।
21036 गामस्थान ना. प्रायः धिमाल जातिले खेतीका देवीदेवीका प्रतिमा बनाएर खेतका माझमा स्थापना गरेको मन्दिर; कृषिदेवता।
21037 गामी वि. १. गतिशील; गमन गर्ने; यात्री (अग्रगामी, दूरगामी इ.)।२. गमन गर्ने; सम्भोग गर्ने ( वेश्यागामी, परस्त्रीगामी इ.)।
21038 गाम्भीर्य ना. १. गम्भीर हुनाको भाव वा स्थिति; धैर्य; गम्भीरता।
21039 गाम्भीर्य ना. २. नाटकका नेतामा रहने सात्विक गुण; डर, शोक,क्रोध र हर्षको अवस्थामा पनि नायकमा विकार नदेखिने गुण।
21040 गायक ना. स्वर, लय, ताल आदि मिलाएर गीत गाउने व्यक्ति; गवैया; उस्ताद।
21041 गायकी ना. गानविद्याका अनुसार ठिकसँग गाउने क्रिया वा स्थिति; गाउने प्रवीणता।
21042 गायत्री ना. १. चौबिस मात्रा हुने एक वैदिक छन्द।
21043 गायत्री ना. २. उक्त छन्दमा रचित आर्यहरूमा पवित्र मानिने साँझ-बिहान जपिने प्रसिद्ध वैदिक मन्त्र।
21044 गायत्री ना. ३. जप र चिन्तन गर्नेलाई रक्षा गर्ने मानिएकी आराध्य देवी; गायत्री मन्त्रकी अधिष्ठात्री।
21045 गायन ना. १. गाउने क्रिया वा भाव।
21046 गायन ना. २. सुर, लय र तालसहित गाइने रचना; गाना; गीत।
21047 गायब ना. पत्तै नलाग्ने गरी गुम्ने वा हराउने काम; बेपत्ता; अलप।
21048 गायिका ना. गीत गाउने नारी; स्त्री गायक।
21049 गायिनी ना. गानबजानको पेसा लिने स्त्री; गानबजान गरी जीविका गर्ने आइमाई।
21050 गायो ना. पित्तको रोग।