Dictionary

All Word

21151 गिद ना. हे. गीत।
21152 गिदाउडी / गिदाउडो ना. तन्नेरी गायक; गिताङ्गे युवक; तन्नेरी र खाइलाग्दो गायक नेता (प. ने.)।
21153 गिदी ना. १. टाउकामा खप्परभित्र रहने र चेतनाको सृजक तत्त्व मानिने मासीजस्तो पदार्थ; मथिङ्गल; मगज; मस्तिष्क।
21154 गिदी ना. २. सोचविचार तथा तर्क, निर्णय आदि गर्ने शक्ति; बुद्धि।
21155 गिदेरी ना. केही लाम्चा र नरम पात हुने, गाईबस्तुलाई घाँस खुवाइने, बिछ्यौनामा च्याप्दा उडुस, उपियाँको औषधी हुने बुटो; सेतो, खैरो र कालो तीन किसिमका हुने सेतो गिदेरी, खैरी गिदेरी र कालो गिदेरी नामको बोट।
21156 गिद्ध ना. १. मरेका प्राणीहरूको मासु खाने, धेरै टाढाको सिनो पनि देख्ने, प्रायः गर्मी प्रदेशमा बस्ने मांसाहारी ठुलो पक्षी। वि.
21157 गिद्ध ना. २. मासु खान भनेपछि मरिमेट्ने; मासुको साह्रै लोभी।
21158 गिद्धे वि. १. मासु खान ज्यादै मरिमेट्ने; मासु खानमा असाध्यै लोभी।
21159 गिद्धे वि. २. गिद्ध जस्तो; गिद्धका आकारको।
21160 गिद्धे एकादशी ना. (एकादशी नै भए पनि प्रायः बचेखुचेको मासु खाइने हुनाले) दसैँको टीकाका भोलिपल्टको एकादशी।
21161 गिद्धे पहरो ना. १. गिद्ध बस्ने वा गिद्ध जस्तै देखिने पहरो।२. दार्जिलिङ जाने बाटामा पर्ने खर्साङका छेउको प्रसिद्ध पहरो।
21162 गिद्धे प्रेस ना. नेपालका प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायतबाट फर्कंदा वि. सं. १९०८- मा सँगसँगै ल्याएको भन्ने विश्वास गरिएको गिद्ध-चिह्नअङ्कित प्रेस वा मुद्रणयन्त्र।
21163 गिद्री ना. घुँडासम्मको भित्री नाप।
21164 गिद्री लम्बाइ ना. पाइन्टको भित्री लम्बाइ वा टाङको लम्बाइ।
21165 गिद्रो ना. १. काँक्रा, फर्सी, घिरौँला, लौका आदि फलफूलको गुदी।
21166 गिद्रो ना. २. बाँस, मालिङ्गो, निगालो आदि वस्तुको भित्री भाग।
21167 गिनिफोर ना. निलो अकासे रङमा कालो रङ मिसिएको र केही सेता टीका देखिने पखेटा भएको एक जातको पाल्तु चरो; लौकाट।
21168 गिनुङ ना. लिच्छविकालीन नेपालमा प्रचलित एक प्रकारको वृत्ति।
21169 गिनेरी ना. सेतो रङको फूल फुल्ने र खयररङका ससाना फल फल्ने, साना-ठुला दुई भेद हुने, सानोका पात लाचा र ठुलोका पात नीमका जस्ता हुने एक वृक्ष।
21170 गिन्ती ना. हे. गन्ती।
21171 गिन्नी ना. सुनको एक प्रकारको सिक्का वा मुद्रा।
21172 गिर्नु स.क्रि. १. तलतिर जानु; झर्नु; खस्नु।
21173 गिर्नु स.क्रि. २. रुख वा भीर, पहराबाट लड्नु; खुरमुरिनु; लोट्नु।
21174 गिर्नु स.क्रि. ३. आर्थिक वा मर्यादाका दृष्टिले खस्कनु; पतन हुनु।
21175 गिर ना. काठको भकुन्डो।
21176 गिर खेल्नु टु. आफू गरेर खान अल्छी गरी अर्काको कमाइमा मोजमज्जा गर्नु।
21177 गिरफ्तार वि. कुनै अपराधको अभियोगमा पक्राउ परेको; अपराधी ठानेर अधिकारीवर्गद्वारा समातिएको।
21178 गिरफ्तारी ना. गिरफ्तार हुनाको अवस्था, क्रिया वा भाव।
21179 गिरमुङ्ग्री/गिरलौरी ना. टेबुल टेनिसभन्दा केही ठुलो बल एक जनाले हान्ने र अर्काले मुङ्ग्राले फर्काउँदै खेल्ने खेल; क्रिकेटको खेल।
21180 गिरह ना. सवा दुई इन्च बराबरको नापो; गजको नाप प्रणाली अनुसार गजको सोह्रौँ भाग।
21181 गिरा ना. वाणी; भाषा; बोली।
21182 गिराइ ना. गिर्ने भाव, क्रिया वा प्रक्रिया।
21183 गिराइनु क.क्रि. गिराउने काम गरिनु; खसाइनु।
21184 गिराउनु प्रे. क्रि. गिर्न लाउनु; खसाउनु; लडाउनु।
21185 गिरान ना. १. खस्ने वा पतन हुने काम; गिराइ।२.टुट्टा वा घाटा पर्ने काम; हानि; नोक्सानी।
21186 गिरानी ना. १. ठेक्कापट्टा वा व्यापार-व्यवसायसम्बन्धी कारोबारमा सावाँसमेत खतम हुँदै गएको अवस्था; मूल धन घटेर पर्ने घाटा; हानिनोक्सानी; टुट्टा।
21187 गिरानी ना. २. गिराइ।
21188 गिरि ना. १. पृथ्वीको विषम धरातल भएका ठाउँको अग्लो भाग; पहाड; पर्वत।२. सन्न्यास धारण गर्ने योगीहरूका दश मध्ये एक उपाधि।
21189 गिरिकर्णिका ना. सेतो रङको फूल फुल्ने अपराजिता।
21190 गिरिजा ना. हिमालय पर्वतकी पुत्री; गिरितनया; पार्वती।
21191 गिरिधर / धारी ना. कृष्ण।
21192 गिरिनाथ ना. हिमालय पर्वत; शिव।
21193 गिरिनु अ.क्रि. खसिनु; झरिनु।
21194 गिरिप्रस्थ ना. पहाडका बिच भागमा रहेको समथर भूमि; अधित्यका।
21195 गिरिराज ना. पर्वतहरूको राजा; ठुलो पर्वत ( हिमालय पर्वत, सुमेरु पर्वत, गोवर्द्धन पर्वत )।
21196 गिरिशृङ्ग ना. पहाडको टाकुरो; पर्वतको शिखर।
21197 गिरिसुत ना. इन्द्रको बज्रले टाकुरा काटिएको प्रसङ्ग भएको एक पर्वत; मैनाक पर्वत।
21198 गिरिसुता ना. पार्वती।
21199 गिरी ना. १. सन्न्यासीहरूको सम्मानसूचक एक पदवी।२. सन्न्यासीहरूको एक थर।
21200 गिरी ना. अरू शब्दका पछाडि लागेर काम, पेसा, इलम आदि अर्थ बुझाउने उत्तरपद ( कारिन्दागिरी, किसानगिरी, मोजगिरी इ.)।