Dictionary

All Word

21201 गिरीश ना. १. ठुलो पर्वत; गिरिराज।
21202 गिरीश ना. २. महादेव; शिव।
21203 गिर्खो ना. १. सानोतिनो फोको, फुकुन्डो वा खटिरो।
21204 गिर्खो ना. २. सानो आँख्लो।
21205 गिर्खो ना. ३. ढुङ्गा, माटा आदिको सानो टुक्रो।
21206 गिर्जाघर ना. इसाई धर्म मान्नेहरूले ईश्वरको प्रार्थना गर्ने घर।
21207 गिर्दा ना. १. चारैतिर लगाइएको घेरा; क्याम्पा;कुँडुलो।२. छरछिमेकको ठाउँ; घरगाउँ; हाता।
21208 गिर्रा ना. भकुन्डो खेल्ने एकातिर टाउको भएको लट्ठी।
21209 गिलगिल्याइ ना. गिलगिल्याउने काम वा प्रक्रिया।
21210 गिलगिल्याइनु क.क्रि. थिचेर वा चलाएर गिलो पारिनु; गिल्याइनु।
21211 गिलगिल्याउनु स.क्रि. थिचथाच पारी चलाएर गिलो गराउनु; गिल्याउनु।
21212 गिलगिल्याहट ना. गिलगिल्याउने भाव, स्थिति, क्रिया वा प्रक्रिया; गिलगिल्याइ।
21213 गिलसिरिन ना. कुर्कुच्चामा बन्चरे हुँदा, पैताला फाट्दा वा हातमुखको छाला नरम पार्न लेसेर लाइने लेदो चिल्लो पदार्थ।
21214 गिलाफ ना. पिँजरा छोप्ने ढक्कन; तकिया आदिको खोल।
21215 गिलास ना. पिँध केही सानो र मुख फुकेको पित्तल, स्टिल, सिसा आदिबाट बनेको पानी, चिया आदि खाने ठाडो लाम्चो भाँडो।
21216 गिलिक्क / गिलित्त क्रि.वि. गिलो हुने गरी (पाकेर वा सडेर); गलक्क; फतक्क।
21217 गिलिल्ल क्रि.वि. खित्का छोड्ने गरी; चर्को स्वरले (हाँस्ने किसिम )।
21218 गिलो वि . १. पानी मिसिएर नरम भएको।२. ठर्रो वा साह्रो नभएको; कमलो।
21219 गिलो वि . ३. समय पुगेर वा बढ्ता पाकी नरम भएको ( फलफूल )।
21220 गिल्टी ना. १. सेतो, हल्का र सस्तो एक प्रकारको धातु; आलमोनियम।
21221 गिल्टी ना. २. धातुका भाँडाहरूमा मुलम्मा लगाइने एक किसिमको धातु; निकल।
21222 गिल्टी ना. सर्दी लागेर, नसा खुम्चिएर वा जिउमा कुनै तोड आदि परेर शरीरका जोर्नीजोर्नीमा निस्कने गाँठो; फुकुन्डो।
21223 गिल्डर ना. हल्यान्ड वा नेदरल्यान्डका मुद्राको नाम।
21224 गिल्याइ ना. गिल्याउने भाव, क्रिया वा प्रक्रिया।
21225 गिल्याइनु क. क्रि. गिलो पारिनु।
21226 गिल्याउनु स.क्रि. कुनै चिजलाई पानी हालेर वा थिचेर नरम पार्नु; गिलो तुल्याउनु।
21227 गिल्ल क्रि.वि. एकै खेप तिखो खित्का छाड्ने गरी (हाँस्ने किसिम )।
21228 गिल्ला ना. १. घोचपेचका साथ गरिने हँस्सी; ठट्टा।२. कसैलाई हियाएर गरिने निन्दा; घृणा; हेला।
21229 गिल्ला ना. ३. दोष लगाउने काम; आक्षेप।
21230 गिल्लिनु अ.क्रि. हे. गिज्जिनु।
21231 गिल्ली ना. हँसी; ठट्टा।
21232 गिल्ल्याइ ना. गिल्लिने र गिल्ल्याउने भाव, क्रिया वा प्रक्रिया।
21233 गिल्ल्याइनु क.क्रि. गिल्ला गरिनु; गिज्याइनु।
21234 गिल्ल्याउनु स.क्रि. गिल्ला गर्नु; गिज्याउनु।
21235 गीत ना. विशेषतः गाउनका निम्ति रचिएको लयात्मक तथा सुललित पद्यरचना; गाना; गान।
21236 गीतकार वि. गीत रच्ने; गाना बनाउने।
21237 गीतगुञ्जन ना. गीतको मधुर लय वा ध्वनि; गानाको सुरिलो प्रतिध्वनि।
21238 गीतगोविन्द जयदेवद्वारा रचित प्रख्यात संस्कृत गीतिकाव्य।
21239 गीता ना. १. महाभारतमा युद्धबाट विमुख हुन लागेका अर्जुनलाई ज्ञान, कर्म र भक्तियोगका साथै मानवीय कर्तव्यबारे श्रीकृष्णले दिएको उपदेश।
21240 गीता ना. २. हिन्दूहरूको प्रसिद्ध दार्शनिक ग्रन्थ; भगवद्गीता।
21241 गीता ना. ३. ठुला महापुरुषले दिएका छन्दोबद्ध तथा ज्ञानमय उपदेश (रामगीता, भगवद्गीता, शिवगीता इ.)।
21242 गीताञ्जली ना. १. प्रार्थना गर्दै जोडिएको अँजुली।२. रवीन्द्रनाथ ठाकुरद्वारा रचित नोबेल पुरस्कार प्राप्त प्रसिद्ध एक गीतिकाव्य।
21243 गीति ना. १. लयात्मक पद्य-रचना; गीत; गान।
21244 गीति ना. २. आर्या छन्दको एक भेद।
21245 गीतिका ना. १. लघु गीत। सानो वा छोटो गान।
21246 गीतिका ना. २. सगण, जगण,भगण, रगण, सगण र लघु-गुरु हुने एक वार्णिक छन्द।
21247 गीतिकाव्य ना. गीतैगीत भएको वा गीति तत्त्वलाई प्रमुखता दिएर रचिएको काव्य; गेयात्मक गुणले युक्त काव्य।
21248 गीतिनाटक / नाट्य ना. गीतप्रधान भएको अभिनयकाव्य; प्रायः पद्यमा लेखिएको एक प्रकारको रूपक।
21249 गीतिमय वि. गीति-तत्त्वले युक्त; सङ्गीतप्रधान; लय वा सुर मिलेको।
21250 गीतिरूपक ना. गीतिनाटक/ गीतिनाट्य।