Dictionary

All Word

21351 गुटुमुटु क्रि.वि. १. लुगा कपडा आदि ओढेर राम्ररी ढाकिने वा छोपिने किसिमले।
21352 गुटुमुटु क्रि.वि. २. कागत, कपडा आदि वस्तुले चारैतिर बेर्ने चालमा।
21353 गुठियार ना. १. गुठीको सदस्यका रूपमा रहेको,गुठीसित सम्बन्धित वा गुठीभित्रको व्यक्ति ।२. परिवार; खलक।
21354 गुठिल वि. १. गोप्य रूपमा रहेको; लुकेको; छिपेको; गुप्त। ना.
21355 गुठिल वि. २. धनको गाँठ; सम्पत्तिको पोको।
21356 गुठी ना. १. धार्मिक वा परोपकारी कार्य-सञ्चालनका लागि छुट्ट्याइएको, त्यसैबाट आउने आयस्ताले देव-पितृको पूजाआजा आदि चलाइने र जग्गा, घर, सम्पत्ति आदिको रेखदेख गर्ने सामाजिक संस्था।
21357 गुठी ना. २. गुठीले मात्र प्रयोग गर्न सक्ने वा गुठीका नाममा रहेका घर, जग्गा, श्रीसम्पत्ति आदि।
21358 गुठीगाना ना. गुठीहरूको समुदाय; गुठी र गुठीसम्बन्धी अन्य कुरा।
21359 गुठीधन ना. गुठीका रूपमा रहेको तथा गुठीबाट गरिने कामका निम्ति खर्च गरिने नगद वा जिन्सी; गुठीअन्तर्गतको घर, जग्गा, पाटीपौवा आदि सम्पत्ति; देवस्व।
21360 गुठीसंस्थान ना. सरकारी गुठीको रूपमा स्थापना भएका र देशका विभिन्न स्थानमा रहेका, देवल, पाटीपौवा, पुल, साँघु, जग्गा-जमिन आदिको हेरचाह र त्यसबाट आएको आम्दानीले तिनै वस्तुको संरक्षण, दैनिक पूजा, सिधा आदि कार्यहरू र अन्य जीर्णोद्धार,निर्माण आदि कार्यसञ्चालनका निम्ति स्थापित संस्थान।
21361 गुठुरिनु अ.क्रि. गुठुरो पर्नु; एउटै पोको हुनु।
21362 गुठुरी ना. हे. गुठुरो।
21363 गुठुरो ना. १. मालसामानको सानो पोको; कुटुरो; गुठुरी।२. धनको पोको। वि.
21364 गुठुरो ना. ३. गठरो; ग्याँचे।
21365 गुठुऱ्याइ ना. गुठुरिने भाव, क्रिया वा प्रक्रिया।
21366 गुठुऱ्याइनु क. क्रि. गुठुरो पारिनु।
21367 गुठुऱ्याउनु प्रे. क्रि. १. गुठुरो पार्नु; कुरमुऱ्याउनु।
21368 गुठुऱ्याउनु प्रे. क्रि. २. गुठुरिन लाउनु।
21369 गुठे ना. आलोपालोसँग मिलेर काम गरिने सङ्गठन; भारोपर्म।
21370 गुड्नु अ.क्रि. बाटुलो, गोलो वा चक्का आकारको वस्तु भुइँमा दगुर्दै जानु; गुडिनु।
21371 गुड ना. उखुको रस पकाई बनाइएको गुलियो पदार्थ; सखर।
21372 गुडगुच्चे ना. १. गुड्ने क्रिया; गुडेर जाने काम।
21373 गुडगुच्चे ना. २. त्यस्तो खेल।
21374 गुडगुड क्रि.वि. १. डल्लो वा बाटुलो वस्तु गुड्दा आवाज आउने किसिमले।
21375 गुडगुड क्रि.वि. २. वायुविकारले पेट कराउने चालमा। ना
21376 गुडगुड क्रि.वि. ३. पानी भरेको हुक्कामा तमाखु खाँदा आवाज निस्कने किसिम।
21377 गुडगुडाइ ना. गुडगुडाउने क्रिया वा प्रक्रिया।
21378 गुडगुडाइनु क्रि. बाटुलो वस्तु गुड्ने गरी लडाइनु; गुडाइनु।
21379 गुडगुडाउनु स.क्रि. १. बाटुलो वस्तु गुड्ने गरी पठाउनु; गुडाउनु।२. पेट कराउनु; पेटमा गुडगुड आवाज आउनु।
21380 गुडगुडाउनु स.क्रि. ३. हुक्का गुडगुड गर्ने गरी तमाखु खानु।
21381 गुडगुडाहट ना. गुडगुडाउने क्रिया वा अवस्था; गुडगुडाइ।
21382 गुडगुडे १. सेतो नाथ्री र खैरो कालो रङको बोक्रो भएको गेडा फल्ने मार्सी जातको धान।२. गुडगुड आवाज आउने कसकुट वा पित्तल आदिको ढलौटे हुक्का। वि.
21383 गुडगुडे ३. गुडगुड आवाज निकाल्ने।
21384 गुडपाक ना. गुडको चास्नी बनाएर नरिवल आदि मिसाई तयार गरिएको पौष्टिक पदार्थ गुदपाक।
21385 गुडाइ ना. गुड्ने क्रिया वा प्रक्रिया।
21386 गुडाइनु क.क्रि. बाटुलो गोलो वस्तु गुडाइनु; गुडाउने काम गरिनु।
21387 गुडाउनु प्रे. क्रि. बाटुलो वस्तु लडाउनु; घचेट्नु; गुऱ्याउनु।
21388 गुडाकेश ना. १. निद्रालाई जित्ने व्यक्ति; निद्राविजयी।२. शिव; महादेव।
21389 गुडाकेश ना. ३. अर्जुन।
21390 गुडिनु अ.क्रि. गुड्ने काम होइनु; गुर्रिनु।
21391 गुडुघुट्ट ना. घोडा झैँ दौडेर खेलिने केटाकेटीको एक खेल।
21392 गुडुरा / गुडुरे ना. बगरहुँदो फल्ने, डल्लो र खैरो मार्सी जातको धान।
21393 गुड्कनु अ.क्रि. चक्काजस्तो वा डल्लो वस्तु गुड्नु; गुड्दै जानु; हिँड्नु।
21394 गुड्काइ ना. गुड्कने वा गुड्काउने क्रिया वा प्रक्रिया।
21395 गुड्काइनु क.क्रि. गुड्कन लाइनु वा हिँडाइनु।
21396 गुड्काउनु प्रे. क्रि. गुड्कने पार्नु; गुड्दै जाने तुल्याउनु।
21397 गुड्ड क्रि.वि. चक्का वा पाङ्ग्रा भएको कुनै वस्तु गुड्ने चालमा; गुर्र।
21398 गुड्डी ना. नचाहिँदो विषयमा देखाइने धाक; व्यर्थको गफ वा फुर्ती।
21399 गुड्डी हाँक्नु टु. धाक छोड्नु; नचाहिँदो फुर्ती लाउनु।
21400 गुण ना. १. कुनै पनि वस्तुलाई अरू सजातीय वस्तुबाट छुट्ट्याउन वा अलग्याउन सहायक हुने निजी स्वभाव, विशेषता वा धर्म।