Dictionary

All Word

21401 गुण ना. २. कुनै मानिसमा रहको असल स्वभाव; सद्गुण।
21402 गुण ना. ३. एक अर्कालाई प्रभाव पार्न सक्ने तत्त्व वा प्रशंसनीय विषय।
21403 गुण ना. ४. कुनै वस्तुको निर्माण, काम, विद्या, व्यवहार आदिको सिप; निपुणता।५. वस्तुबाट प्राप्त हुने फाइदा वा लाभ; उपयोगिता।
21404 गुण ना. ६. ब्रह्माण्डका प्राकृतिक धर्म वा वृत्ति (सत्व, रज, तम )।७. योगशास्त्रका अनुसार स्वभावमा देखिने शम, दम र तितिक्षा तीन गुण।
21405 गुण ना. ८. उपर्युक्त वृत्ति वा गुणका आधारमा तीन सङ्ख्याको सूचक शब्द। पूर्वीय काव्यशास्त्रका अनुसार रसलाई उत्कर्ष प्रदान गर्ने श्लेष, समाधि, औदार्य, माधुर्य, ओज, प्रसाद, अर्थव्यक्ति, कान्ति, सुकुमारता र समतानामक तत्त्व। १०. व्याकरणमा स्वरसन्धिका अ, उ, ओ तीनवटा अक्षर।
21406 गुण ना. ११. एक अङ्कलाई अर्को अङ्कले गुणन गर्ने काम; गुणा।
21407 गुण ना. १२. धनुको ताँदो वा डोरी।
21408 गुण ना. १३. धागो; डोरी; सुत।
21409 गुण ना. १४. वास्तु वा मूर्तिकलामा तीन इन्च बराबरको नापो; तीन अमल।
21410 गुणक ना. १. कुनै अङ्कलाई गुणन गर्ने अङ्क; गुन्ने अङ्क।२. गुणन गर्ने मानिस; गुन्नेवाला।
21411 गुणकथन ना. १. कसैका गुणबारे गरिने प्रशंसा; गुणगान; गुणानुवर्णन।
21412 गुणकथन ना. २. काव्यमा वियोग श्रृङ्गारमा हुने नायकका दश दशामध्येको एक।
21413 गुणकामदेव ना. काठमाडौँ सहर बसाल्ने र स्वम्भूको स्तूप बनाउने भनी वंशावलीमा चर्चित नेपालका लिच्छविकालीन प्राचीन राजा।
21414 गुणकारक /कारी वि. कुनै न कुनै प्रकारको गुण भएको वा फाइदा गर्ने; लाभदायक।
21415 गुणकीर्तन ना. १. गुण र यशको प्रशंसा गरिने नाटकको एउटा लक्षण।
21416 गुणकीर्तन ना. २. गुणको बखान; गुणानुवर्णन।
21417 गुणगान ना. कसैको गुण, स्वभाव आदि विषयलाई लिई गरिने प्रशंसा; बढाईचढाई गरिने गुणको बखान।
21418 गुणग्रहण ना. १. अर्कामा रहेको सद्गुण वा राम्रा कुराको सिको।
21419 गुणग्रहण ना. २. अरूले गरेको गुण सम्झने काम; कृतज्ञता स्वीकार।
21420 गुणग्राही वि. गुणको वा गुणीको कदर गर्ने; गुण सम्झने।
21421 गुणज्ञ वि. असल कुरा वा गुणको मर्म बुझ्ने; गुण जान्ने; गुणको कदर गर्ने।
21422 गुणत्रय ना. प्राकृतिक प्रमुख तीन गुण (सत्त्व, रज, तम )।
21423 गुणधर्म / धर्मिता ना. कुनै पदार्थमा पाइने विशेषता वा स्वभाव; वस्तुगत विशेषता।
21424 गुणन ना. एक अङ्कले अर्को अङ्कलाई गुन्ने काम; गुणा।
21425 गुणनफल ना. एक अङ्कले अर्को अङ्कलाई गुणन गर्दा निस्कने परिणाम; गुणा गरेर निकालिएको उत्तर; गुनेर आएको सङ्ख्या।
21426 गुणनिधि वि . धेरै उत्तम गुण भएको; धेरै गुण हुने; गुणहरूको खानी; गुणवान्; गुणी।
21427 गुणवाचक वि. १. गुण वा विशेषताको बोध गराउने। ना.
21428 गुणवाचक वि. २. व्याकरणअनुसार नाम, सर्वनामको गुण, विशेषता, स्वभाव आदिको बोध गराउने विशेषण शब्द (राम्रो, बाठो, मिठो, उज्यालो, रातो, कालो इ.)।
21429 गुणवान् वि. विभिन्न गुणले युक्त; गुण भएको; गुणी।
21430 गुणसागर वि . विशिष्ट गुण भएको; ठुलो गुणी।
21431 गुणस्तर ना. कुनै वस्तु वा पदार्थमा रहेको गुणको मात्रा; त्यस्तो गुणको मूल्याङ्कन गरी निर्धारण गरिने स्तर।
21432 गुणहीन वि. कुनै गुण वा विशेषता नभएको; गुणरहित; निर्गुणी।
21433 गुणा वि. १. कुनै अर्को सङ्ख्यालाई कुनै सङ्ख्याले गुनिएको; गुणन गरिएको (दोबर, तेवर वा दुना, तिना इ.)। ना.
21434 गुणा वि. २. गणितमा कुनै एक सङ्ख्याले कुनै अर्को सङ्ख्यालाई गुन्ने क्रिया वा विधि; गुणन।
21435 गुणाकर वि. धेरै गुण भएको; गुणहरूको खानी भएको; गुणनिधि।
21436 गुणाङ्क ना. १. गणितमा गुणा गरिने सङ्ख्या।२. लिच्छविकालका 'गुण' पद भएका कुनै राजाका पालाको 'गुण' शब्द-अङ्कित सिक्का।
21437 गुणाढ्य वि. १. धेरै असल गुण भएको; सद्गुणी। ना.
21438 गुणाढ्य वि. २. पैशाची प्राकृतमा 'बड्ड कहा' (बृहत् कथा) नामक ग्रन्थ लेख्ने प्रसिद्ध कवि।
21439 गुणातिशय ना. साहित्यशास्त्रअनुसार नाटकका गुणको असाधारण उत्कर्ष गराउने एक लक्षण।
21440 गुणातीत वि. १. प्राकृतिक गुणहरूदेखि मुक्त रहेको; निर्गुण; निर्विकार। ना.
21441 गुणातीत वि. २. परमेश्वर।
21442 गुणात्मक वि. गुणलाई महत्त्व दिइएको; गुण बेसी भएको; गुण बढाउने।
21443 गुणात्मकता ना. गुणात्मक हुनाको भाव वा स्थिति।
21444 गुणात्मक मूल्याङ्कन ना. गुण र स्तर निर्धारण गर्नका निम्ति गरिने मूल्याङ्कन; वस्तुको सङ्ख्यात्मक र वस्तुगत पक्षलाई छाडी आन्तरिक मूल्य निर्धारित गर्ने क्रिया वा व्यवस्था।
21445 गुणानुवाद ना. गुण वा चरित्रको बखान; कसैमा भएका राम्रा गुणको प्रशंसा; गुणगान; प्रशंसा।
21446 गुणान्वित वि. असल गुणले युक्त; गुणवान्।
21447 गुणी वि. १. गुण भएको; गुणयुक्त; गुणवान्। ना.
21448 गुणी वि. २. दोखपिचास लाग्दा झारफुक गर्ने व्यक्ति; धामी वा झाँक्री।
21449 गुणीभूत वि. मुख्य अर्थ नभएको; गौण बनेको; अप्रधान।
21450 गुणीभूत व्यङ्ग्य ना. काव्यमा मूल रूपमा अभिधा अर्थ र गौण रूपमा व्यञ्जना अर्थ भएको अप्रधान व्यङ्ग्य; मध्यमस्तरको काव्य।