Dictionary

All Word

21551 गुन्द्रुके वि. २. गुन्द्रुक खाएर जीवन-निर्वाह गर्नुपर्ने (मानिस)।
21552 गुन्द्रुके वि. ३. निम्न स्तरको; रद्दी।
21553 गुन्द्रुङ्ग / गुन्द्रुङ्ङ क्रि.वि. कुनै प्राणी वा वस्तु फाल हाल्दा वा खस्दाको आवाज आउने गरी।
21554 गुन्न क्रि.वि. १. मौरी, भमरा आदि भुनभुनाएको स्वर आउने किसिमले।
21555 गुन्न क्रि.वि. २. धेरै जनाले एकै साथ बिस्तारै कुरा गर्दा आवाज आउने चालमा।
21556 गुन्यु ना. १. आइमाईले कम्मरभन्दा मुनि लाउने सानो फरिया।
21557 गुन्यु ना. २. पेटीकोटजस्तो दुई छेउ गाँसेर इँजार हाली लाइने सानो खालको फरिया।
21558 गुन्यु ना. ३. साधारण खालको वा जडाउरी फरिया।
21559 गुन्यु चोलो ना. १. गुन्यू र चोलो।
21560 गुन्यु चोलो ना. २. परम्पराअनुसार कन्न्या पाँच वर्षकी हुँदा विधिपूर्वक दिइने धोती र चोलो (उदा.- भैलिनी आइन् आँगन, गुन्यू चोलो मागन (लोकगीत)।
21561 गुन्यू ना. हे. गुन्यु।
21562 गुपचुप ना. १. बाहिर प्रकट नहुने गरी भित्रभित्रै कुनै काम-कुरो दबाउने चाल वा स्थिति; ढाकछोप; चुपचाप।
21563 गुपचुप ना. २. खुवा र मैदा मिसाएर डल्लो पारी घिउमा पकाएर चिनीको चास्नीमा डुबाइएको, भित्र खोक्रो भएको गुलाफजामुनका किसिमको मिठाई।
21564 गुप्त वि. १. बाहिर प्रकट वा व्यक्त नभएको; भित्रभित्रै छिपेर रहेको; लुकेको; भित्री; नदेखिने; अदृश्य।
21565 गुप्त वि. २. सुरक्षित गरिएको; जोगाइएको (गुप्त धन, गुप्त प्रेमी इ.)।
21566 गुप्त वि. ३. मुस्किलले जानिने; गूढ। ना.
21567 गुप्त वि. ४. मध्यकालीन भारतको मगध राज्यको एक नामुद राजवंश (गुप्तवंश); एक प्रकारको थर।
21568 गुप्तचर ना. गोप्य तरिकाले सक्रिय भई कुनै कुराको भेद पत्ता लगाउने काममा खटिएको व्यक्ति; गोप्य रूपमा स्वदेशभित्र वा बाहिरका विभिन्न कामकुरा, व्यक्ति, संस्था आदिको भेद, रहस्य वा विशेष जानकारी प्राप्त गर्न खटाइएको व्यक्ति; गुप्त दूत; जासुस; भेदिया; गुप्ती प्रहरी वा पुलिस (सी.आई.डी)।
21569 गुप्तचर विभाग ना. सरकारका तर्फबाट गुप्तचरसम्बन्धी कार्यको परिचालन गर्ने जिम्मेवारी सुम्पिएको प्रशासनिक निकाय; गुप्तचरहरूमार्फत कुनै खास अपराध, भ्रष्टाचार वा मामिलाको छानबिन गर्ने अड्डा; जासुसको काम गर्ने सरकारी अड्डा।
21570 गुप्तचरी ना. १. गुप्तचरको काम वा भाव।
21571 गुप्तचरी ना. २. गुप्तचरको काममा नियुक्त स्त्री; आइमाई जासुस।
21572 गुप्तदान ना. कुनै प्रचार नगरी गोप्य रूपमा दिइने दान; दान दिने व्यक्तिबाहेक अरू कसैले यति र यस्तो वस्तु दियो भन्ने थाहा पाउन नसकिने दान।
21573 गुप्तधन ना. कसैलाई पनि जानकारी नदिई गोप्य रूपमा राखिएको सम्पत्ति; गाडधन।
21574 गुप्तलिपि ना. १. गुप्तकालीन लिपि।
21575 गुप्तलिपि ना. २. सर्वसाधारणले बुझ्न नसक्ने गरी विशेष सङ्केतका आधारमा लिखित लिपि; कूटलिपि।
21576 गुप्तवेश ना. कुनै खास प्रयोजनका निम्ति आफ्नो रूप वा पहिचान छिपाई अरुले आफूलाई चिन्न नसक्ने पार्नका निम्ति विशेष वेशभूषा वा पहिरन प्रयोग गरिएको स्थिति; त्यस्तो पहिरन वा रूपविन्यास; छद्मवेश।
21577 गुप्ति ना. १. लुकाउने, छिपाउने वा गोप्य राख्ने काम; कसैले पनि देख्न र थाहा पाउन नसक्ने गरी गोप्य राखिएको स्थिति वा व्यवस्था; गोपन।
21578 गुप्ति ना. २. रक्षा; संरक्षण।
21579 गुप्ती वि. १. ढाकिएको; गुप्त; गुह्य; भित्री (गुप्ती कुरो; गुप्ती पैसो इ.)। ना.
21580 गुप्ती वि. २. भित्रतिर तरबार वा किरिच लुकाई राख्ने गरी बनाइएको लट्ठी। ३ गुप्तचर। ४ तहखाना; ताइखाना; भूगृह।
21581 गुप्ती कुरो ना. थाहा पाउन नहुने वा थाहा पाउन नसकिने कुरो; रहस्यमय कुरो; गोप्य विषय वा सन्दर्भ।
21582 गुप्ती कोठो ना. कुनै कुरो अरूले थाहा पाउलान् भनी गोप्य वा एकान्त रहेको कोठो; भित्री कोठो; भँडार।
21583 गुप्ती पुलिस ना. विभिन्न कुराको भेद वा अपराध तथा भ्रष्टाचार आदिको वस्तुतथ्य गोप्य रूपमा पत्ता लगाउने काममा नियुक्त प्रहरी; कुनै विशेष मामिलाको गुप्त छानबिन गर्ने प्रहरी।
21584 गुप्तीमारा वि. थाहा नै नदिई भित्रभित्रै अर्काको जरो काट्ने (व्यक्ति); अर्काको नहुँदो गर्ने; कपटी।
21585 गुफा ना. १. पहरो, ढुङ्ग्यान आदि जमिनमा बनेको सुरुङ; ओडार।
21586 गुफा ना. २. ऋषि, मुनि वा जोगी-सन्न्यासी बस्ने कुटी।३. बाघ-भालु आदिको ओडार।
21587 गुब्बारा ना. हावा भरेर उडाइने, हल्का र पातलो, रङ्गीचङ्गी रबरको थैलो; बेलुन।
21588 गुभाजु ना. १. नेपालको बौद्ध सम्प्रदायमा पर्ने नेवारको एक वर्ग वा जात; एक बौद्ध धर्म मान्ने नेवारको गुरु वा पुरोहित।२. बिरामीहरूलाई झारफुक आदि गर्ने, सोही वर्गको तान्त्रिक व्यक्ति।
21589 गुभाजू ना. हे. गुभाजु।
21590 गुभे वि. १. गुभो भएको।
21591 गुभे वि. २. गुभो जस्तै कमलो वा कलिलो।
21592 गुभे डोरी ना. पोयो लाएर बाटेको डोरीलाई नै फेरि जम्मा तीन पोयो हुने गरी बाटेको डोरी; पोयाको हिसाबले नौ पोया हुने डोरी।
21593 गुभेपात ना. कुनै बोटबिरुवाको गुभोको पात; गर्भे पात।
21594 गुभो वि. १. कर्कलो, मकै, धान, केरा आदि बोट-बिरुवाको भित्रपट्टिको कमलो भाग; गुदी भाग; गर्भाङ्कुर; टुसो।२. विशेष ढाँचाले बाटेको डोरीभित्रको पोयो वा डोरी।
21595 गुम्नु अ.क्रि. १. मौका आएर पनि कुनै वस्तु आफूले नपाउने हुनु; हराउनु।
21596 गुम्नु अ.क्रि. २. समय बित्नु; बेला नाघ्नु।
21597 गुम्नु अ.क्रि. ३. हिस्स पर्नु; भुस्सिनु।
21598 गुम ना. १. बेपत्ता; गायब; अलप। वि.
21599 गुम ना. २. छिपेको; लुप्त।
21600 गुमज ना. झ्याल , ढोका, छानो, पुल आदिमा अर्धवृत्ताकार बान्की; बिखुम; गुमोज।