Dictionary

All Word

21651 गुराँस ना. २. रातो रङमा फुल्नेचाहिँ नेपालको राष्ट्रिय फूल ( लालीगुराँस )।
21652 गुराँस ना. ३. दाल खाइने; मस्याङजस्तो एकथरी अन्न।
21653 गुराँस थुँगे वि. गुराँसका थुँगाजस्तो; झपक्क परेको वा भरभराउँदो।
21654 गुराँसे वि. १. गुराँसजस्तो रातो; गुराँससम्बन्धी।२. निकै सिँगारिनुपर्ने; नक्कले; झिल्के। स्त्री. गुराँसी।
21655 गुराउ ना. १. मन्त्रबलले बाघ, भालु आदिको रूप लिन सक्ने भनी विश्वास गरिएको व्यक्ति।
21656 गुराउ ना. २. थारूसमाजमा धर्मकर्म वा तन्त्रमन्त्रको काम गर्ने व्यक्ति; थारूहरूको तान्त्रिक सम्प्रदाय।
21657 गुरिया ना. काठ, काँच, प्लास्टिक आदिका टुक्रालाई माझमा प्वाल पारी धागोमा उनेर चिटिक्क पारी बनाइने गहना(गहनासित जोडिएर प्रयुक्त हुने। )।
21658 गुरिल्ला ना. १. अफ्रिकाको जङ्गलमा रहने एक थरी वनमान्छे; धेरैजसो मानिसका आकारसित मिल्ने ठुलो जातको बाँदर; गोरिल्ला।
21659 गुरिल्ला ना. २. गुरिल्ला जस्तै सधाइएका लडाकु; लडाकु जाति।
21660 गुरिल्ला युद्ध ना. ससाना दलमा बाँडिई मौका छोपेर दुस्मनमाथि गरिने आक्रमण; गुरिल्लाले झैँ गरिने हमला।
21661 गुरु ना. १. कुनै पनि विद्या वा शिक्षा प्रदान गर्ने व्यक्ति; शिक्षक, अध्यापक। सङ्गीतकला आदि सिकाउने व्यक्ति; उस्ताद।
21662 गुरु ना. ३. गायत्री, वेदमन्त्र आदि दीक्षा दिने व्यक्ति; आचार्य।
21663 गुरु ना. ४. बुद्धि, बल, उमेर, विद्या आदिमा श्रेष्ठ तथा आदरणीय वा पूज्य व्यक्ति; मान्य जन।
21664 गुरु ना. ५. छन्दशास्त्रअनुसार दुई मात्रा हुने अक्षर; दीर्घ अक्षर वा सो जनाउने चिह्न []।६. सङ्गीतमा एउटा दीर्घ वा दुइटा लघु मात्रा हुने तालको अंश।
21665 गुरु ना. ७. नवग्रहमध्ये एक; बृहस्पति। वि.
21666 गुरु ना. ८. तौल वा भार भएको; कठिन ( गुरुभार, गुरुकार्य इ.)।९. गाह्रोसित पच्ने वा पाक्ने (गुरुपाक)। १०. वजनदार; गहकिलो।११. बडेमाको; महत्त्वपूर्ण; ठुलो।
21667 गुरुआमा ना. १. गुरुपत्नी; गुरुमा।
21668 गुरुआमा ना. २. अध्यापन गर्ने महिला; शिक्षिका।
21669 गुरुकापी ना. १. मुद्रणका निम्ति प्रेसमा पठाइएको पाण्डुलिपि; छाप्न दिइएको मूल प्रति।
21670 गुरुकापी ना. २. सक्कल पत्र।
21671 गुरुकुल ना. १. विद्यार्थीहरूलाई सिधा र आवासको निःशुल्क व्यवस्था गरी पठनपाठन आदि गराउने आश्रम; गुरुको सेवाशुश्रूषा गरी विद्याको आर्जन तथा अध्ययन गर्नुपर्ने प्राचीन पद्धतिको विद्याकेन्द्र।२. गुरुको वंश; गुरुखलक; गुरुघराना।
21672 गुरुगृह ना. १. गुरुको घर; गुरुको आश्रम।
21673 गुरुगृह ना. २. गुरुकुल।
21674 गुरुघण्टाल ना. १. मन्दिर, देवालय आदिका पूजाआजामा हुने भजनकीर्तन, गानबजान आदि नसुन्ने उद्देश्यले आफ्नै कानमा घण्टी झुन्ड्याएर बजाउँदै हिँड्ने भनी कहलिएका एक गुरु।
21675 गुरुघण्टाल ना. २. आफैँलाई श्रेष्ठ मान्ने अहङ्कारी व्यक्ति; मै हुँ भन्ने मानिस।
21676 गुरुघण्टाल ना. ३. साह्रै चलाख वा धूर्त व्यक्ति।
21677 गुरुघराना ना. १. राज-खानदानका गुरु खलक; राजकुलका गुरु।२. गुरुपरम्परा।
21678 गुरुङ ना. विशेष गरी नेपालका मध्यपश्चिमी पहाडी क्षेत्रमा बसोबास गर्ने तिब्बतबर्मेली भाषापरिवारमूलको एक जाति।
21679 गुरुङ मादल ना. ठुलो चक्का, बाक्लो खरी र गर्जनदार आवाज हुने मादल।
21680 गुरुङ्सिनी / गुरुङ्सेनी ना. गुरुङ-जातिकी स्त्री; गुरुङ आइमाई।
21681 गुरुजन ना. मान्नुपर्ने बाबुआमा, गुरु आदि पूज्य र ठुला व्यक्तिको समूह; आदरणीय वा मान्यवर्ग।
21682 गुरुजल ना. लवणांशको आधिक्यले गर्दा गरिष्ठ भएको समुद्रको पानी; आणविक गुणयुक्त पानी ( हेभी वाटर)।
21683 गुरुज्यू ना. १. गुरुको आदरका निमित्त प्रयोग गरिने शब्द; आचार्य।
21684 गुरुज्यू ना. २. राजपरिवारले मानेका वा राजपरिवारलाई मन्त्रदान दिने गुरु।
21685 गुरुता ना. १. गुरु हुनाको भाव वा स्थिति; गुरु कहलाउन मद्दत मिल्ने गुण।
21686 गुरुता ना. २. गुरुको पद वा अधिकार; गुरुत्व।
21687 गुरुता ना. ३. बोझ; भार।
21688 गुरुताभास ना. अरूभन्दा आफूलाई श्रेष्ठ ठान्ने मनोभावना वा सोचाइ; उच्चताबोध।
21689 गुरुत्व ना. १. गुरु हुनाको भाव वा अवस्था; गुरुता।२. गहकिलोपन; महत्त्व।
21690 गुरुत्व केन्द्र ना. कुनै भौतिक पदार्थको सम्पूर्ण भार केन्द्रित हुने बिन्दु; मध्यबिन्दु।
21691 गुरुत्वाकर्षण ना. कुनै पिण्डले अर्को पिण्डलाई आफूतिर खिच्ने अथवा सो पिण्ड आफैं अर्को पिण्डतर्फ खिचिने भौतिक शक्ति; पृथ्वी आदि ग्रहमा रहेको पारस्परिक आकर्षणको शक्ति वा गति।
21692 गुरुदक्षिणा ना. शिक्षादान गरे वा पढाएबापत अथवा मन्त्रदीक्षा दिएबापत गुरुलाई अर्पिने श्रद्धाको रकम; गुरुभेटी।
21693 गुरुपाक वि. सजिलैसित नपच्ने वा नपाक्ने।
21694 गुरुपात ना. जुत्ता सिउँदा छाला अड्याउन हालिने भित्री तलुवा।
21695 गुरुपुष्य ना. ज्योतिषशास्त्रअनुसार बिहीबारका दिन पुष्य नक्षत्र कुनै कार्यारम्भका निम्ति शुभ मानिने योग वा पर्व।
21696 गुरुपूजा ना. १. विशेष रूपमा श्रद्धापूर्वक गरिने गुरुको पूजा।
21697 गुरुपूजा ना. २. त्यस्तो पूजा गरिने माहात्म्य भएको गुरुपूर्णिमाको दिन वा पर्व।
21698 गुरुपूर्णिमा ना. गुरुको विशेष रूपमा पूजा गरिने वा त्यस्तो पूजाको माहात्म्य भएको आषाढ शुक्ल पूर्णिमाको दिन; व्यासपूर्णिमा।
21699 गुरुबक्स कम्पनी ना. एउटा पुरानो नेपाली सैनिक टोलीको नाम।
21700 गुरुबा/गुरुबाबु ना. १. विद्यादान गर्ने व्यक्ति; गुरु; शिक्षक; अध्यापक।