Dictionary

All Word

21751 गुला ना. पुरुषजातिको लिङ्गसँगै झुन्डिएर रहेको जोडी कोष; अण्डकोष; अण्ड; आँडो।
21752 गुलाफ ना. १. एउटै भेट्नामा तीनचारवटा पात हुने,फेददेखि टुप्पासम्म डम्फरका जस्ता काँडा हुने, विभिन्न रङका सुगन्धी फूल फुल्ने बोट; अत्तर, सुगन्धी जल आदि बनाइने त्यसकै फूल।
21753 गुलाफ ना. २. परिवार नियोजनका निम्ति गर्भनिरोध गर्न स्त्रीले खाने चक्की औषधीलाई दिइएको नाम; पिल्स।
21754 गुलाफजल ना. सुगन्धित द्रव्य मिसाई गुलाफको फूलबाट तयार गरिने अरक।
21755 गुलाफजामुन ना. १. खुवा र मैदा मुछेको ससानो वा ठिक्कको डल्लो घिउमा पकाएर रातो-रातो भएपछि पागमा डुबाई तयार गरिने मिठाइ; लालमोहन।
21756 गुलाफजामुन ना. २. भित्र दुई फग्ल्याँटा परेको खैरो बियाँ हुने, पहेँलो अम्बाका रङको खाँदा गुलियो स्वाद हुने फल।
21757 गुलाफी वि. १. गुलाफजस्तो रङको; हल्का रातो रङ भएको।
21758 गुलाफी वि. २. गुलाफसम्बन्धी; गुलाफको।
21759 गुलाफी वि. ३. हल्का; नजानिँदो छाँटको (घोचपेच, नशा, पीडा आदि)।
21760 गुलाफी छेड ना. बाहिर थाहै नपाइने, भित्र भने बिझ्ने किसिमले गरिने कुरो; चाल नपाउने किसिमले गरिएको व्यङ्ग्य; छड्के भनाइ।
21761 गुलाब ना. हे. गुलाफ।
21762 गुलाबजल ना. गुलाफजल।
21763 गुलाबजामुन ना. गुलाफजामुन।
21764 गुलाब तकिया ना. गाँजा काटेर मसिनो पार्ने प्रेमकटारीको अचानो।
21765 गुलाबपास ना. गुलाफजल हालेर छर्कने सुराहीजस्तो सानो भाँडो।
21766 गुलाबी वि. हे. गुलाफी।
21767 गुलाम ना. १. कमारो; दास।
21768 गुलाम ना. २. अधीनस्थ व्यक्ति; ऐँचमा परेको मान्छे।
21769 गुलाम ना. ३. दहर र मिमका बिचको एघार फुट्टीलाई सङ्केत गर्ने तासको पत्ती।
21770 गुलामचोर ना. तास खेलमा पत्ती थुत्दै जाँदा अन्तिममा जससँग गुलाम बाँकी रहन्छ उसले हार्ने एक खेल।
21771 गुलामी ना. गुलाम हुनाको भाव वा अवस्था; दासता।
21772 गुलियो ना. १. मिस्री,चिनी, मह आदिको स्वाद। वि.
21773 गुलियो ना. २. त्यस्तो स्वादको; मधुर; मिठो।
21774 गोलकाँक्री ना. तीनकुने पात हुने, लामा नङ्ग्रा निस्कने, पहेँला फूल फुल्ने, काँचामा हरिया र पाक्ता राता हुने र फल फल्ने एक लहरो; सोही लहरामा फलेको फल।
21775 गुलुब ना. बिजुली, टर्चलाइट आदिको बत्ती बल्ने चिम; बल्ब।
21776 गुलेर ना. एक प्रकारको बोट वा त्यसैको फल।
21777 गुलेली ना. १. दुईचोके सानो काठमा रबरको फित्ता लगाई हातले तन्काएर मट्याङ्ग्रा हुर्‍याई चराचुरुङ्गीको सिकार गरिने अस्त्र।
21778 गुलेली ना. २. चोयाको ताँदो लाएर मट्याङ्ग्राले हानी चराचुरुङ्गीको सिकार गरिने धनुष।
21779 गुलो ना. गुलाको एक वचनको रूप।
21780 गुल्टनु अ.क्रि. १. थाहै नपाई एक्कासि लड्नु; पछारिनु; घुसमुन्टिनु।
21781 गुल्टनु अ.क्रि. २. उत्तानो टाङ हुनु; उभिन्डिनु।
21782 गुल्टनु अ.क्रि. ३. प्रयास खेर जानु; फेल हुनु।
21783 गुल्टनु अ.क्रि. ४. पराजित हुनु; हार्नु।
21784 गुल्टनु अ.क्रि. ५. मर्नु; जिब्रो टोक्नु।
21785 गुल्टनु अ.क्रि. ६. सखाप हुनु; बिग्रनु; नष्ट हुनु।
21786 गुल्टाइ ना. गुल्टने वा गुल्टाउने क्रिया-प्रक्रिया।
21787 गुल्टाइनु क.क्रि. गुल्टने पारिनु; गुल्ट्याइनु।
21788 गुल्टाउनु प्रे. क्रि. गुल्टने पार्नु; गुल्ट्याउनु।
21789 गुल्टिनु अ.क्रि. १. अचानक लड्नु; पछारिनु।
21790 गुल्टिनु अ.क्रि. २. मुन्टाको भर पर्नु; उभिन्डिनु।
21791 गुल्टिनु अ.क्रि. ३. असफल हुनु; फेल हुनु।
21792 गुल्टिनु अ.क्रि. ४. हार्नु।
21793 गुल्टिनु अ.क्रि. ५. मर्नु।
21794 गुल्टिनु अ.क्रि. ६. बिग्रनु; नष्ट हुनु।
21795 गुल्ट्याइ ना. गुल्टिने क्रिया वा प्रक्रिया।
21796 गुल्ट्याउनु प्रे. क्रि. १. पछार्नु; लडाउनु।
21797 गुल्ट्याउनु प्रे. क्रि. २. मुन्ट्याउनु; उभिन्ड्याउनु।
21798 गुल्ट्याउनु प्रे. क्रि. ३. हराउनु; पराजित गर्नु।
21799 गुल्ट्याहट ना. गुल्टिने स्थिति वा क्रिया-प्रक्रिया; गुल्ट्याइ।
21800 गुल्म ना. १. एकै फेदबाट धेरै हाँगा निस्कने बोट (उखु, बाँस,धान आदि)।