Dictionary

All Word

21901 गेगरान वि. ढुङ्गा वा इँटका टुक्रैटुक्रा भएको; ढुङ्ग्यान; ढुङ्गे (बाटो जमिन)।
21902 गेग्रिन वि. १. गेगर भएको; गेग्य्रान। ना.
21903 गेग्रिन वि. २. गेगर।
21904 गेग्रिन पाखो ना. रुख, बुटा केही नभएको, खर मात्र पलाउने पाखो; गेगरैगेगर भएको; रुखबिरुवा नहुने सुक्खा जमिन।
21905 गेग्य्रान वि. हे. गेग्रान।
21906 गेडागुडी ना. चना, सिमी, केराउ, भटमास आदिका ठूलासाना गेडाको समूह; गेडागेडी।
21907 गेडी ना. १. सानो गेडो।
21908 गेडी ना. २. दानु; गेडो ( बालबोलीमा )।
21909 गेडी ना. ३. शरीरका अङ्गहरूका हाडको जोर्नी।
21910 गेडी ना. ४. पोतेका साथ उनेर लगाइने सुनको गहना (नौगेडी)।
21911 गेडी ना. ५. मोटर, साइकल आदिको गति हलुको पार्दै गुड्न मदत गर्ने जोर्नीमा रहेका विभिन्न आकारका फलामका बाटुला टुक्रा।
21912 गेडे मल ना. सेतो, खैरो र कालो रङका ससाना दाना हुने तथा नाइट्रोजन, फसफोरस र पोटास तीन तत्त्व भएको रासायनिक मल (कम्प्लेक्स मल)।
21913 गेडो ना. १. मकै, केराउ, सिमी, चना आदिको दाना; अन्नको सानो -ठुलो बीज।
21914 गेडो ना. २. फल।
21915 गेडो मुठो ना. मुठीले सोहोर्न सकिने र औँलाले टिप्न सकिने अनाजका सबै दाना; गेडागेडी।
21916 गेमरा हे. गेवँरा।
21917 गेय ना. मनमा दुखपूर्वक लिइएको ईख; रिस, इबी। (उदा.- तिमी मनमा गेय राख्छौ भने कसरी सँगै बस्नु ? )।
21918 गेय वि. लयमा ढालेर गाउन सकिने; गाउन लायक; गाउन योग्य।
21919 गेय काव्य ना. सङ्गीतको प्रधानता रहेको, प्रवाहमय तथा कविका आत्मानुभूतिले पूर्ण काव्य; काव्यत्व र गेयता समान रूपमा रहेको काव्य; प्रगीतकाव्य।
21920 गेयात्मक वि. गीतितत्त्व प्रधान भएको; गेय गुण भएको (काव्य, कविता आदि )।
21921 गेयात्मकता ना. गेयात्मक हुनाको भाव, गुण वा स्थिति।
21922 गेरु ना. घर, कोठा र लुगा (प्रायः जोगीका आदि रँगाउन प्रयोग गरिने फुस्रो रातो रङको खनिज वा रछाहा पहेँल्चो माटो।
21923 गेरुवा वि. गेरु रङको; गेरुले रँगाएको; गेरु रङ पोतिएको।
21924 गेवँरा ना. १. सेतो, मोटो, कमलो र स्वादिलो असल जातको उखु; गेमरा।
21925 गेवँरा ना. २. अदुवाका जस्ता ठुलालाम्चा पात हुने, एक बर्खे बा त्यसैको पहेँलो सेतो सुगन्धी फूल।
21926 गेवँरा उखु ना. सेतो कमलो उखु।
21927 गेह ना. घर; गृह।
21928 गेहिनी ना. गृहिणी; पत्नी।
21929 गेहे ना. हे.गेय।
21930 गैँची ना. समुद्र वा ठुला नदीमा पाइने माछाको एक भेद।
21931 गैँडा ना. नाकको डँडाल्नीमा एउटा सिङ हुने, ठुलो, भद्दा आकारको, शाकाहारी जङ्गली जनावर; खड्गी।
21932 गैँडे वि. गैँडाजस्तो; मोटोघाटो भईकन पनि पुड्को। स्त्री. गैँडी।
21933 गैँडे किरो ना. गोबरमा पैदा हुने भमराजस्तो कालो किरो; गोब्रेकिरो; गुहेकिरो।
21934 गैँती ना. जमेको हिउँ खनेर बाटो साफ गर्ने र माटो आदि उक्काउने काठको बिँड भएको चुच्चे फलामे हतियार।
21935 गैडु ना. लोकविश्वासअनुसार गाईबस्तुको रक्षाका निम्ति मार्गशुक्ल पूर्णिमाका दिन गोठमा पूजा गरिने देवता।
21936 गैडु पूजा ना. गैडु देवताको पूजा।
21937 गैमार वि. रद्दी; बिकम्मा।
21938 गैर ना. १. गयल; अनुपस्थिति।
21939 गैर ना. २. पदको अघिल्तिर जोडिई भिन्न वा बाहेक अर्थ बुझाउने शब्द (गैरसरकारी; गैरकानुनी, गैरनेपाली इ.)।
21940 गैर कानुनी वि. कानुनविरुद्ध वा कानुनद्वारा अपराध ठहरिने; अड्डा-अदालतमा मुद्दा चलाउन सकिने; अवैधानिक (व्यवहार, आचरण,काम-कुरा आदि)।
21941 गैरजिम्मेदार वि. जिम्मेदारी नभएको; अनुत्तरदायी।
21942 गैरजिम्मेदारी ना. जिम्मेदार नरहेको विषय; अनुत्तरदायित्व।
21943 गैरसरकारी वि. सरकारको स्वामित्व नभएको; व्यक्ति वा व्यक्तिसमुदायमा निहित।
21944 गैरहाजिर वि . हाजिर वा उपस्थित नभएको; गयल; अनुपस्थित।
21945 गैरहाजिरी ना. अनुपस्थिति।
21946 गैरिक ना. १. गेरु।
21947 गैरिक ना. २. सुन। वि.
21948 गैरिक ना. ३. गेरु रङको; गेरुवा।
21949 गैरी वि. छेउछाउको जमिनको तुलनामा होचो; भासिएको; गहिरो; गैह्री।
21950 गैरी खेत ना. छिपछिपे भए पनि पानी जमिरहने खेत; कुलो लाग्ने असल खेत; गहिरी खेत।