Dictionary

All Word

21951 गैरी जँघार ना. कुनै नदी केही उठेको जमिनमा फैलिई पैदल वारपार गर्न सकिने ठाउँ।
21952 गैरी जानु टु. छोराछोरी नहुनु।
21953 गैरो वि. वरिपरि अग्लो भई बिचमा होचो भएको; खाडलजस्तो परेको; गहिरो; गैह्रो।
21954 गैवार वि. १. गँवारे काम नलाग्ने; रद्दी; बेकम्मा।
21955 गैवार वि. २. फोहरी; घिनाहा।
21956 गैवार वि. ३. कहिल्यै पानी नसुक्ने गह्रो (खेत); खाडी।
21957 गैह्र वि. इत्यादि; जो भएको सबै; समस्त; जम्मै।
21958 गैह्री वि. छेउछाउको जमिनको तुलनामा होचो; गहिरो; गैह्रो; गैरी।
21959 गैह्री खेत ना. गैरी खेत; गहिरी खेत।
21960 गैह्री जँघार ना. गैरी जँगार; गहिरी जँघार।
21961 गैह्री जानु टु. बाँझी हुनु; गैरी जानु।
21962 गैह्रो वि. गहिरो; गैरो।
21963 गोँज ना. मसानघाटमा मुर्दा पोल्ने काम गर्ने नेवारहरूको एक जात।
21964 गोँज ना. १. गोही; ग्राह। वि.
21965 गोँज ना. २. गोज्याङ्ग्रो; लठेप्रो।
21966 गो ना. १. गाई; गौ।
21967 गो ना. २. पृथिवी।
21968 गो ना. ३. गोरु।
21969 गो ना. ४. इन्द्रिय।
21970 गोकर्ण ना. १. काठमाडौँको पूर्वोत्तरमा रहेको एक प्रसिद्ध तीर्थ; त्यस तीर्थमा स्थापित शिवलिङ्ग।
21971 गोकर्ण ना. २. गाईका जस्ता कान हुने एक मृग; गाईकाने बराँठ।
21972 गोकर्ण ना. ३. भागवतप्रसिद्ध धुन्धुकारीका भाइको नाम।
21973 गोकर्ण ना. ४. अङ्गुल वा मात्राको एघार गुना बराबरको नाप। वि.
21974 गोकर्ण ना. ५. गाईका जस्ता कान हुने।
21975 गोकुल ना. १. गाईको बथान; गोसमूह।
21976 गोकुल ना. २. यमुनाका तटमा रहेको एक प्रसिद्ध हिन्दूतीर्थ।
21977 गोकुल ना. ३. कानका लोतीमा लगाइने एक किसिमको सुनको गहना।
21978 गोकुल धूप ना. मसिना पात, खैरा ससाना फूल र लाम्चा ठुला हरिया पात हुने एक रुख; त्यसै रुखको सुगन्धी खोटो वा धूप।
21979 गोकुले वि. गोकुलजस्तो; गोकुलसँग सम्बन्धित।
21980 गोखरु/गोखुर ना. १. गाईको खुर।
21981 गोखरु/गोखुर ना. २. ससाना पात हुने, सेतो फूल फुल्ने एक बोट वा त्यसैको काँढावाल फल।
21982 गोगन ना. ठुलठुला र खस्रा पात हुने, गाईबस्तुले खाने, विशेष गरेर मध्य लेकमा पाइने एक जातको रुख।
21983 गोगनपाते वि. गोगन वृक्षका पातबाट बनेको (खोचो,दुना, टपरी आदि)।
21984 गोग्रास ना. भोजन गर्न लाग्दा पहिले नै गाईलाई खुवाउनका निम्ति छुट्ट्याइने अन्न।
21985 गोघात ना. गाई मार्ने काम; गोहत्या; गोवध।
21986 गोघाती वि. गाई मार्ने; गोवध गर्ने; गोहत्या गर्ने।
21987 गोचर वि. १. इन्द्रियग्राह्य; इन्द्रियद्वारा जानिने। ना.
21988 गोचर वि. २. इन्द्रियद्वारा ग्रहण गर्न सकिने वस्तु (रूप, रस, गन्ध, स्पर्श, शब्द आदि); इन्द्रियको विषय।
21989 गोचर वि. ३. गाई चर्नका लागि छाडिएको जमिन; गौचर; गौचरन।
21990 गोचर वि. ४. ज्योतिषशास्त्रअनुसार मानिसका नाउँका आधारमा गणना गरिने ग्रहको गति।
21991 गोचरभूमि ना. पत्थरका बसाहा वा त्रिशूलको स्थापना गरी गाईबस्तु चर्नका निम्ति छोडिएको जमिन; गौचर; गौचरन।
21992 गोचर्म ना. १. गाईको छाला।
21993 गोचर्म ना. २. चर्सा।
21994 गोचर्म ना. ३. जमिन नाप्ने प्राचीन कालको एक थरी नाप।
21995 गोचारक ना. गाई चराउने मानिस; गोठालो।
21996 गोचारण ना. गाई चराउने काम; गोठालो लाग्ने काम।
21997 गोजिह्वा ना. गाईको जिब्रोजस्तो पात हुने एक झार; गाईजिब्रे झार।
21998 गोजी ना. १. भित्रपट्टि मसला हालेर बनाइने खुवाको रोटी।
21999 गोजी ना. २. बगली; खल्ती; जेब।
22000 गोजी चोलो ना. गोजी वा खल्ती भएको चोलो।