Dictionary

All Word

22101 गोदावरी ना. २. दक्षिण भारतमा रहेको एक प्रसिद्ध नदी; हिन्दूहरूका पवित्र सात नदीमध्ये एक।
22102 गोदावरी ना. कुना-कुना परेका नरम, भुवादार पात हुने र शरद् ऋतुमा केस्रादार सेता, पहेँला फूल फुल्ने एक बोट तथा त्यसैको फूल।
22103 गोदाहा वि. गोद्न सक्ने; गोद्ने स्वभावको।
22104 गोदिनु क.क्रि. गोद्ने काम गरिनु।
22105 गोदोहनी ना. गाई दुहुने भाँडा; गबुवा; दुधेरो; ढुङ्ग्रो।
22106 गोद्दे ना. हक्कीजस्तो एक प्रकारको खेल।
22107 गोधन ना. गाईबस्तु आदि धन; पशुधन।
22108 गोधूलि ना. वनमा चरेर घाम डुब्ने बेला गोठतिर फर्केका गाईका खुरले उडाएको धुलो, शुभ कार्यका निम्ति उपयुक्त मानिने धुलो; घाम डाँडामा बस्ने बेला भएको समय; प्रसिद्ध एक मुहूर्त।
22109 गोप ना. १. गाई पाल्ने व्यक्ति; गोपाल।
22110 गोप ना. २. गाईको रक्षा गर्ने व्यक्ति; गोरक्षक।
22111 गोप ना. ३. गोशालाको मालिक; गोठालो।
22112 गोप ना. ४. नायक।
22113 गोप ना. ५. राजा।
22114 गोपति ना. १. गाईको मालिक; गाईको धनी।
22115 गोपति ना. २. साँढे।
22116 गोपति ना. ३. शिव।
22117 गोपति ना. ४. सूर्य।
22118 गोपन ना. १. लुकाउने वा छिपाउने काम; ढकाइ; छोपाइ।२. पाल्ने काम; रक्षा।
22119 गोपनीय वि. १. खास व्यक्ति, वर्ग वा समूहदेखि बाहिर नजाओस् भनी लुकाएर राख्न आवश्यक; छिपाउन लायक।
22120 गोपनीय वि. २. प्रकट गर्न नहुने (वस्तु, काम, कुरो वा रहस्य )।
22121 गोपनीय वि. ३. पाल्न योग्य; रक्षणीय।
22122 गोपनीयता ना. गोपनीय रहनाको भाव वा अवस्था।
22123 गोपा ना. १. गोप-जातिकी स्त्री।
22124 गोपा ना. २. गोठाल्नी; गाई पाल्ने स्त्री।
22125 गोपा ना. ३. गौतमबुद्धकी पत्नी; यशोधरा।
22126 गोपा ना. ४. श्यामालता; कालीलहरो।
22127 गोपाल ना. १. गाई पाल्ने व्यक्ति वा गाईको धनी; ग्वाला; गोठालो।
22128 गोपाल ना. २. श्रीकृष्ण
22129 गोपाल ना. ३. नेपालको प्रथम एक राजवंश।
22130 गोपाष्टमी ना. गोपूजन, गोप्रदक्षिणा आदिको माहात्म्य भएको कार्तिक शुक्ल अष्टमी तिथि।
22131 गोपिका ना. १. गोपजातिकी स्त्री; गोपिनी। वि.
22132 गोपिका ना. २. पालनपोषण गर्ने; संरक्षिका; धाई।
22133 गोपिनी ना. १. गोपस्त्री; गोपी; गोपिका।
22134 गोपिनी ना. २. श्रीकृष्णकी प्रेमिका।
22135 गोपिनी ना. ३. गोठाल्नी।
22136 गोपी ना. गोपजातिकी स्त्री; गोपिका।
22137 गोपीचन्दन ना. द्वारकाका सरोवरमा पाइने, वैष्णवहरूले तिलक लगाउने पहेँलो भावको माटो।
22138 गोपीबाँस ना. बाँसुरी तथा मुरली बनाउन प्रयोग गरिने सानो र पातलो खालको बाँस; गोपेबाँस।
22139 गोपुर ना. १. सहर, किल्ला, दरबार, मन्दिर आदिको अग्लो ठुलो ढोका; मुख्य ढोका।
22140 गोपुर ना. २. गोलोक; स्वर्ग।
22141 गोपे ना. निगालाका जातको एक बुटो।
22142 गोपे बाँस ना. हे. गोपीबाँस।
22143 गोपे लौरी ना. अरूले गोडाका लट्ठीलाई आफ्ना लट्ठीले ढाली खप्ट्याउन सकेमा ढाल्ने व्यक्तिले ढालेको लट्ठी काट्न पाउने एक खेल।
22144 गोप्य वि. १. लुकाउन लायक; गोपनीय।
22145 गोप्य वि. २. रक्षा गर्न लायक; रक्षणीय।
22146 गोप्यता ना. हे. गोपनीयता।
22147 गोप्य रिपोर्ट ना. सम्बन्धित व्यक्तिले बाहेक अरूले थाहा नपाउने गरी पठाइएको विशेष कुरा वा जाहेरी।
22148 गोप्राणी वि. गाईप्राणी; गौप्राणी; साह्रै सोझो; अति सज्जन; निरीह।
22149 गोफ्ले वि. भद्दा किसिमको; नसुहाउँदो खालको मोटो; ग्वाँचे।
22150 गोबर ना. १. गाईको मल; गोमय ( लिपपोत, शुद्धता आदि धार्मिक दृष्टिमा )।