Dictionary

All Word

22251 गोल ना. २. रक्तसम्बन्ध वा अन्य कुनै सम्बन्धसूत्रद्वारा बाँधिएको समूह। (उदा.- गोल फुट्नु हुँदैन)।
22252 गोल ना. काठपात आदिलाई बाली खरानी हुन नपाउँदै आगो निभी वा निभाई बाँकी रहेको कालो पदार्थ; निभेको कोइला; अँगार।
22253 गोल ना. १. भकुन्डो, हकी आदिका खेलमैदानमा पक्षतर्फबाट सुरक्षा गरिएको तर विपक्षका खेलाडीहरूले विजयका निम्ति भकुन्डो आदि पुऱ्याउनुपर्ने निर्धारित क्षेत्र वा ठाउँ।
22254 गोल ना. २. उक्त खेलहरूका खेलमैदानमा एक पक्षका खेलाडीबाट सुरक्षा गरिँदागरिँदै पनि अर्को पक्षका खेलाडीहरूले निर्धारित क्षेत्रमा भकुन्डो आदि पुऱ्याई वा पसाई प्राप्त गरेको विजय (उदा.- ठमेल एघारले सङ्कटा एघारका विरुद्ध खेल सुरु भएको पाँच मिनेटमै पहिलो गोल गऱ्यो।
22255 गोलक ना. १. बाटुलो वा पिण्डाकार वस्तु।
22256 गोलक ना. २. रुपियाँपैसा छिराउने प्वाल भएको कन्तुर; खुतुर्के; खुत्रुके।
22257 गोलक ना. ३. विधवा स्त्रीले परपुरुषको सम्पर्कबाट पैदा गरेको छोरो; विधवाको जारज पुत्र।
22258 गोलकर्मी ना. दाउरा बालेर गोल बनाउने मान्छे; गोल पोल्ने व्यक्ति।
22259 गोलकाँक्री ना. परबरका जस्ता कोसा र काँक्राको जस्तै गुदी, बियाँ र स्वाद हुने नङ्ग्रादार एक लहरो वा त्यसैको सानो लाम्चो फल।
22260 गोलकोट ना. फ्रक, बेलबटम सुट, कुर्था आदिसँग लगाइने अगाडिको पाटा गोलाकार भएको प्रायः स्त्रीजातिको कोट।
22261 गोलगेडी ना. छुनासाथ वा कुनै वस्तुमा ठोकिनासाथ गुच्चाजस्तो डल्लो पर्ने एक प्रकारको लाम्चो किरो; बाघेकिरो।
22262 गोलघर ना. १. बाटुलो वा वृत्ताकार घर।
22263 गोलघर ना. २. काठमाडौँको केन्द्रीय कारागारभित्र ज्यानमारा तथा महसुर डाकाहरूलाई कठोर सास्ती वा सजाय दिन जेलको माझमा बनाइएको पिँजराजस्तो साँघुरो खोर।
22264 गोलटोल ना. धेरै जना मिलेर बसेको गाउँ; मिलेर बसेका छरछिमेकी।
22265 गोलतकिया ना. मूल तकियाको सहायक तकिया; गोलो तकिया वा सिरानी।
22266 गोलदारिम ना. टिम्बुरका जस्ता साना दाना फल्ने काँडादार एक बोट; त्यसैको फल।
22267 गोलन्दाज ना. ठिक ठाउँमा पर्ने अन्दाज गरी तोपद्वारा गोला प्रहार गर्ने व्यक्ति; तोप हान्ने मानिस।
22268 गोलफुकी ना. भुटेर राम्ररी फूल उठाइएको चिनियाँ धानको खट्टे; सिरौँलाको खट्टे।
22269 गोलबद्ध वि. गोलबन्द; एकताबद्ध।
22270 गोलबन्द वि. एकताबद्ध।
22271 गोलबन्दी ना. १. वृत्ताकार घेरामा रहने वा बस्ने काम; गोलो आकारमा साँगुरिएर बस्ने वा त्यसरी राख्ने काम।
22272 गोलबन्दी ना. २. विपक्षका विरुद्ध गरिने मोर्चाबन्दी। गोरखे ।
22273 गोलबोली ना. यही हो भनेर अर्थ किट्न नसकिने गरी बोलिएको दोधारे कुरो; कुनै एक कुरालाई नखुट्ट्याई त्यस्ता मिल्दाजुल्दा अनेकौँ कुराको समावेश हुन सक्ने साझे बोली वा त्यस्तो लिखत।
22274 गोलभिँडा / गोलभेँडा ना. आलुका जातका बोटमा फल्ने, खास गरी अचार र तरकारीका रूपमा खाइने, पाक्ता थोरै पहेँलो र धेरै रातो हुने प्रायः गोलो फल; टमाटर; रामभेँडा।
22275 गोलमटोल वि. १. अर्थ राम्ररी नखुलेको वा बुझ्न धौधौ पर्ने; अर्थ वा भावलाई भाँचकुँच पारिएको।
22276 गोलमटोल वि. २. एकभन्दा बढी अर्थ लाग्ने; अस्पष्ट।
22277 गोलमाल ना. १. कुनै कामकुरामा हुन आएको गडबडी वा अव्यवस्था
22278 गोलमाल ना. २. धेरै थरी वस्तुको छ्यासमिस; भद्रगोल। क्रि.वि.
22279 गोलमाल ना. ३. तलमाथि पर्ने चाल; जथाभाबी।
22280 गोलमोल ना. १. सानाठुला सबै वस्तु मिलाइएको मूल्य; हचुवा मोल। वि.
22281 गोलमोल ना. २. अस्पष्ट; नबुझिने।
22282 गोलयोग ना. ज्योतिषशास्त्रअनुसार छ वा सातवटा ग्रह एकै ठाउँमा वरिपरि भएर बस्ता पर्ने अशुभ योग।
22283 गोल सन्जाप ना. भोटो, लबेदा, चोलो आदिमा लगाइने डोलो आकारको सन्जाप ( पाइपिङ )।
22284 गोलसामी ना. खुर्सानी, बेसार, मसला, चिउरा आदि कुट्ने मुसलमा जोडिएको धार नभएको गोलो पाता; धार नभएको गोलो सामी।
22285 गोलसिमल ना. प्राय: राति कराउने र लोककथामा प्रसिद्ध एक जातको बनैयाँ चरो।
22286 गोलसिमले वि. गोलसिमलजस्तो; गोलसिमलसम्बन्धी।
22287 गोला वि. १. बाटुलो; वृत्ताकार; गोलो। ना.
22288 गोला वि. २. कुनै पनि गोलो पदार्थ वा पिण्ड (भकुन्डो, अरिङ्गालको गोलो, भोगटेको दानु इ.)।
22289 गोला वि. ३. हातैले वा तोप आदि कुनै प्रहारक अस्त्रका सहायताले हुत्त्याएर प्रहार गरिने गोलो विस्फोटक वस्तु।
22290 गोला वि. ४. वायुविकारबाट वा अन्य कारणबाट हुने पेटको रोग; वायुगोला; गानु।
22291 गोला वि. ५. थुप्रै अरिङ्गाल, मान्छे, कमिला आदि एकै ठाउँमा झुम्मिएको अवस्था; बाक्लो हुल।
22292 गोला वि. ६. अनाज आदिका व्यापारीको क्रयविक्रयको थलो।
22293 गोला वि. ७. बाँडफाँड, लेनदेन, छनोट वा चुनाउ आदिमा सामान्य प्रकारले छिनोफानो हुन नसक्ता निर्णयका लागि प्रयोग गरिने चिट्ठासँग मिल्दोजुल्दो पद्धति वा सोको साधन।
22294 गोलाइ ना. गोल हुनाको स्थिति वा प्रक्रिया; बाटुलोपन; गोलो परेको रूप; गोलाकार।
22295 गोलाकार वि. गोलो आकारको; बाटुलो।
22296 गोलाबारी ना. दुस्मनको क्षेत्रमा आकाशमार्गबाट वा जमिनबाटै गरिने गोला, बम आदिको वर्षा।
22297 गोलाबारुद ना. १. गोला र बारुद।
22298 गोलाबारुद ना. २. लडाइँमा शत्रुलाई नाश गर्ने एक प्रकारको अस्त्र।
22299 गोलार्द्ध / गोलार्ध ना. १. कुनै गोलो वस्तुको आधा भाग; अर्धवृत्त।
22300 गोलार्द्ध / गोलार्ध ना. २. एक ध्रुवदेखि अर्को ध्रुवसम्म रेखा तानी पृथ्वीको मानचित्रलाई बिचमा काट्ता वा विषुवत् रेखाद्वारा छुट्ट्याउँदा हुने भूगोलको आधा भाग। (भूमध्यरेखाले पृथ्वीलाई उत्तरी र दक्षिणी गोलार्धमा विभाजित गर्छ भने खमध्य रेखाले पृथ्वीलाई पूर्वी तथा पश्चिमी गोलार्धमा बाँड्दछ)।