Dictionary

All Word

22151 गोबर ना. २. गाई, गोरु, भैँसी, राँगा आदिको (सामान्य प्रचलित अर्थमा )।
22152 गोबर गणेश वि. गोबरले बनाएको गणेश झैँ भद्दा किसिमको; केही नजान्ने; बुद्धि नभएको; हरिलट्ठक; डुकुलन्ठ; बुद्धू; शुद्धबुद्ध।
22153 गोबरग्याँस ना. गाई-भैँसीको गोबरलाई विशेष रूपमा पाक गराएर मल तयार गर्ने र बत्ती, चुलो आदिको काम चलाउनाका निम्ति ग्याँस पैदा गरिने सानोतिनो उद्योग।
22154 गोबरमल ना. गाई-भैँसी आदिको गोबरमा घाँसपात, स्याउला आदि सडाएर तयार पारिएको मल।
22155 गोबरी ना. १. गोबर र माटो मिलाएर गरिने लिपाइ वा पोताइ।
22156 गोबरी ना. २. वि. गोबरले पोतिएको।
22157 गोब्रे वि. १. बुद्धू; गोबरगणेश।
22158 गोब्रे वि. २. भद्दा किसिमको मोटो; गोफ्ले।
22159 गोब्रे वि. ३. गोबरसम्बन्धी; गोबरजस्तो।
22160 गोब्रेकिरो ना. गोबरमा पैदा हुने र गोबरमै खेल्ने एक किरो।
22161 गोब्रेचाँप ना. पहेँलो फूल फुल्ने एक जातको चाँप।
22162 गोब्रेच्याउ ना. गोबरमा उम्रने, खैरो वा सेतो रङको एक जातको च्याउ।
22163 गोब्रेझार ना. ठुलठुला खस्रा पात र गोलभेँडाजस्ता फल फल्ने बर्खाका समयमा पलाउने एक जातको घाँसपात।
22164 गोब्रेपालुङ्गो ना. हिलामा उम्रने वा पलाउने ठुलठुला पात भएको पालुङ्गो साग; हिलेपालुङ्गो।
22165 गोब्रेप्वाल ना. गोठबाट गोबर बाहिर फाल्न गाह्रो वा फरिकामा बनाइएको प्वाल; गोबर फाल्ने दुलो।
22166 गोब्रेमल ना. गाईबस्तुका गोबरको मल।
22167 गोब्रेमसी ना. ध्वाँसो वा मोसोबाट तयार हुने कालो वा फुस्रो मसी।
22168 गोब्रेसल्लो ना. गोबरको थासोजस्तो फल फल्ने एक जातको सल्लो।
22169 गोब्य्राइ ना. गोब्य्राउने क्रिया वा प्रक्रिया।
22170 गोब्य्राइनु क.क्रि. गोब्य्राउने काम गरिनु।
22171 गोब्य्राउनु स.क्रि. गाई-भैँसीले बिस्ट्याउने काम गर्नु; गाई-भैँसीले हग्नु।
22172 गोभ्नु स.क्रि. १. कुनै वस्तुमा हतियार आदिले घोप्नु वा घोच्नु।
22173 गोभ्नु स.क्रि. २. खोप्नु; छेड्नु।
22174 गोभाइ ना. गोभ्ने क्रिया वा प्रक्रिया।
22175 गोभाइनु क.क्रि. गोभ्न लाइनु।
22176 गोभाउनु प्रे. क्रि. गोभ्न लाउनु; घोपाउनु।
22177 गोभिनु क.क्रि. गोभ्ने पारिनु।
22178 गोभी ना. काउली; कोपी (फूलगोभी, बन्दागोभी)।
22179 गोमटाँका ना. सिलाइको एक प्रकार; खजुरटाँका।
22180 गोमन ना. रिसाउँदा फणा फिँजाउने कालो वा गहुँका रङको ज्यादै विषालु सर्प।
22181 गोमय ना. गोबर।
22182 गोमुख ना. १. गाईको जस्तो मुख भएको फुकेर बजाइने तामाको एक किसिमको बाजा; नरसिङ्गा।
22183 गोमुख ना. २. गाईका मुखका आकारको जपमाला हाल्ने थैलो; गोमुखी।
22184 गोमुखी ना. १. भन्टाका जस्ता पात र फूल हुने एक बुटी वा त्यसैको चुच्चो घुमेको लाम्चो फल।
22185 गोमुखी ना. २. गाईका मुखका आकारको जपमाला हाल्ने थैलो; गोमुख। गोमुखे - ना. गोमुखी (बाजा)।
22186 गोमूत्र ना. हिन्दूहरूमा पवित्र तथा अनेक रोगको औषधी मानिने गाईको मूत; गउँत।
22187 गोमूत्रिका ना. १. लहरेदार रेखाका रूपमा रहने वा बन्ध एक प्रकारको चित्रकाव्य।
22188 गोमूत्रिका ना. २. एक प्रकारको अङ्कन वा गुणन - रीति।
22189 गोमूत्रिका ना. ३. सुगन्धित बीज हुने एक प्रकारको घाँस; कुकुरबन्सो।
22190 गोमेद ना. रातो-रातो परेको पहेँलो रङ हुने एक प्रसिद्ध रत्न।
22191 गोमेध ना. गोवध गरी सम्पन्न गरिने प्राचीन कालको एक वैदिक यज्ञ।
22192 गोयम ना. अचार, मुरब्बा आदि हाल्ने चिनियाँ माटाको भाँडो।
22193 गोयात्रा ना. भाद्र कृष्णप्रतिपदाका दिन हुने एक यात्रा; हे. गाईजात्रा।
22194 गोरक्ष ना. १. गाई पाल्ने व्यक्ति; गोपाल।
22195 गोरक्ष ना. २. गोरखनाथ।
22196 गोरक्षक ना. गाईको रक्षा गर्ने व्यक्ति; गाई पाल्ने व्यक्ति; गोप; ग्वाला, अहिर।
22197 गोरख ना. गोरखनाथ।
22198 गोरखकाली ना. गोरखा जिल्लाको सदर मुकाममा अवस्थित एक प्रसिद्ध देवी।
22199 गोरखतुम्बा ना. लौकाका जस्ता पात र सेता फूल हुने, लहरामा फल्ने, तरकारी खान हुने, लौका जस्तै तर अलि डल्लो एक जातको फल।
22200 गोरखधन्दा ना. १. तारका धेरै मुन्द्रा वा काठका टुक्रा जुक्तिसाथ जोड्ने र छुट्ट्याउने बुद्धि - बलको खेल।