Dictionary

All Word

22051 गोडा ना. खुट्टा; हे. गोडो।
22052 गोडाइ ना. गोड्ने क्रिया वा प्रक्रिया।
22053 गोडाइनु क.क्रि. गोड्न लाइनु।
22054 गोडाउनु प्र.क्रि. गोड्न लाउनु; गोडमेल गराउनु।
22055 गोडायत ना. गाउँको चौकीदार; गोडैत।
22056 गोडिनु क.क्रि. गोड्ने काम गरिनु।
22057 गोडी ना. गोडा ( बालबोलीमा )।
22058 गोडैत ना. हे. गोडायत।
22059 गोडो ना. खुट्टो; पाउ; पयर।
22060 गोत ना. १. गोत्र; पुर्ख्यौली।
22061 गोत ना. २. कुल; वंश; गोती।
22062 गोत ना. ३. गोता।
22063 गोता ना. पुर्खासँग मिल्दो स्वरूप वा गुण; गोत (बाबुगोता गएको, आमागोता गएको, नाता र गोता इ.)।
22064 गोता ना. १. पानीमा डुब्ने काम; डुबुल्की।
22065 गोता ना. २. हैरानी; शासना।
22066 गोताखोर वि. डुब्ने; डुबुल्की मार्ने।
22067 गोताले वि. सन्तानी।
22068 गोतिया वि. एकै गोत्रको; गोत्र मिल्दो; सगोत्री; गोतियार; गोती।
22069 गोतियार ना. एकै गोत्रको; गोत्र मिल्दो; सगोत्री; गोतिया; गोती।
22070 गोती वि. १. एकै गोत्रको; सगोत्री; गोतिया; गोतियार।
22071 गोती वि. २. उस्तै स्वभावको; अनुहार मिल्दो। ना.
22072 गोती वि. ३. अपर्झट पर्ने डरको कारण। (उदा.- तिम्रा गोतीले बिताइहाल्यो नि।) स्त्री. गोतिनी।
22073 गोतीर्थ ना. गोठ; गोशाला।
22074 गोतुल ना. १. नाच्ने र गाउने घर; नृत्य तथा सङ्गीत-सदन।
22075 गोतुल ना. २. रोदीघर।
22076 गोत्र ना. १. वंशप्रवर्तक ऋषिमुनिहरूका नामबाट चलि-आएको पुर्ख्यौली चिनाउने उपनाम (कौडिण्य, कश्यप, वसिष्ठ, भारद्वाज इ.)।
22077 गोत्र ना. २. वंश; कुल; पुर्ख्यौली।
22078 गोत्र ना. ३. जाति; वर्ग।
22079 गोत्र ना. ४. सन्तान।
22080 गोत्र ना. ५. नाम; संज्ञा।
22081 गोत्र ना. ६. गाईलाई रक्षा गर्ने व्यक्ति; गोरक्षक।
22082 गोत्र ना. ७. पृथ्वी।
22083 गोत्रपट ना. वंशावली।
22084 गोत्रप्रवर्तक वि गोत्र चलाउने; वंशका आदिपुरुष मानिने ( वसिष्ठ,भारद्वाज, काश्यप, अत्रि, विश्वामित्र, गर्ग इ.)।
22085 गोत्रिक वि. गोत्रसँग सम्बन्धित; गोत्र मिल्दो; एकै गोत्रको; सगोत्री।
22086 गोत्री/गोत्रीय वि. एउटै गोत्रको; सगोत्री; गोती।
22087 गोथेली ना. जर्मनेली शाखामा पर्ने एक भाषा।
22088 गोद्नु स.क्रि. १. लात्तीले हान्नु; लट्ठी वा हातले पिट्नु; खाँद्नु; ठोक्नु; भकुर्नु।
22089 गोद्नु स.क्रि. २. घोच्नु; गाड्नु।
22090 गोदगाद ना. गोद्नेवर्ने काम।
22091 गोदना ना. नीर वा कोइला हालेको पानीमा डुबाइएका सियाले शरीरमा खोपेर बनाइने विशिष्ट आकृति वा शृङ्गारिक बुट्टा।
22092 गोदाइ ना. गोद्ने भाव, क्रिया वा प्रक्रिया।
22093 गोदाइनु क.क्रि. गोद्न लाइनु।
22094 गोदाउनु प्रे.क्रि. गोद्न लाउनु; ठोकाउनु।
22095 गोदागोद ना. परस्परको गोदाइ; कुटाकुट; खाँदाखाँद।
22096 गोदान ना. १. कुनै विशेष मङ्गल-कार्यमा वा अवसरमा प्रायश्चित्त आदिका निम्ति शास्त्रीय विधिअनुसार सङ्कल्प गरेर ब्राह्मणलाई गाईदान गर्ने क्रिया वा व्यवस्था; गौदान।
22097 गोदान ना. २. ब्राह्मणका षोडश संस्कारमध्ये एक; क्षौरकर्म; छेवर।
22098 गोदाम ना. बिक्री गर्ने जिन्सी मालसामान आदि प्रशस्त मात्रामा राख्ने घर वा टहरो।
22099 गोदाम घर ना. गोदाम रहेको ठाउँ वा घर।
22100 गोदावरी ना. १. बाग्मती अञ्चलको ललितपुर सहरका आग्नेय कोणमा रहेको हरेक बाह्र वर्षमा मेला लाग्ने एक प्रसिद्ध तीर्थ।