Dictionary

All Word

22201 गोरखधन्दा ना. २. गोरखनाथले निर्माण गरेको, मनलाई एकाग्र गराउने त्यस्तो धन्दा वा काम।
22202 गोरखधन्दा ना. ३. धेरै अलमलिनुपर्ने वा छुटकारा नपाइने झमेलाको काम; कोतेधन्दा।
22203 गोरखनाथ ना. प्राचीन समयका एक प्रसिद्ध हठयोगी अवधूत महात्मा; कनफट्टा मत चलाउने नाथसम्प्रदायका एक प्रसिद्ध साधु; चौरासी सिद्धमध्ये एक; गोरक्षपा।
22204 गोरखनाथ गुफा ना. नेपालको गोरखा जिल्लामा पर्ने एक प्रसिद्ध गुफा।
22205 गोरखपन्थ ना. सिद्ध एवं महात्मा गोरखनाथले चलाएको सम्प्रदाय वा मत।
22206 गोरखपन्थी ना. १. गोरखनाथले चलाएको मतको अनुयायी साधु; कनफट्टा जोगी। वि.
22207 गोरखपन्थी ना. २. गोरखसम्प्रदायको अनुयायी।
22208 गोरखपान ना. १. गोरखमुण्डी झार।
22209 गोरखपान ना. २. सोही झारको पेय रस वा त्यसैलाई पिउने काम।
22210 गोरखमुण्डी ना. हे. गोरखमुन्डी।
22211 गोरखमुन्डी ना. राता केसर, ससाना डल्ला फूल र मसिना पात हुने धातुवर्द्धक तथा सुशोधक आयुर्वेदिक एक झार।
22212 गोरखा ना. नेपालको पश्चिमाञ्चल विकासक्षेत्रभित्र पर्ने गण्डकी अञ्चलको एक जिल्ला; गोर्खा।
22213 गोरखा दक्षिण बाहु ना. वि. सं. १९५२ मा स्थापित विभिन्न श्रेणीमा विभक्त नेपालको राष्ट्रिय पदक।
22214 गोरखा दरबार ना. नेपालको गोरखा जिल्लामा रहेको गोरखा राज्य खडा भएपछि गोरखाका राजाले निर्माण गरेको एक ऐतिहासिक दरबार।
22215 गोरखापत्र सं. १९५८ मा साप्ताहिकका रूपमा प्रकाशित हुन थालेको, त्यसपछि हप्तामा दुई पटक र त्यसपछि हप्तामा तीन पटक प्रकाशित हुँदै सं. २०१७ देखि दैनिक हुन पुगेको नेपाल सरकारको मुखपत्र।
22216 गोरखाली वि. १. गोरखामा रहने; गोरखाको।
22217 गोरखाली वि. २. गोरखा जिल्लाका निवासी। ना
22218 गोरखाली वि. ३. विदेशीहरूले वीरताको ख्याल गरी नेपालीहरूलाई भन्ने शब्द।
22219 गोरखेलहुरी ना. हे. गोर्खेलौरी।
22220 गोरम ना. काँचो आँपका चानामा मसला हाली पागमा पकाएको लेदो खाद्य पदार्थ।
22221 गोरस ना. गाईका दुधबाट बन्ने पदार्थ (दुध, दही, मही, घिउ आदि)।
22222 गोरा ना. १. युरोप, अमेरिका आदिका गोरोवर्णका जाति। वि.
22223 गोरा ना. २. गौर वा गोरो वर्ण भएको।
22224 गोराइ ना. गोरो हुनाको भाव वा अवस्था; गोरोपन।
22225 गोराखिलो वि. धेरै दहीदुध खाएको; खाइलाग्दो।
22226 गोरा पल्टन ना. अङ्ग्रेज आदि जातिको पल्टन वा सेना।
22227 गोरिल्ला ना. हे. गुरिल्ला।
22228 गोरु ना. १. गाईको बाछो वा बहरलाई गाईका पछि लागेर दुर्बल होला र खेतीपातीको काम नदेला भनी सुमरेर बलिष्ठ राख्ने काम गरिएको घरपाला पशु; बयल। वि.
22229 गोरु ना. २. अबुझ र सोझो; मूर्ख।
22230 गोरुचुटाइ ना. गोरुलाई चुटेजस्तो चुटाइ; साह्रै चर्को पिटाइ।
22231 गोरुजोताइ ना. गोरुलाई जस्तै रातोदिन काममा दल्ने काम; काममा दिइने सकस वा घोट्टा।
22232 गोरुतिहार ना. गोवर्धन पूजा र गोरुको पूजा गरिने भाइटीकाको अघिल्लो दिन; हलतिहार।
22233 गोरुमुते ना. १. एकप्रकारको झार। वि.
22234 गोरुमुते ना. २. बेकम्मा; रद्दी।
22235 गोरुमुते ना. ३. अबुझ; मूर्ख।
22236 गोरुमुते ना. ४. बाङ्गोटिङ्गो (गोरुमुते अक्षर आदि)।
22237 गोरुमोलाइ ना. नापजोख नगरी कुनै वस्तुको मोटामोटी मूल्य राख्ने काम; हचुवा।
22238 गोरुसिङ्गे वि. १. गोरुका सिङजस्तो आकारको ('ञ' अक्षर )। ना.
22239 गोरुसिङ्गे वि. २. पश्चिम तराईमा राजमार्गछेउमा रहेको यस नामको ठाउँ।
22240 गोरे वि. गोरो वर्ण भएको; गोरो छाला हुने।
22241 गोरेटो ना. मानिस वा गाईगोरु आदि पशु ओहोरदोहोर गर्दा टेकिएर बनेको सानो वा झिनो बाटो; डोरेटो।
22242 गोरो वि. श्वेतवर्ण भएको; सेतो रङको।
22243 गोरोचन / गोरोचना ना. पहेँलो र सुगन्धी डाँठ हुने तथा घोटेर चन्दन बनाइने एक प्रकारको बुटी।
22244 गोर्खा ना. हे. गोरखा।
22245 गोर्खाली वि. गोर्खाको; गोर्खामा रहने वा बस्ने; गोरखाली।
22246 गोर्खेउलो वि. गोर्खा वा गोर्खालीसम्बन्धी; गोर्खालीको।
22247 गोर्खेलौरी ना. काँधमा र घुँडामुनि गरालो हालेर डोरीले बाँधी अपराधीलाई दिइने सजाय; गोरखेलहुरी।
22248 गोल वि. १. बाटुलो; वृत्ताकार; मण्डलाकार। ना.
22249 गोल वि. २. वृत्ताकारको बनोट वा रचना।
22250 गोल ना. १. समूह;जमात; झुन्ड।