Dictionary

All Word

22301 गोलिँदो वि. गोलो हुने खालको; गोलो ढाँचाको।
22302 गोलिनु अ.क्रि. गोल हुनु; बाटुलो पर्नु; घेरा पर्नु।
22303 गोलिनु ना. अल्लाका पाटले बुनेको ओछ्याउने दरी।
22304 गोलिया ना. रुख ढालेर टुक्य्राइएको गोलोगोलो मुढा।
22305 गोली ना. १. सानो गोलाकार वस्तु।
22306 गोली ना. २. औषधी आदिको बुटी; टिकिया।
22307 गोली ना. ३. बन्दुक, पिस्तौल आदिमा भरेर हानिने सिसा आदि धातुको डल्लो वा लाम्चो साधन।
22308 गोलीकाण्ड ना. १. दुई पक्षका बिचमा झगडा हुँदा परस्परमा गोली चल्ने काम।
22309 गोलीकाण्ड ना. २. उत्तेजित रूपमा चर्किरहेको उग्र हुललाई शान्त पार्न वा दमन गर्नका लागि गोली चलेको घटना वा स्थिति।
22310 गोलीगट्ठा ना. लडाइँका निम्ति आवश्यक गोली, बारुद आदि हतियार।
22311 गोलीगाँठो ना. खुट्टामा कुर्कुच्चाभन्दा केही मास्तिर उठेको दायाँबायाँको गोलाकार हाड।
22312 गोलीधागो ना. डल्लो पारी बेरेको लुगा आदि सिउने धागो।
22313 गोलुवा ना. १. गोलोगोलो गिँड बनाइएको काठ वा दाउरा। वि.
22314 गोलुवा ना. २. गोल आकारको।
22315 गोलेँसो ना. रुमालका चारै कुना बाँधेर पारिएको पोको।
22316 गोलेँस्याइ ना. गोलेँसो पार्ने काम वा प्रक्रिया।
22317 गोलेँस्याइनु क.क्रि. गोलेँसो पारिनु।
22318 गोलेँस्याउनु स.क्रि. रुमालका चार कुना बाँधी पोको पार्नु; गोलेँसो पार्नु; गोलेँसो बोक्नु।
22319 गोलेँस्याहट ना. गोलेँसो पार्ने काम।
22320 गोले वि. गोलो वा बाटुलो भएको; गोलो परेको। गोल बेच्ने; कोइलाको बिक्री गर्ने।
22321 गोलैँची ना. खस्रा, लाम्चा पात हुने, चाँपका आकारका कलेजी, टोटा परेका वा सेता रङका र बास्ना आउने फूल फुल्ने, डाँठबाट दुध निस्कने एक जातको बोट; त्यसैको फूल, चुवा।
22322 गोलो ना. १. धमिरा, कमिला, अरिङ्गाल आदि किराको गुँड। वि.
22323 गोलो ना. २. डोलो; गोल; बाटुलो।
22324 गोलोक ना. गर्गसंहिताअनुसार कृष्णको प्रसिद्ध धाम वा वासस्थान।
22325 गोलोचन गाईको मुखबाट ओकलिँदा निस्कने रौँको नरम गुजुल्टो।
22326 गोल्की ना. भकुन्डो आदिका खेलमैदानमा गोल गरिने निश्चित ठाउँमा रहेर विपक्षका खेलाडीबाट हानिएको भकुन्डो आदिलाई निर्धारित गोलक्षेत्रमा छिर्न वा पस्न नदिने दायित्व लिएको पक्षतर्फको खेलाडी; गोलरक्षक।
22327 गोल्कीबाजा ना. बाँसको ढुङ्ग्राबाट निस्केको धागामा गट्टाले हानेर बजाइने एक गोल प्रकारको सहायक तालबाजा।
22328 गोल्टिन ना. बाटुलो टिनको डिब्बा; चुरोट हाल्ने टिनको बाटुलो वा गोलाकार बट्टा।
22329 गोल्ठे वि. गोलागोला परेको; गोल्ठोजस्तो; गोल्ठो।
22330 गोल्ठो वि . गोलोगोलो आकारको; डल्लो र साह्रो।
22331 गोल्फु ना. माटाको सानो घैँटो।
22332 गोल्फे ना. तरकारी खान हुने एक प्रकारको सिमी।
22333 गोल्याँसो ना. लुगाफाटाको पोको; कुटुरो।
22334 गोल्याइ ना. गोल्याउने काम वा प्रक्रिया; गोलोपन; गोलाइ।
22335 गोल्याइनु क.क्रि. गोलाकार पारिनु; बाटुलो बनाइनु।
22336 गोल्याउनु स.क्रि. १. गोलाकार पार्नु; बाटुलो बनाउनु।
22337 गोल्याउनु स.क्रि. २. भेडा, बाख्रा , गाईबस्तु आदि समेटेर एकत्रित पार्नु।
22338 गोल्याउनु स.क्रि. ३. आगोको बचाउका लागि बोर्सीमा अँगार, खरानी आदिलाई एक ठाउँमा समेट्नु।
22339 गोल्याहा वि. १. गोलो भएको; गोलो परेको।
22340 गोल्याहा वि. २. पूरा नसल्की आगो निभिहाल्ने; बढी गोल रहने।
22341 गोल्लाँडे ना. पुरुषलाई गालीगलौजमा प्रयोग हुने अश्लील शब्द।
22342 गोवध ना. हिन्दू धर्मअनुसार निषिद्ध मानिने गाई वा साँढे आदिको हत्या; गोहत्या; गोघात।
22343 गोवर्द्धन ना. १. गाईगोरुको पालन र सुरक्षा गर्ने काम; गाईगोरुको सन्तान फैलाउने काम।
22344 गोवर्द्धन ना. २. पुराणअनुसार अतिवृष्टिबाट व्रजवासीहरूको रक्षाका निम्ति कृष्णले औँलामा उठाएको वृन्दावनको एक प्रसिद्ध पर्वत।
22345 गोवर्द्धन ना. ३. उक्त पर्वतको नजिकको बस्ती।
22346 गोविन्द ना. १. परब्रह्म; परमात्मा।
22347 गोविन्द ना. २. श्रीकृष्ण।
22348 गोविन्द ना. ३. शङ्कराचार्यको गुरुको नाम।
22349 गोविन्द ना. ४. गोठको मालिक।
22350 गोविन्द द्वादशी ना. फागुन महिनाका शुक्लपक्षको द्वादशी तिथि।