Dictionary

All Word

22351 गोविन्द सिंह एकजना सिक्ख गुरुको नाम।
22352 गोवैद्य ना. १. पशुको चिकित्सा गर्ने वैद्य; पशु-चिकित्सक; पशुवैद्य।
22353 गोवैद्य ना. २. मूर्ख वा अज्ञानी चिकित्सक।
22354 गोशाला ना. थुप्रै गाई पाल्ने र राख्ने ठाउँ; गोठ।
22355 गोष्ठ ना. गाई रहने ठाउँ; गोशाला; गोठ।
22356 गोष्ठी ना. १. कुनै विषयको विचारविमर्शका निम्ति बस्ने सम्बन्धित व्यक्ति वा विद्वान्हरूको औपचारिक बैठक वा सभा; वार्तालाप; परामर्श।
22357 गोष्ठी ना. २. थोरै मानिसहरूको सभा; सानो बैठक।
22358 गोष्ठी ना. ३. नौ-दश पुरुष पात्र र पाँच-सात स्त्री पात्र रहने रूपकको एक भेद।
22359 गोष्ठीपत्र ना. गोष्ठीमा परामर्श वा छलफलका निम्ति तयार पारिएको कुनै निर्धारित विषयको गहकिलो लेख; कार्यपत्र।
22360 गोसाईं ना. १. गेरुवा वस्त्र पहिरेर त्यागी झैँ देखिने र गृहस्थी जीवन नै व्यतीत गर्ने एक जाति; गोस्वामी।
22361 गोसाईं ना. २. साधु-सन्न्यासी र त्यागीहरूलाई गरिने एक सम्बोधन; योगी; महन्त।३. इन्द्रिय जित्ने व्यक्ति; जितेन्द्रिय।
22362 गोसाईं ना. ४. मालिक; स्वामी।५. ईश्वर।
22363 गोसाईंकुण्ड ना. नेपालको बाग्मती अञ्चलअन्तर्गत रसुवा जिल्लामा पर्ने लामटाङ हिमालका काखमा रहेको एक प्रसिद्ध तीर्थस्थल। (यो समुद्र सतहदेखि १०,००० फिटभन्दा बढी अग्लाइमा रहेको छ र यस कुण्डको पूर्व र पश्चिममा सरस्वतीकुण्ड, भैरवकुण्ड, सूर्यकुण्ड, गणेशकुण्ड आदि नौ कुण्ड छन्। यस इलाकामा १०८ कुण्ड छन् भन्ने जनश्रुति पनि छ। यहाँ हरेक वर्ष दशहरा र जनैपूर्णिमामा ठुलो मेला लाग्छ)।
22364 गोसाईंथान ना. गोसाईंकुण्ड।
22365 गोस्नौटी ना. १. कमाराकमारीले मालिककी छोरीलाई भन्ने शब्द।
22366 गोस्नौटी ना. २. बिहामा लोकन्तीले दुलहीलाई भन्ने शब्द।
22367 गोस्नौटो ना. १. कमाराकमारी वा दासदासीले आफ्ना मालिकका छोराछोरीलाई लाउने साइनु।
22368 गोस्नौटो ना. २. दुलहादुलहीलाई सम्बोधन गर्ने शब्द।
22369 गोस्वामी ना. १. गाईको मालिक; गाई पाल्ने व्यक्ति।
22370 गोस्वामी ना. २. इन्द्रियलाई वश गर्ने; जितेन्द्रिय।
22371 गोस्वामी ना. ३. वैष्णव सम्प्रदायमा आचार्यका उत्तराधिकारी; माध्व, वल्लभ र निम्बार्क मतका वैष्णवहरूका महन्तले पाउने पदवी।
22372 गोस्वारा वि. १. एउटै समूह वा समष्टिका रूपमा रहेको, गाभिएको वा मिलेको; सगोल; साझा (गोस्वारा दर्ता, गोस्वारा लगत इ.)।
22373 गोस्वारा वि. २. प्रमुख; मुख्य; प्रथम तहको (गोस्वारा हुलाक, गोस्वारा भाउचर आदि)। ना
22374 गोस्वारा वि. ३. पहिलेपहिले बडाहाकिम बस्ने र जिल्लाभरको शान्ति-सुरक्षासम्बन्धी काम गर्ने प्रशासनिक अड्डा।
22375 गोस्वारा धन ना. सगोलमा रहेको सम्पत्ति।
22376 गोस्वारा भाउचर ना. प्रत्येक विषयको आय-व्यय अलग-अलग रूपमा देखाइने सङ्क्षिप्त लेखोट।
22377 गोस्वारा हुलाक ना. केन्द्रीय हुलाक अड्डा (जनरल पोस्ट अफिस)।
22378 गोस्वारी/गोस्वारे वि. १. गोस्वारासम्बन्धी; साझा; सगोलको। ना.
22379 गोस्वारी/गोस्वारे वि. २. एक प्रकारको गुलियो मिठाई।
22380 गोहत्या ना. गोवध; गोघात।
22381 गोहार ना. उहिले गाई हरेर लैजाँदा सहायता पाउन 'गाईको हरण भयो' भन्ने अर्थमा कराएर भनिने शब्द; गुहार।
22382 गोही ना. माउसुलीका ढबको तर ज्यादै ठुलो, पानीभित्र धेरै रहने, उभयचर, सपुच्छ एक जन्तु; सरीसृपसमूहको एक हिंस्रक भेद; घडियाल।
22383 गोहेलो ना. मुसाका लिँडजस्तै मसिना काला गेडा फल्ने एक जातको सानो रुख।
22384 गोहो ना. १. गाई हिँड्दा बसेको डाम वा चिह्न।
22385 गोहो ना. २. हिँडाइको डाम; पैतालाका छाप; पदचिह्न।
22386 गोहोरो ना. करौँतीजस्तो पुच्छर हुने, छेपाराका ढबको ठुलो एक जङ्गली जन्तु।
22387 गौँडा ना. १. अक्कर परेको ठाउँ; असजिलो र अप्ठेरो ठाउँ।
22388 गौँडा ना. २. गढी बनाइएको ठाउँ।
22389 गौँडा ना. ३. पहिलेपहिले गोस्वारासरहको काम गर्ने पहाडी अड्डा (धनकुटा गौँडा, पाल्पा गौँडा आदि ) वा त्यस अड्डाका मातहतको इलाका।
22390 गौँडा ना. ४. कसैको हैकम चल्ने ठाउँ।
22391 गौँडाको बाघ ना. शरण नपरी सुखै नपाइने डरलाग्दो मानिस; कुनै खास ठाउँमा धाक जमाएर बसेको व्यक्ति।
22392 गौँडा गल्छेँडा ना. १. मुस्किलसँग आवतजावत गर्न सकिने बाटोघाटो; गौँडो र गल्छेँडो।
22393 गौँडा गल्छेँडा ना. २. समाधान वा निर्णयमा पुग्न अप्ठेरो पर्ने समस्या।
22394 गौँडा गोस्वारा ना. वर्तमान प्रशासनिक सुधारभन्दा पहिले पहाड र मधेसमा शान्तिसुरक्षा आदिको काम गर्ने मुख्य अड्डा; गौँडा र गोस्वारा।
22395 गौँडे वि. १. गौँडो ढुकेर बस्ने; गौँडामा बस्ने (चोर)।२. गौँडोसम्बन्धी; गौँडोको।
22396 गौँडो ना. १. अन्तबाट जान नसकी त्यसै ठाउँबाट मात्र आवतजावत गर्नुपर्ने ठाउँ।
22397 गौँडो ना. २. घरबाट मूलबाटामा निस्कने सानो गोरेटो।
22398 गौँडो ना. ३. बाघ आदि वन्यजन्तुलाई पासो वा खोर थाप्ने ठाउँ।
22399 गौँत ना. हे. गउँत।
22400 गौँत्याइ ना. गौँत्याउने क्रिया वा प्रक्रिया।