Dictionary

All Word

22401 गौँत्याइनु क.क्रि. गौँत्याउन लगाइनु।
22402 गौँत्याउनु स.क्रि. गाईले मुत्नु; गउँत्याउनु।
22403 गौथली ना. १. टाउको, पखेटा र पुच्छर कालो र पेट सेतो हुने, प्रायः बर्खायाममा देखिने धोबीचरोजत्रै एक चरो; भीरमा गुँड लाउने भीरगौँथली र घरका दलीन आदिमा गुँड लाउने घरगौँथली नामको चरो।
22404 गौथली ना. २. घरको छानाका दाँतीमा दोहोरो पारेर कसिने भाटो।
22405 गौथली फूल ना. लहरामा फुल्ने एक जातको फूल।
22406 गौ ना. गाई।
22407 गौगोटी ना. गाईबस्तुका घाँटीमा आउने एक प्रकारको खटिरा।
22408 गौचर / चरन ना. गाईबस्तु चराउनका निम्ति बसाहा वा त्रिशुल राखी छोडिएको बाँझो जमिन; गोचर।
22409 गौड ना. १. भारतको बङ्गाल प्रदेशको प्राचीन नाम।
22410 गौड ना. २. विन्ध्यपर्वतका उत्तरपट्टि बस्ने ब्राह्मण जातिको एक वर्ग। (कान्यकुब्ज, गौड, उत्कल, मैथिल र सारस्वत- यी पाँचलाई पञ्चगौड भनिन्छ)।
22411 गौड ना. सोचविचार; चिन्तन मनन; घोत्ल्याइँ; हे. गौर पनि।
22412 गौडा ना. गढी बनाउन योग्य वा गढी बनाइएको ठाउँ (दिव्य.); गौँडा।
22413 गौडी ना. १. काव्यरचना गर्ने तीन रीति (पाञ्चाली, वैदर्भी र गौडी) मध्ये एक।
22414 गौडी ना. २. सखरको रक्सी।
22415 गौण वि. १. कुनै अर्को वस्तु वा कुराको तुलनामा महत्त्व,मान, विशेषता आदि कम भएको; मुख्य नभएको; अप्रधान (गौण उत्पादन, गौण उद्योग इ.)।
22416 गौण वि. २. मुख्य वा मूल अर्थबाट भिन्न; लाक्षणिक ( गौण अर्थ, गौण भाव इ.)।
22417 गौण वि. ३. गुण जाहेर गर्ने; गुणबोधक।
22418 गौतम ना. १. इन्द्रका साथ अनुचित सम्बन्ध भएका कारणले आफ्नी पत्नी अहल्यालाई श्राप दिएर पछि रामचन्द्रले उद्धार नगरेसम्म पत्थर पारिदिने एक ऋषि; न्यायशास्त्रका प्रसिद्ध आचार्य र प्रणेता एक ऋषि।
22419 गौतम ना. २. बौद्ध धर्मका प्रवर्तक बुद्धको एक नाम।३. सप्तर्षिमध्येका एक ऋषि वा तारा।
22420 गौतम ना. ४. गौतम ऋषिको वंशमा जन्मेको व्यक्ति।
22421 गौतम गोत्र ना. गौतम ऋषिको कुल वा वंशको गोत्र; अत्रिगोत्र।
22422 गौतमी ना. १. गौतमकी पत्नी; अहल्या।
22423 गौतमी ना. २. महाभारतप्रसिद्ध कृपाचार्यकी स्त्री।
22424 गौतमी ना. ३. गोदावरी नदी।
22425 गौदान ना. कुनै पुण्यकार्य वा प्रायश्चित्त आदिका लागि शास्त्रीय विधिले ब्राह्मणलाई गाई दान गर्ने कर्म; गोदान।
22426 गौधेरक ना. भाले कृष्णसर्प र पोथी गोहोरोबाट पैदा भएको तथा त्यसले टोकेमा मानिस तत्काल मर्छ भन्ने बताइएको,छेपाराको ढबको टाउकोदेखि पुच्छरसम्म सेता र काला ठाडा धर्सा देखिने, गुलाफी रङको ठुटो पुच्छर हुने एक बित्ताजति लामो जन्तु।
22427 गौन ना. प्रायः फरिया वा गुनिउँ लगाउन उपयोग हुने रङ्गीचङ्गी बुट्टा भएको एक जातको कपडा।
22428 गौना ना. द्विरागमन।
22429 गौमुखी ना. हे. गोमुखी।
22430 गौमुखे ना. १. बिहीँका छाँटका पात हुने एक जातको बोट वा त्यसैमा फल्ने चुच्चो घुँगुरिएको र बिचमा खाल्टो परेको फल। वि.
22431 गौमुखे ना. २. गाईको जस्तो मुख भएको।
22432 गौर वि . १. गोरो रङको; सेतो; गोरो।
22433 गौर वि . २. चम्किलो; उज्ज्वल। ना.
22434 गौर वि . ३. पहेँला रङ।
22435 गौर वि . ४. सेतो रङ।
22436 गौर वि . ५. केशर।
22437 गौर वि . ६. नफाटेको खुर हुने मृग।
22438 गौर ना. नेपालको नारायणी अञ्चलअन्तर्गत पर्ने रौतहट जिल्लाको सदरमुकाम।
22439 गौर ना. कुनै विषयमा घोरिएर गरिने सोचविचार; त्यसरी गरिने मनन वा चिन्तन।
22440 गौरव ना. १. गुरु अर्थात् महान् हुनाको अवस्था वा भाव; महत्त्व; महिमा; गहकिलोपन; गम्भीरता।
22441 गौरव ना. २. इज्जत; आदर; सम्मान; प्रतिष्ठा।
22442 गौरव ना. ३. गह्रुङ्गोपन; भारी हुनाको अवस्था।
22443 गौरव ना. ४. उदय; उन्नति; उत्कर्ष।
22444 गौरवशाली वि. गौरव वा महिमाले युक्त; सम्मानित।
22445 गौरवान्वित वि. गौरव भएको; गौरवशाली।
22446 गौरा ना. १. पार्वती; गौरी।
22447 गौरा ना. २. गोरो रङ भएकी स्त्री।
22448 गौरा ना. ३. सङ्गीतमा एक प्रकारको रागिनी।
22449 गौरा ना. ४. भदौ महिनामा कृष्णाष्टमीका अघिल्लो दिनदेखि खास गरी दार्चुला, डडेलधुरा जिल्लातिर बाहुन, क्षत्री र ठकुरीहरूद्वारा छसात दिनसम्म मनाइने प्रसिद्ध चाड।
22450 गौराङ्ग ना. १. विष्णु।