Dictionary

All Word

22451 गौराङ्ग ना. २. शिव।
22452 गौराङ्ग ना. ३. चैतन्य महाप्रभु।
22453 गौराङ्ग ना. ४. गोरा; अङ्ग्रेज।
22454 गौराङ्गना ना. गोरो वर्णकी युरोपेली आइमाई; गोरा-जातिकी स्त्री।
22455 गौराङ्गी वि. गोरो शरीर वा अङ्ग भएको; गोरा।
22456 गौरापार्वती ना. पूर्वी नेपालको दोलखा जिल्लामा रहेको एक प्रसिद्ध हिमशिखर; गौरीशङ्कर।
22457 गौरापूजन ना. गौरा (चाड)।
22458 गौरिया ना. १. माटाले बनेको सानो हुक्का।
22459 गौरिया ना. २. एक प्रकारको मोटो कपडा।
22460 गौरिया ना. ३. प्रायः पानी लागिरहने खेतमा हुने एक प्रकारको मसिनो धान।
22461 गौरी ना. १. पार्वती।
22462 गौरी ना. २. आठ वर्षकी कन्या।
22463 गौरी ना. ३. गोरो वर्णकी स्त्री।
22464 गौरी ना. ४. सेतो दुबो।
22465 गौरीगाई ना. मोटा-मोटा सिङ हुने र ती सिङको जलहरी बनाएर शिवलिङ्गमा अभिषेक गरिने एक जातको जङ्गली गाई।
22466 गौरीचन्दन ना. रातो चन्दन।
22467 गौरीबेत ना. एक प्रकारको बेत।
22468 गौरीशङ्कर ना. १. शिवपार्वती।
22469 गौरीशङ्कर ना. २. दोलखा जिल्लामा रहेको ७,१४६ मिटर अग्लो एक प्रसिद्ध हिमशिखर; गौरापार्वती।
22470 गौरीशङ्कर ना. ३. दुई रेखा वा दुई मुख भएको रुद्राक्ष।
22471 गौरीश्वर ना. १. शिवपार्वतीको संयुक्त रूप; अर्द्धनारीश्वर।
22472 गौरीश्वर ना. २. शिव; महादेव।
22473 गौरुङ ना. पहाडका गाउँको मुखियाभन्दा तलको एक पद; गाउँमा हैकम भएको व्यक्ति वा ठालु।
22474 गौरीपाती ना. एक प्रकारको रुख।
22475 गौलेतो ना. खोल्साखोल्सी र सिम परेका ठाउँमा पलाउने मसिना पात हुने एक भुइँझार।
22476 गौलोचन ना. हे. गोरोचन।
22477 गौल्मिक ना. १. लिच्छविकालीन सुरक्षाचौकीको अधिकारी; सैनिक गुल्मको नायक। वि.
22478 गौल्मिक ना. २. गुल्मसम्बन्धी।
22479 गौशाला ना. १. गोशाला।
22480 गौशाला ना. २. काठमाडौँ उपत्यका र महोत्तरी जिल्लामा रहेका प्रख्यात बस्ती।
22481 गौहत्या ना. गोहत्या; गोवध।
22482 ग्याँचे वि. १. जिउडाल सानो भएको; गुइँठे; पुड्के; गठरो।
22483 ग्याँचे वि. २. गर्धन छोटो भएको; भुन्टो।
22484 ग्याँटिस ना. मोजा राम्ररी अड्याउनका निम्ति पिडौँलामाथि बाँधिने, तन्कने र खुम्चिने फित्ता।
22485 ग्याँठ ना. रबर र धागो मिलाई बुनेको तानिने र खुम्चिने फित्ता; ग्याँटिस।
22486 ग्याँठ ना. १. कुनै गाँठो परेको वा डल्लो वस्तु।
22487 ग्याँठ ना. २. ठुलो पोको वा बन्डल।
22488 ग्याँठकोपी/ गोभी ना. गान्टे मूलाका छाँटको र तरकारी खाइने, बोटको मास्तिर डल्लो हुने एक जातको गोभी।
22489 ग्याँठवाल वि. फित्ताको सट्टा ग्याटिस लगाइएको; ग्याँठ भएको (जुत्ता)।
22490 ग्याँस ना. सामान्य तापमानमा तरल वा ठोस रूपमा परिणत नहुने वायुतत्त्व; विशेष गुणयुक्त वायु।
22491 ग्याँस इन्धन ना. बाफबाट तयार गरिएको इन्धनको साधन; वाष्पशक्ति।
22492 ग्याँस चुलो ना. ग्याँसबाट बल्ने वा चल्ने चुलो।
22493 ग्याइँग्याइँ क्रि.वि. १. धेरै मानिस एकै साथ बोल्दा अस्पष्ट शब्द आउने गरी ना.
22494 ग्याइँग्याइँ क्रि.वि. २. धेरै मानिसहरूले एकै साथ बोल्दाको आवाज; खलबल।
22495 ग्याचुङगाङ ना. नेपालको सोलुखुम्बु जिल्लामा पर्ने ७,५२२ मिटर अग्लो एक हिमशिखर।
22496 ग्यान्टो वि. पुड्को; छोटोमोटो।
22497 ग्यान्तका ना. गोदावरी फूलका जातको विभिन्न रङमा फुल्ने एक प्रकारको फूल।
22498 ग्यारेज ना. मोटरहरू राख्ने सुरक्षित ठाउँ वा घर।
22499 ग्यारेन्टी ना. १. यो कुरा यतिखेर, यसै हुन्छ वा हुँदैन भन्ने कुराको ठोकुवा; पक्कापक्की; भरपत्यार।
22500 ग्यारेन्टी ना. २. कुनै मालमत्ता बिग्रने,नासिने वा हानि-नोक्सानी नहुने विश्वासका निम्ति दिइने वचन; त्यसरी कुनै खास अवधिका निम्ति लिइने मालको स्थायित्व र उम्दापनको जिम्मेवारी।