Dictionary

All Word

22001 गोजी भराइ ना. लोग्नेले स्वास्नीलाई छाड्दा वा पारपाचुके गर्दा दिनुपर्ने रकम।
22002 गोजेरो ना. १. श्वासनलीको समानान्तर रहेको, खाएको कुरो पेटमा जाने नली।
22003 गोजेरो ना. २. सिँघान। वि.
22004 गोजेरो ना. ३. सिँघाने; गोज्याङ्ग्रो।
22005 गोज्याङ्ग्रो वि. राम्ररी बोल्न नजान्ने; लठेप्रो; ग्वाँजे; सिँघाने।
22006 गोटा ना. राम्राका लागि धोती वा पछ्‌यौराका छेउमा लगाइने सुनौला वा रूपौला तारले बुनेको फित्ता।
22007 गोटा ना. १. ओटा; थान; प्रति।
22008 गोटा ना. २. कब्जियत भएको दिसा; डल्लो परेर गुइँठिएको दिसा; मट्याङ्ग्राका आकारमा पेटभित्र जमेको मल।
22009 गोटा ना. ३. गाईभैँसीका थुनमा पघ्रनुभन्दा पहिले नै जमेको दुध।
22010 गोटाउनु स.क्रि. गाईभैँसीका थुन पुष्ट हुनु।
22011 गोटा गन्ती ना. थानगन्ती।
22012 गोटागोटी ना. छुट्टाछुट्टै; हरेक थान; एउटा-दुइटा; गोटागन्ती।
22013 गोटिनु क.क्रि. १. गोटा बाँधिनु; गोटा हुनु।
22014 गोटिनु क.क्रि. २. भेला हुनु; बटुलिनु।
22015 गोटी ना. १. त्रिपासा, बुद्धिचाल आदि खेलमा चालिने गट्टा वा गुच्चा।
22016 गोटी ना. २. माछा पक्रने जालका छेउछाउमा झुन्ड्याइने सिसा, फलाम आदिका गोली वा डल्ला।
22017 गोटी ना. ३. पशुका घाँटीमा हुने एक किसिमको खटिरो वा रोग; फोको; गाँठो।
22018 गोटी ना. ४. सानो गोल मिलेको गेडो; गोली।
22019 गोटीचाल ना. १. गोटी चालेर खेलिने एक प्रकारको खेल।
22020 गोटीचाल ना. २. गोटी चाले जस्तै गरेर बुद्धिविचार पुऱ्याई गरिने काम।
22021 गोठ ना. पराल, खर, स्याउला आदिले छाएको गाईबस्तु राख्ने वा बाँध्ने घर; ठुलो कटेरो; गोशाला।
22022 गोठगाई ना. गोठभरिको नाइके वा सेरा गाई; बथानको अगुवा गाई।
22023 गोठधूप ना. पशुधनको सुरक्षाका निम्ति गैडु देवतालाई धूपधुवाँर गरिने र खीर चढाइने पूजा।
22024 गोठपाला वि. गोठ पाल्ने; गोठमा पालेको; गोठ राखेर पशुहरूको व्यवसाय गर्ने।
22025 गोठपालो ना. गोठको पालो; धेरै गोठ भएका ठाउँमा पालोअनुसार एउटा गोठले गर्नुपर्ने काम।
22026 गोठाला ना. हे. गोठालो।
22027 गोठाला खेताला ना. गोठको काम गर्ने मानिस र खेतीमा काम गर्ने ज्यामी; साधारण श्रमिकवर्ग।
22028 गोठाली ना. आइमाई गोठालो; गोठाल्नी।
22029 गोठाली घाँस ना. एक अङ्गुल लामा पात हुने र मानिसले पनि खाने एक प्रकारको घाँस।
22030 गोठाले वि. १. गोठालाको जस्तो स्वभाव भएको; गोठालोसम्बन्धी; गोठालोको काम गर्ने।
22031 गोठाले वि. २. ठुला र खस्रा पात हुने र खनिउँका जस्ता फल फल्ने एक जातको वनस्पति; खस्रेतो।
22032 गोठाले काँक्री ना. गोलकाँक्रीका आकारको एक जातको हरियो फल।
22033 गोठाले चरो ना. कोइलीका आकारको एक जातको चरो।
22034 गोठाले झार ना. पहेँला फूल फुल्ने र खानसमेत हुने एक किसिमको भुइँझार।
22035 गोठाले साग ना. दुधजस्तो चोप निस्कने लामा-लामा पात, सेता वा पहेँला फूल र सेतो मूला हुने एक प्रकारको झार; दुग्धफेनी।
22036 गोठालो ना. १. गाईबस्तुहरूको हेरचाह गर्ने व्यक्ति; गाईबस्तु हेर्ने वा चराउने मानिस।
22037 गोठालो ना. २. पछि-पछि लागेर हेरविचार गर्ने व्यक्ति; कुनै वस्तुको रखवारी गर्ने व्यक्ति; धरालो। स्त्री. गोठाल्नी।
22038 गोठे वि. गोठसम्बन्धी; गोठको।
22039 गोठे च्याउ ना. गोबरमा उम्रने च्याउ; गोब्रेच्याउ।
22040 गोठे झाँक्री ना. मध्य रातमा गोठालाले थाहा नपाउने गरी गोठगोठ डुल्ने झाँक्री।
22041 गोठेरी ना. १. पोकोपन्तरो; सानो पोको।
22042 गोठेरी ना. २. गोठ बस्ने आइमाई। वि.
22043 गोठेरी ना. ३. डल्ली; गान्टी।
22044 गोठेलौरी ना. १. औँलामा लौरो अड्याएर खेलिने केटाकेटीको एक खेल। क्रि.वि.
22045 गोठेलौरी ना. २. गोठैपिच्छे।
22046 गोड्नु स.क्रि. बिरुवावरिपरिका झार वा घाँस उखेलेर उधारो पार्नु; बिरुवावरिपरिको माटो खनेर बिरुवामा उकेरा दिनु; गोडमेल गर्नु।
22047 गोड ना. वरिपरिको झार उखेली बोटबिरुवामा माटाले उकेरा दिने काम; गोड्ने काम; गोडमेल।
22048 गोडधुवा ना. विवाहमा दुलहा-दुलहीका गोडा धुँदा दुलहीपक्षबाट दिइने उपहारका वस्तु वा रुपियाँ-पैसा।
22049 गोडमेल ना. १. बोटबिरुवामा उकेरा दिने वा बालीनालीका वरिपरिका झारपात उखेलेर साफ गर्ने काम; गोड्ने र मिलाउने काम।
22050 गोडमेल ना. २. आफ्नो काम फत्ते पार्न अरूलाई फकाइफुलाइ गर्ने काम।