Dictionary

All Word

21851 गृहकलह ना. १. घरझगडा; पारिवारिक कलह।
21852 गृहकलह ना. २. राष्ट्रभित्र जाति,धर्म वा अन्य कारणबाट सत्ताका निम्ति उठेको झगडा।
21853 गृहकार्य ना. १. घरमा गरिने काम; घरको कामकाज; घरधन्दा;घरायसी कामकाज; गृहकर्म।
21854 गृहकार्य ना. २. विद्यार्थीलाई घरमा गर्न दिइने वा लगाइने पढाइ, लेखाइ आदि काम।
21855 गृहजन ना. घरको परिवार; कुलकुटुम्ब।
21856 गृहत्याग ना. घर छोड्ने काम; गृहस्थाश्रमको त्याग।
21857 गृहदेवता ना. १. घरमा दैनिक पूजा गरिने देवता।
21858 गृहदेवता ना. २. कुलदेवता; वास्तुदेवता।
21859 गृहपति ना. १. घरको मालिक वा स्वामी; घरपट्टी।
21860 गृहपति ना. २. गृहस्थ व्यक्ति; घरको मूली।
21861 गृहपाल ना. १. घरको मालिक; गृहपति।
21862 गृहपाल ना. २. घरको रखवारीका निम्ति पालिएको कुकुर।
21863 गृहपाल ना. ३. चौकीदार।
21864 गृहप्रवेश ना. शास्त्रोक्त विधिपूर्वक नयाँ घरमा प्रवेश गर्ने काम।
21865 गृहमन्त्री ना. राज्य वा देशभित्रको आन्तरिक व्यवस्था तथा शान्ति-सुरक्षा कायम गर्ने मन्त्री; गृह - विभागको मन्त्री।
21866 गृहमेध ना. गृहस्थीहरूले प्रतिदिन गर्नुपर्ने पञ्च महायज्ञ ( देवयज्ञ,पितृयज्ञ, ब्रह्मयज्ञ, नृयज्ञ र भूतयज्ञ )।
21867 गृहयुद्ध ना. १. घरका परिवारहरूका बिचमा भएको बाझो; गृहकलह।
21868 गृहयुद्ध ना. २. कुनै देशका निवासीहरूका बिचको पारस्परिक युद्ध वा लडाइँ; आपसी झगडा।
21869 गृहरक्षक ना. युद्ध वा देशव्यापी अशान्तिका अवस्थामा सहर, गाउँ,टोल, जिल्ला आदिको रक्षा गर्ने नागरिक सेनाका सदस्य।
21870 गृहलक्ष्मी ना. १. घरकी लक्ष्मी।
21871 गृहलक्ष्मी ना. २. असल स्वभावकी गृहिणी; सुशीला गृहिणी।
21872 गृहवाटिका ना. घरवरिपरि लगाइएको फलफूल आदिको बगैँचा;घरसँगैको फूलबारी; करेसाबारी।
21873 गृहवासी वि. घरैमा बस्ने; घरगौँडे।
21874 गृहसन्न्यास ना. १. घरैमा बसेर सन्न्यासी जीवन बिताउने काम।
21875 गृहसन्न्यास ना. २. घरमा रहेर पनि गृहस्थीको बन्धनदेखि मुक्त रहनु।
21876 गृहसन्न्यासी ना. १. गृहसन्न्यास लिने व्यक्ति।
21877 गृहसन्न्यासी ना. २. घरबाट बाहिर निस्कने प्रतिज्ञा लिएको व्यक्ति।
21878 गृहसन्न्यासी ना. ३. घरगौँडे।
21879 गृहसन्न्यासी ना. ४. घरैमा बसेर सबै काम गर्ने व्यक्ति।
21880 गृहसचिव ना. गृह-मन्त्रालयको सचिव।
21881 गृहस्थ वि. घरमा बस्ने; घरबार गरेर बस्ने; गृहस्थाश्रममा रहेको।
21882 गृहसूत्र ना. गृहस्थका कर्म र संस्कार आदिका विधि- विधान लेखिएको वैदिक ग्रन्थ।
21883 गृहस्थाश्रम ना. घर गृहस्थी गरेर बस्ने आश्रम; चार आश्रममध्येको दोस्रो आश्रम।
21884 गृहस्थी ना. १. घरबार गरेर बस्ने व्यक्ति; गृहस्थाश्रममा रहेको व्यक्ति; गृहस्थ।
21885 गृहस्थी ना. २. घरको व्यवस्था; गृहस्थाश्रमको कामकाज;घरबार।३.परिवार।
21886 गृहिणी ना. १. घरकी मालिकनी; गृहस्वामिनी।
21887 गृहिणी ना. २. पत्नी; स्वास्नी।
21888 गृहीत वि. १. ग्रहण गरिएको; लिइएको।
21889 गृहीत वि. २. मन्जुर गरिएको; स्वीकृत।
21890 गृहीत वि. ३. उपलब्ध; प्राप्त।
21891 गृहीत वि. ४. जाने वा बुझेको।
21892 गृहीतार्थ वि. १. अर्थ लागेको; मतलब बुझिएको।
21893 गृहीतार्थ वि. २. जानेको; थाहा पाएको; ज्ञात।
21894 गृहोद्यान ना. घरको बगैँचा; गृहवाटिका।
21895 गृहोपकरण ना. घरगृहस्थीका निम्ति चाहिने मालसामान; गृहस्थीका मालमत्ता।
21896 गृह्य वि. १. घर वा घरबारसँग सम्बन्धित; घरको।
21897 गृह्य वि. २. घरमा गरिने (कर्म)।
21898 गृह्य वि. ३. घरपाला; आश्रित।
21899 गेगर ना. १. ढुङ्गाका सानातिना टुक्रा; मसिना भएर टुक्रिएका ढुङ्गा।
21900 गेगर ना. २. माटो जति पानीले पखालिसकेपछि बचेका मसिना ढुङ्गा वा खस्रा बालुवाका कण।