Dictionary

All Word

21801 गुल्म ना. २. नौवटा हात्ती, नौवटा रथ, सत्ताइसवटा घोडा र पैँतालीसवटा पैदल सिपाही रहने, प्राचीन कालको सैनिक एकाइ; सेनाहरूको एक गण।
21802 गुल्म ना. ३. एक सुरक्षा चौकी।
21803 गुल्म ना. ४. वात, कफ, पित्त आदिका विकारबाट पेटभित्र वायुको गोला जम्ने रोग; वायुगोला;गानुगोला।
21804 गुल्मी ना. नेपालको पश्चिमाञ्चल विकासक्षेत्रभित्र पर्ने लुम्बिनी अञ्चलको पहाडी भेगमा रहेको एक जिल्ला।
21805 गुह ना. १. निषाद जातिको एक नायक तथा रामका वनवासकालको एक मित्र।
21806 गुह ना. २. गुफा; कन्दरा। ३ कार्तिकेय; कुमार।
21807 गुह ना. ४. विष्णु।
21808 गुहा ना. गुफा; कन्दरा; ओडार।
21809 गुहाई ना. साक्षी; गवाही।
21810 गुहायुग ना. मान्छेले कन्दरा र ओडारमा वास गर्न थालेपछिको युग; पुरातात्त्विक प्रागैतिहासिक युग।
21811 गुहार्नु स.क्रि. आपद् पर्दा मदतका लागि पुकार गर्नु; सहायता माग्नु।
21812 गुहार ना. १. अपर्झट कुनै दुर्घटना वा विपत्ति पर्दा मदतका निम्ति पुकारिने शब्द; दुहाई।
21813 गुहार ना. २. मदत; सहायता; सघाउपघाउ।
21814 गुहाराइ गुहार्ने भाव, क्रिया वा प्रक्रिया।
21815 गुहारिनु क.क्रि. गुहार मागिनु; गुहार्ने काम गरिनु।
21816 गुहु ना. पेटमा खानेकुरा पचिसकेपछि गुदद्वारबाट फ्याँकिने मल; विष्ठा; टट्टी; दिसा; आची।
21817 गुहुधाई ना. १. बालकहरूको स्याहारसुसार गर्ने स्त्री; आइमाई धरालो ।२. केटाकेटीका थाङ्नाथरा धुने स्वास्नीमानिस।
21818 गुहे वि. १. गुहुजस्तो फोहर; घिनलाग्दो।
21819 गुहे वि. २. गुहुको; गुहुसम्बन्धी।
21820 गुहे किरो ना. गुहुमा उब्जिने र गुहुमै दुलो पारेर बस्ने,भमरोजस्तो कालो रङको किरो; गैँडेकिरो।
21821 गुहे चाँचर ना. खोलानालाका किनारमा बस्ने एक जातको चाँचर चरो।
21822 गुहे चिल ना. चुच्चो पहेँलो र शरीर प्रायः सेतो हुने, दिनमा आँखा नदेख्ने, लाटोकोसेरोभन्दा केही ठुलो चिल; हुचिल।
21823 गुहे थाङ्ना ना. कोक्रो नछोडेको केटाकेटीका थाङ्ना; गुहु-मूतले मुछिएको थाङ्ना।
21824 गुहे धन्दा ना. मन नपर्ने खालको साधारण काम; झन्झटलाग्दो सानोतिनो काम।
21825 गुहेली ना. केही ठुलठुला पात हुने, काठको जुवा बनाइने, मसिना पहेँला फल फल्ने एक रुख वा त्यसै रुखको पाक्ता रातो रङ र गुलियो स्वाद हुने फल; गुएलो।
21826 गुह्य वि. १. छिपाउनुपर्ने; लुकाउन लायक; गोप्य।
21827 गुह्य वि. २. मुस्किलले मात्र बुझ्न सकिने; रहस्यपूर्ण; गूढ।
21828 गुह्य वि. ३. लुकेको; छिपेको; गुप्त।
21829 गुह्यकाली ना. हे. गुह्येश्वरी।
21830 गुह्यद्वार ना. १. मल त्याग्ने इन्द्रिय; गुदद्वार।
21831 गुह्यद्वार ना. २. कसैले चाल नपाउने ढोका; गुप्तद्वार।
21832 गुह्यान ना. गुहु नै गुहु भएको ठाउँ; फोहर।
21833 गुह्येश्वरी ना. सतीदेवीको गुह्यपतन भएर देवी शक्ति उत्पन्न भएकी मानिने, काठमाडौँको पूर्वी भागमा पर्ने बाग्मती नदीका दक्षिण किनारमा स्थित प्रसिद्ध पीठ वा ठाउँ; गुह्यकाली।
21834 गूढ वि. १. लुकेको; गुप्त। २ छोपिएको; ढाकिएको।३. विशेष अभिप्राय लुकेको; वास्तविक अर्थ छिपेको; अर्थगर्भित।
21835 गूढता ना. गूढ हुनाको भाव वा अवस्था।
21836 गूढत्व ना. गूढता।
21837 गूढपुरुष ना. गुप्त रहस्य पत्ता लगाउन खटिएको पुरुष; गुप्तचर;जासुस; गुप्ती पुलिस।
21838 गूढमार्ग ना. १. गुप्त बाटो।
21839 गूढमार्ग ना. २. किल्ला, दरबार आदिबाट शत्रुले थाहा नपाउने गरी सुटुक्क भाग्नका निम्ति भुईंभित्रभित्रै खनेर बनाइएको सुरुङ।
21840 गूढाशय वि. १. बुझ्न कठिन; गम्भीर अभिप्राय भएको। ना.
21841 गूढाशय वि. २. भित्री अर्थ।
21842 गृध्र वि. १. लोभी; लोलुप; लालची। ना.
21843 गृध्र वि. २. गिद्ध।
21844 गृध्रपति / राज ना. गिद्धको राजा; जटायु।
21845 गृह ना. १. घर; वासस्थान; बासो।
21846 गृह ना. २. स्वास्नी; पत्नी।
21847 गृह ना. ३. स्वदेश।
21848 गृह उद्योग ना. घरैमा बसी-बसी गरिने वा गर्न सकिने उद्योग; घरेलु उद्योग।
21849 गृहकर्म ना. १. गृहस्थीले गर्नुपर्ने काम; गृहकार्य।
21850 गृहकर्म ना. २. घरेलु धन्दा; घरेलु काम।